काठमाडौं । नेपाली कांग्रेसले विस्थापित सुकुम्बासी परिवारका वृद्धवृद्धा र बालबालिकाको सहयोगका लागि ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने घोषणा गरेको छ।
उपसभापति विश्वप्रकाश शर्माले साउन ६ गते बीपी स्मृतिमा आयोजना हुने ‘ग्रीन रन’ मा सहभागी हुने व्यक्तिको संख्याअनुसार कांग्रेसले आफ्नो तर्फबाट रकम जम्मा गरी कोष स्थापना गर्ने जानकारी दिए।
उनका अनुसार उक्त कोषबाट संकलित रकम पछिल्लो समय विस्थापित भएका सुकुम्बासी परिवारका वृद्ध आमा–बुबा र कलिला बालबालिकाको हितमा खर्च गरिनेछ।






































