काठमाडौं। गत आर्थिक वर्षमा १६९ देशका ५ लाख ८ हजार ४७६ विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेका छन्। अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन झण्डै दोब्बर बढ्दै नयाँ रेकर्ड कायम भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ।


सबैभन्दा धेरै ३ लाख ७५ हजार ७९७ भारतीय पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका छन्। त्यसपछि चीन, अमेरिका, बेलायत, फ्रान्स, मलेसिया, जर्मनी, बंगलादेश, अष्ट्रेलिया र इजरायलका पर्यटकको संख्या उल्लेखनीय रहेको छ। सहज यातायात, मुक्तिनाथ र पोखराको बढ्दो आकर्षण तथा सामाजिक सञ्जालमार्फत भएको प्रचारप्रसारले विशेषगरी भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको आयोजनाको भनाइ छ।