काठमाडौं— काठमाडौँको गोकर्णेश्वर क्षेत्रबाट नेपाल प्रहरीले नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले बुधबार राति गोकर्णेश्वर नगरपालिका–८ स्थित अत्तरखेल चोकबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये शंखरापुर नगरपालिका–४ साँखु बस्दै आएका सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिका–२ घर भएका ३२ वर्षीय दावा नोर्वु शेर्पा रहेका छन्।

उनीहरूको साथबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोट बरामद गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।