फिल्म ‘मन बिनाको धन’को फस्टलुक सार्वजनिक सार्वजनिक भएको छ। कात्तिकको २१ गतेबाट रिलिजमा आउन लागेको फिल्मको सार्वजनिक पोस्टरमा अशोक दर्जीलाई मात्र स्थान दिइएको छ ।

टंक वुढाथोकीको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्ममा अशोक स्कुलको पहिरनमा देखिएका छन् । ‘कथा जिरो देखि हिरो’सम्मको भनेर लेखिएको छ । यो फिल्मले हिजोदेखि आजसम्मको अशोकको कथा भन्नेछ ।

फिल्ममा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, वुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए आर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, विना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोल लगायतका कलाकारहरूको अभिनय छ ।

सामाजिक विषयवस्तुमा निर्माण भएको यो फिल्मलाई टंक वुढाथोकी आफैले लेखेका हुन् । विष्णु माया मैनाली निर्माता रहेको फिल्मकी कार्यकारी निर्माता सपना शर्मा हुन् । फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, नवराज शर्माको मुख्य सहायक निर्देशन छ ।