विश्वप्रसिद्ध पप गायिका रिहानाले तेस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् ।
३७ वर्षे गायिकाले पुत्रीलाभ गरेको हलिउड मिडियाले जनाएका छन् । छोरीको पहिलो तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै उनले प्रशंसकलाई यसबारे जानकारी दिएकी छन् ।
गुलाबी रंगमा बेरिएकी उनकी छोरी आमाको काखमा शान्तिपूर्वक सुतिरहेको देखिन्छिन् । उनले पोस्टमा नवजात छोरीको जन्म मिति र नाम सेयर सेयर गरेकी छन् ।
सेप्टेम्बर १३ मा आफ्नो तेस्रो बच्चा रकी आइरिस मेयर्सलाई जन्म दिएको उनले उल्लेख गरेकी छन् ।
पुनः आमा बनेकोमा उनलाई बधाईको ओइरो छ । उनको घरका सबै सदस्यको नाम आरबाट आएको प्रशंसकले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
रिहाना र एएसएपी रकीका तीन सन्तान छन्, दुई छोरा, आरजेडए र रायट, र उनकी कान्छी छोरी, रकी आइरिस मेयर्स । यो जोडीले सन् २०२० मा डेटिङ सुरु गरेका थिए ।
पिपल म्यागजिनले एक स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘रिहाना सँधै ठूलो परिवार चाहन्थिन् । रिहाना र रकी आफ्नो परिवार विस्तार गर्न धेरै उत्साहित छन् र आफ्ना छोरालाई अर्को भाइबहिनी दिन पाउँदा रोमाञ्चित छन् ।’