काठमाण्डौ । एक्सनमा उत्रिने गृहमन्त्रीको उद्घोष; भीआईपी लावालस्कर नहुने बताएका छन।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दै 'एकद्वार प्रणाली' कार्यान्वयन गर्ने पहिलो निर्णय गरेका छन्। सिंहदरबारमा आयोजित कार्यक्रममा उनले भीआईपी संस्कृतिले जनतालाई दुःख दिन नहुने बताए। 'जेनजी' को प्रतिनिधित्व गर्दै सरकारमा आएको बताउँदै उनले सुशासन र चुस्त सेवा प्रवाहमा जोड दिएका छन्।
उनले कर्मचारीहरूलाई सेवाग्राहीको गुनासो नआउने गरी काम गर्न निर्देशन दिँदै आफू बोल्न भन्दा 'एक्सन' मा विश्वास गर्ने बताएका छन्।






































