काठमाडौं— नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।