काठामाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको केहि स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपात भइरहेको छ।

दिउसो देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।