नायक खगेन्द्र लामिछाने र नायिका वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र ‘हर्ष’को फस्टलुक सार्वजनिक गरिएको छ । पोस्टरमा खगेन्द्र र वर्षाको साथमा नीर शाह, शर्मिला मल्ल, सन्तोष पन्त, विशाल पहाडी प्रस्तुत छन्। 


पारिवारिक कथामा निर्माण गरिएको यो चलचित्रको पोस्टरमा खगेन्द्र र वर्षा छोरासँग रमाइरहेका छन् ।  यो चलचित्रको बाल कलाकारको रुपमा साइमन वादीले काम गरेका छन् । त्यस्तै, चलचित्रमा माओत्से गुरुङ, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टी महर्जन, संगीता नापितको पनि मुख्य भूमिका छ ।  


एकता पौडेलको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रलेपारिवारिक जीवन र उकाली ओरालीको कथा प्रस्तुत गर्छ। यो चलचित्रको कथा एकताले नै लेखेकी हुन् । प्रसन्न पौडेल र विकास पौडेलको निर्माण  रहेको चलचित्रका कार्यकारी निर्माता हिक्मत चोखल हुन् । 


अष्ट लक्ष्मी प्रोडक्सन्स् र ई प्राइम मुभिजको व्यानरमा निर्माण भएको यो चलचित्रमा आलोक शुक्लाको डीओपी, समीर–हिमाल, वसन्त सापकोटा र एलिस कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ ।