काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले विपिन जोशीको मृत्युको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । ‘विपिन जोशी फर्किनेछन् भन्ने सधैं लाग्थ्यो, तर उनी त अस्ताइसकेका रहेछन् । यो खबरले स्तब्ध बनायो ।

हार्दिक श्रद्धाञ्जली,’ उनले लेखेका छन् । इजरायली सैनिक अस्पतालमा मंगलबार गरिएको डीएनए परीक्षणको रिपोर्टमा विपिनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावास बताएको छ । हमासले सोमबार विपिनसहित तीन इजरायली नागरिकको हवाई आक्रमणमा मृत्यु भएको विज्ञप्ति सार्वजनिक गरेको थियो ।

तर इजरायली सेनाले विपिनसहित तीन इजरायली नागरिकलाई बन्धक बनाएको केही दिनमै हत्या गरेको हुनसक्ने आशंका गरेको छ । हमासले बुझाएको शव विपिनकै भएको र प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएपछि डिएनए रिपोर्ट सावर्जनिक गरिने भएको छ ।