कलाकार दीपकराज गिरीले सबैको विचारको प्रतिनिधित्व हुनेगरी अघि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेका हुन् ।


‘जेनजीको आन्दोलनले सफलता पाए पनि उसको चाहना विपरीत यति ठुलो भौतिक र मानवीय क्षति हुन पुगेको छ, त्यसको कारण त्यहाँ अनेकौँ स्वार्थ समूहको घुसपैठ पनि भएको देखिन्छ ! प्राप्त भिडियोहरूको प्रमाणले पनि त्यस्तै भन्छ !’


उनले अगाडि भनेका छन्- ‘ठिक त्यसै गरेर अहिले पनि त्यस्तै प्रकारको भिन्न भिन्न समूहहरूबाट मिसलिडिङ हुनुपर्ने खतराबाट बच्नुपर्ने अवस्था छ जेनजी ।’ उनले त्यस्ता समूहले आ–आफ्ना स्वार्थ अनुसार गलत सल्लाह दिएर देशलाई ठुलो द्वन्द्वमा धकेल्न सक्ने बताएका छन् ।


‘भ्रष्टाचार तथा सुशासनलगायतका प्रमुख मागहरू सम्बोधन हुने प्रत्याभूति सहित भबिष्यमा राष्ट्रिय एकता पनि कायम हुने गरेर सबैको बिचारको प्रतिनिधित्व हुने गरी अघि बढ्नु नै आजको आवश्यकता हो जस्तो लाग्छ !’, उनले थपे-  ‘यसका लागि नागरिक समाजले पनि अघि बढेर सहयोग गर्नुपर्ने देखिन्छ ।’