दार्चुला– दार्चुला जिल्लामा जन्मिएका लोकप्रिय गायक सन्तोष लुहारको नयाँ तीज गीत "लाली जोबन" सार्वजनिक भएको छ।

यस गीतमा गायक सन्तोष लुहारलाई गायिका सोनीका श्रेष्ठले स्वरमा साथ दिएकी छिन् भने, गीतका शब्द, लय र संगीत राजु विश्वकर्माले भरेका छन्।

गीतको भिडियोमा लोकप्रिय मोडल जोहान बम र साईना कुवँरको अभिनय देख्न सकिन्छ। भिडियोलाई निर्देशक तथा छायांकनकर्ता वरुण अधिकारीले निर्देशन गरेका हुन्।

सन्तोष लुहारको यो नयाँ तीज गीत सन्तोष लुहार अफिसियल युटुब च्यानल बाट सार्वजनिक भइसकेको छ र छोटो समयमा नै दर्शकहरूको राम्रो प्रतिक्रिया पाइरहेको छ।

https://www.youtube.com/watch?v=1S2rrq-dPhs