काठमाडौं— संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ ।  

बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने भएको हो । 

बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरी खोल्ने र वितरण गर्ने कार्यसूची रहेको छ । यसैगरी, प्रस्तावित व्यक्तिहरूले पेस गर्नुभएको कार्ययोजना वितरण गर्ने र विविध विषयमा छलफल हुने कार्ययूची छ ।