रोल्पा। रोल्पाको माडी गाउँपालिका–२ खोलवाङमा सोमबार यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालो चढ्ने क्रममा अचानक ब्रेक फेल भएपछि सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
बसमा चालकसहित २९ जना सवार थिए। दुर्घटनापछि घाइतेहरूको उद्धार गरी घर्तीगाउँस्थित स्मृति अस्पतालमा उपचारका लागि पठाइएको छ। सबै घाइतेको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
समयमै उद्धार गरिएकाले ठूलो मानवीय क्षति टरेको प्रहरीले जनाएको छ।






































