काठमाडौं। सरकारले नयाँ बजेटमार्फत सुनको भन्सार शुल्क १० प्रतिशतबाट २० प्रतिशत पुर्याएपछि आइतबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य रूपमा बढे पनि भन्सार दर वृद्धि नै मूल्यवृद्धिको मुख्य कारण बनेको बताइएको छ।
त्यस्तै, चाँदीको भन्सार दर पनि २० प्रतिशत पुर्याइएकाले चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँ बढेर ५ हजार ३४५ रुपैयाँ पुगेको छ।






































