निर्देशक कृषा चौलागाईंले आफ्नो जन्मदिनको अवसर पारेर चलचित्र ‘पारस’ निर्माणको घोषणा गरेकी छिन्। एक्सन र लभ जनरामा निर्माण हुने यो चलचित्रमा निर्देशक कृषाकै कथा र निर्देशन रहनेछ ।
यो चलचित्रको कथा सचिन लदियाले लेखिरहेका छन् । पुरुषोत्तम प्रधानको डीओपी रहने यो चलचित्रको अहिले प्रि–प्रोडक्सनको काम चलिरहेको छ । चलचित्रलाई विशाल चौलागाईंले निर्माण गर्नेछन्।
यो चलचित्रलाई केपी फिल्मस्को व्यानरमा निर्माण गर्न लागिएको हो। यो चलाचित्रलैई फागुनबाट खिचिने। त्यस्तै, यो चलचित्रको कलाकार र प्राविधिकहरूको विषयमा अहिले नै केहि पनि खुलाइएको छैन्।
आफूले ‘पिताम्बर’मा गरेका गल्तीहरू ‘पारस’मा सुधार गर्ने कृषाले बताइन्। उक्त कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरी पनि उपस्थित थिए । कृषाले यसअघि ‘ऐँचो पैँचो र पिताम्बर’ निर्देशन गरिसकेकी छिन् ।