नायक अनमोइल केसीले जेनजी प्रदर्शनमा समर्थन जनाएका छन्।उनले जेनजी पुस्ताले भोलि (सोमबार) गर्न लागेको भ्रष्टाचार विरोधी प्रदर्शनलाई समर्थन जनाउदै आफ्नो फेसबुक पोस्टमार्फत सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र अभिव्यक्ति स्वतन्त्रतालाई दबाउने प्रयासको कडा आलोचना गरेका हुन्।


केसीले नेपाली नागरिकहरू चुप लागेर नबस्ने भन्दै सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता र आवाजलाई दबाउन खोजिए अझ ठूलो स्वरमा उठ्ने बताएका छन्। 'हाम्रो अधिकार कसैले रोक्न सक्दैन। हाम्रो आवाज दबिँदैन,' उनले लेखेका छन्।


उनले नेपाली नागरिकको आवाजलाई बेवास्ता गर्न नसकिने बताउँदै सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध चिन्ताजनक रहेको उल्लेख गरेका छन्। अनमोलले एकता, शान्ति र दृढताका साथ आवाजलाई दबाइने नभई सुनिएको नेपालका लागि एकसाथ उभिन आह्वान गरेका छन्।



उनले आफ्नो पोस्टमा #आवाज उठाउने पुस्ता, #जेनजेडको सङ्घर्ष र #भोलिको भेला_हाम्रो भविष्य जस्ता ह्यासट्यागहरू पनि प्रयोग गरेका छन्।