इलाम— इलामका विभिन्न ठाउँमा गएको पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका अनुसार, इलाम नगरपालिका–६, घोसमा ६ जनाको मृत्यु  भएको हो । 

त्यसै गरी सूर्योदय नगरपालिकामा पाँच, देउमाई गाउँपालिकाका दुईजना, खापखुकपुङ गाउँपालिकाका एकजना, मान्सेबुङ गाउँपालिकाका तीनजना, माईजोगमाई गाउँपालिकामा आठ जना र सन्दकपुर गाउँपालिका तीन जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाको भनाइ छ ।