काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवार र घाइतेहरूका लागि सरकारले घोषणा गरेको राहत तथा सहायताको प्याकेज अब कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको छ।सोमबार बसेको नेपाल सरकारका सचिवहरूको बैठकले मन्त्रिपरिषद्बाट यसअघि स्वीकृत एकीकृत प्याकेज तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।

यसअघि असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि विशेष राहत, सहयोग र पुनःस्थापनासम्बन्धी एकीकृत प्याकेज स्वीकृत गरेको थियो। अब त्यसलाई सम्बन्धित निकायमार्फत छिट्टै लागू गर्ने प्रक्रिया अघि बढाइने भएको छ।

बैठकको निर्णयमा ुजेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूका लागि मन्त्रिपरिषद्ले स्वीकृत गरेको एकीकृत प्याकेजको शीघ्र कार्यान्वयन गर्नेरगराउनेु उल्लेख गरिएको छ।

सरकारको यो निर्णयसँगै आन्दोलन प्रभावित परिवारहरूले लामो समयदेखि अपेक्षा गरेको राहत तथा सुविधाको वितरण प्रक्रिया अब छिट्टै सुरु हुने संकेत देखिएको छ।