राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको फिल्म 'प्रेम गीता’को  १ मिनेट ११ सेकेन्ड लामो टिजर सार्वजनिक भएको छ।  सार्वजनिक टिजरमा जाहान्वी बस्नेत, साजिद खान, सुशील पोखरेल लगायतका कलाकारहरूलाई देख्न सकिन्छ । 


यो फिल्मले प्रेमपछिको विछोडको कुरालाई उठाएको छ । ग्रीन प्यारोट्स फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण भएको यो फिल्ममा सुशील पोखरेल, जाहन्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ, दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का, ममता माझी लगायतका कलाकारहरुको अभिनय छ । 


साजिद खानको प्रस्तुतिमा तयार भएको यो फिल्ममा अयाज अलि खान निर्माता छन् । विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, रामेश्वर हुँमागाइको छायांकन, भरत बस्नेतको संगीत, राजु किराँतको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी छ । यो फिल्म माघको २३ गतेबाट रिलिजमा आउँदैछ ।