गायक मुकेश प्रधानले आफ्नो नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक गरेका छन् । प्रेमिल शैलीमा लेखिएको गीतमा मुकेशकै शब्द, संगीत छ । 


देशको अहिलेको वैदेशिक रोजगारीको विषय र त्यसले नेपाली समाजमा पारेको गहिरो प्रभावलाइ गीतको म्युजिक भिडियोमा देखाइएको छ । जुन धेरै नै हृदयस्पर्शी बनेको छ । भिडियोमा विशाल पहारी, बिन्दा खतिवडा, जीवन बस्नेत र किरण शाहीको अभिनय छ ।


भविन गुरुङको छायांकन र रञ्जित श्रेष्ठको सम्पादन रहेको भिडियोलाई आरओबीले निर्देशन गरेका हुन् ।