काठमाण्डौ । एमाले नेता महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ।नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेत लाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी खटाइएको छ।
प्रहरी खटिएको खबर पाएपछि बस्नेत भूमिगत भएको बताइएको छ। सुरक्षा चुनौती बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघ का नेता र कार्यकर्ताहरू ठूलो संख्यामा भेला भएका छन्।
यस कदमपछि एमाले कार्यकर्ताबीच तनाव बढ्ने सम्भावना देखिएको छ।




































