गायन रियालिटी शो ‘नेपाल आइडल’ छैटौं सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बनेकी छन् । राजधानीमा आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएकी हुन् । 


कार्यक्रम आयोजकका अनुसार विजेता उनलाई २५ लाख रुपैयाँसहितको उपाधि प्रदान गरिएको छ ।  यस्तै फस्ट रनरअपलाई १० लाख र सेकेन्ड रनरअपलाई ५ लाख रुपैयाँ प्रदान गरिएको छ । 


फिनालेमा गंगा सोनामसहित दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगर प्रतिस्पर्धामा थिए । 


कसले कति पाए ?


पाँचौ विजेता–मृनल मानन्धर, १ लाख रुपैयाँ प्राप्त


चौथो विजेता–अभिनय खाती, १ लाख रुपैयाँ


सेकेण्ड रनरअप (तेस्रो)–दर्शना गान्धारी, ५ लाख रुपैयाँ


फस्ट रअनरअप (दोस्रो)–बबिता थापामगर, १० लाख रुपैयाँ


विजेता–गंगा सोनाम, २५ लाख रुपैयाँ