काठमाडौं । सर्वोच्च अदालतको आर्थिक वर्ष २०८२-८३ को कार्यसम्पादन विवरणमा न्यायाधीश टेकप्रसाद ढुंगाना मुद्दा फर्छ्यौटमा पहिलो स्थानमा परेका छन् भने प्रधानन्यायाधीश डा। मनोजकुमार शर्मा १५औँ स्थानमा रहेका छन्।
ढुंगानाले २०५ कार्यदिनमा १ हजार ९३६ मुद्दा फर्छ्यौट गर्दै प्रतिदिन औसत ९.४४ मुद्दा टुंग्याएका छन्। दोस्रो स्थानमा श्रीकान्त पौडेल र तेस्रो स्थानमा हरिप्रसाद फुयाल रहेका छन्।
प्रधानन्यायाधीश शर्माले १८९ कार्यदिनमा १ हजार ९४ मुद्दा फर्छ्यौट गरेका छन् भने निवर्तमान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सूचीको अन्तिम ९२०औँ० स्थानमा परेका छन्।
आर्थिक वर्षभर सर्वोच्चका २० न्यायाधीशले २४ हजार ४९२ मुद्दा, रिट र निवेदन फर्छ्यौट गरेका छन्। समग्र न्यायपालिकामा भने उच्च अदालतले ७०।३६ प्रतिशत मुद्दा फर्छ्यौट गर्दै सबैभन्दा उत्कृष्ट प्रगति गरेको प्रतिवेदनमा उल्लेख छ।






































