बाजुरा— बाजुराको बुढीगङ्गाका नगरपालिकाका गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर २ र ३ मा बसोबास गर्दै आएका १४ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
दशैं तिहारलाई लक्षित गर्दै गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान सामाग्री वितरण गरिएको सामाजिक अभियान्ता रिता शाहीले बताएकी छन्। उनका अनुसार,नेपाल भारत मैत्री सङ्घको आर्थिक सहयोगमा खाद्यान्न सामाग्री वितरण गरिएको बताएकी हुन् ।
खाद्यान्न वितरणले गरिब,विपन्न घरपरिवारलाई दसैं तिहार मनाउन सहज हुने शाहीले बताईन्। प्रत्येक घरपरिवारलाई चामल ,दाल,नुन, तेल,चिनि ,सरव,सावुन, त्रिपाल,बल्याङकेट वितरण गरिएको सामाजिक अभियान्ता शाहीको भनाइ छ ।
काठमाडौ निवासी समाजसेवी मिङ्मा दोर्जे शेर्पाको आर्थिक सहयोगमा सदरमुकाम मार्तडी देखि गाउँ सम्म ढुवानी गरेर उक्त सामाग्री वितरण गरिएको हो । सामाजिक अभियान्ता रिता शाहीको समन्वय,सहकार्य तथा पहलमा बाजुराका दुर–दराजका गरिव तथा विपन्न घरपरिवार,विद्यार्थी लगायतलाई सहयोग गरिदै आएको छ ।
बाजुराका ९ वटै स्थानीय तहका गाउँ बस्तीमा पुगेर शाहीले गरिव तथा विपन्न घरपरिवारलाई हरेक समय विभिन्न सामाग्रीहरु वितरण गरिरहनु भएको छ । यहाँका बाढीपहिरो पीडितहरुलाई पनि शाहीकै समन्वयमा सहयोग गरिदै आएको छ । शाही विगत लामो समयदेखि बाजुराका बिपन्न घरपरिवारको साहारा बन्दै आएकी छन् ।