काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुुनो सोझ्याउने काम नेकपा कम्युनिष्ट पार्टीका संस्थापक पुुष्पलालले कहिल्यै नगरेको बताएका छन् । 

नेकपा (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७ औँ पुुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले पुुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी भएको भन्दै समाज बदल्ने सपना बोकेकाहरुले उनको विचारलाई अनुशरण गर्नुपर्ने बताएका हुन्  ।

उनले भने, ‘पुुष्पलाल आदर्शप्रति सँधै दृढ रहनुुभयो । उहाँका केही सीमाहरु थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुुहुुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो । जात र धर्मबाट  उहाँ माथि हुनुहुन्थ्यो । आफ्नो धरमा श्रेष्ठ लेख्नुभएन । नेपालमा कम्युनिष्टहरुको संगठनलाई गतिशीलरुपमा हाँक्न सक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरुलाई बिर्सन मिल्दैन । सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गरेनन्’

विसं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मेका पुष्पलालले नै कार्लमाक्र्स र फे्रडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए । उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उनको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।