काठमाडौं। नेपाली सेयर बजार लगातार दबाबमा देखिएको छ। सोमबार नेप्से परिसूचक ३०।६० अंकले घटेर २५७० बिन्दुमा झर्दै करिब आठ महिनायताकै न्यून स्तर मा पुगेको हो।

बजारभरि बिक्रीको दबाब देखिँदा २४९ कम्पनीको सेयर मूल्य घट्यो, केवल २२ कम्पनीको मूल्य बढ्यो भने ४ कम्पनी स्थिर रहे। बैंकिङदेखि जलविद्युत्, होटल, बीमा र व्यापारसम्म सबै समूह राताम्मे बने।

यद्यपि बजार घटिरहेका बेला लगानीकर्ताको सक्रियता भने बढेको देखिएको छ। सोमबार ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जुन पछिल्ला केही महिनामध्येकै उच्च कारोबार रकम हो।