काठमाण्डौ  ।  प्रधानमन्त्री सुशीला कार्कीले संकटको समयमा केही आशाको जगाउन सकिन्छ भन्ने आत्मविश्वासका साथ आफूले सरकारको नेतृत्व सम्हालेको बताएकी छन् ।

भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा डर र अनिश्चय थियो । तर, देश संकटमा रहेको बेला केही आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ, कार्कीले बिहीबार गरेको सम्बोधनमा भनेकी छन् ।

उनले युवा पुस्ताको आग्रहमा आफूले ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले यो भूमिका स्वीकार गरेको पनि उल्लेख गरेकी छन् । उनले आफू केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुन लागेको बताएकी छन् ।

पूर्णपाठ: