मिलन आले मगरको निर्देशनमा फिल्म ‘पूरा भयो सपना मेरो’ निर्माण हुने भएको छ ।
सामाजिक प्रेमकथानक फिल्मको छायांकन दसैँलगत्तै सुरु गरिने बताइएको छ ।
रोशिका फिल्म्सको प्रस्तुति रहने फिल्मका कलाकार र प्राविधिकबारे भने केही दिनमै जानकारी दिइने निर्देशक आले मगरले बताए । एकराज थापा निर्माता रहेको फिल्मको कथा पनि उनैको हो ।