आर्थिक

    Showing 991-1,000 of 4,487 items.
  • बाजुराको स्वामिकार्तिकमा कृषि जैविक विविधता मेला, रैथाने बालीनालीको उत्पादनमा जोड

    बाजुरा— बाजुराको कर्णाली पारीको एक मात्र स्थानीय तह स्वामिकार्तिक खापर गाउँपालिकामा कृषि जैविक विविधता मेला भव्य रूपमा सम्पन्न भएको छ । सोही पालिकाको ४ देउरामा बुधबार कृषि जैविक विविधता मेला भव्य रूपमा सम्पन्न भएको हो ।‘कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला–२०८२’ स्थानीय बालीको संरक्षण, प्रवद्र्धन र बजारीकरणलाई मुख्य लक्ष्य बनाउँदै सम्पन्न भएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।गाउँपालिकाको आयोजना तथा परियोजनाको सह–आयोजनामा सञ्चालन गरिएको कृषि मेला प्रदर्शनी कार्यक्रमले अग्रानीक बस्तुहरूको उत्पादन,प्रशोधन र बजारीकरणमा सहज पुर्याउने भएको छ । उक्त कार्यक्रमले कृषकलाई प्रोत्साहन मिल्न

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 506 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५९ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९८ रुपैयाँ २५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ र बिक्रीदर १०८ रुपैयाँ ४४ पैसा, सिङ्

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 338 पटक पढिएको
  • सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश

    काठमाडौं— सुदन गुरुङले प्रतिनिधि सभा निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगसमक्ष बुझाएका छन्। प्रस्तुत विवरण अनुसार उनले कुल २१ लाख ८६ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।उक्त विवरणमा प्रचार-प्रसारसम्बन्धी शीर्षकमा सबैभन्दा ठुलो रकम व्यय भएको देखिएको छ। सो शीर्षकअन्तर्गत मात्रै ५ लाख ५२ हजार ५७५ रुपैयाँ खर्च भएको जनाइएको छ।गोरखा-१ निर्वाचन क्षेत्रमा भएको प्रतिस्पर्धामा उनले प्रेम खत्रीलाई पराजित गर्दै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विजय हासिल गरेका थिए।निर्वाचनपश्चात् उनले सांसदका रूपमा प्राप्त हुने पारिश्रमिक तथा सुविधा नलिने सार्वजनिक घोषणा पनि गरेका छन्।

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 557 पटक पढिएको
  • अर्थमन्त्री भन्छन सरकारी वित्तीय संस्थामा सुधारका लागि नीतिगत स्पष्टता आवश्यक

    काठमाडौं— अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वका वित्तीय संस्थाहरूको अवस्था सुधार गर्न नीतिगत स्पष्टता आवश्यक रहेको बताएका छन्। नागरिक लगानी कोषको ३६ औँ वार्षिक उत्सव समारोहमा बोल्दै उनले विगतमा स्थापना गरिएका केही वित्तीय संस्थाहरूको अवस्था चिन्ताजनक रहेको उल्लेख गरे ।उनले भने, ‘नेपाल सरकारले स्थापना गरेका ग्रामीण विकास बैंकहरूमध्ये चारवटा बैंक कहाँ बिलाए भन्ने थाहा छैन । एउटा बैंक विभिन्न निकायसँग गाभिएर अहिले कमजोर अवस्थामा सञ्चालन भइरहेको छ ।’खनालले नेपालको इतिहासमा सरकारी स्वामित्वका वित्तीय संस्थाहरूलाई ३५ वर्ष नपुग्दै सरकारद्वारा उद्धार गर्नुपर्ने अवस्था आएको पनि औंल्याए । उनले

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 460 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौं— नेपाली बजारमा आज(बुधबार)सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ कायम छ । मंगलबार प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले घटेको छ । चाँदी तोलामा पाँच हजार १५० रुपैयाँ तोकिएको छ ।हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो 

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 430 पटक पढिएको
  • नेप्से १३.५१ अंकले बढ्यो, १२ अर्बको कारोबार

    काठमाडौं— सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५१ अंकले बढेर २८१२.३४ बिन्दुमा पुगेको हो ।अघिल्लो कारोबार दिन सोमबार भने नेप्से २६.०७ अंकले घटेको थियो ।मंगलबार नेसेमा कुल १२ अर्ब ३ करोड माथिको कारोबार भएको छ । सोमबार भने नेप्सेमा कुल ११ अर्ब ६३ करोड माथिको कारोबार भएको थियो ।मंगलबार कारोबारमा आएकामध्ये १३२ कम्पनीको सेयर मूल्य बढ्दा ११३ कम्पनीको घटेको छ । यस्तै, १७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 517 पटक पढिएको
  • सामान्य बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं— नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयामा कारोबार भएको थियो ।यस्तै, चाँदीको पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 436 पटक पढिएको
  • ३ कम्पनी मर्ज भएर बनेको महाशक्तिले ६ महिनामा बेच्यो ४६ करोड रुपैयाँको सिमेन्ट

    काठमाडौं— महाशक्ति सिमेन्टले ६ महिनामा ४६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब आधा अर्ब रुपैयाँको कारोबार गरेको हो ।कम्पनीले सन् २०२५ मा १ अर्ब २५ करोड ५० लाख रुपैयाँ, सन् २०२४ मा ९४ करो १० लाख रुपैयाँ र सन् २०२३ मा ९६ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार पछिल्लो दुई वर्षमा १४.२२ प्रतिशतले बढेको छ । कम्पनीको नाफा मार्जिन गत आवमा ३० प्रतिशत छ । कम्पनीको गत आवमा ११ करोड २० लाख रुपैयाँ कुल सञ्चय नगद रहेको जनाएको छ ।सन् २०२३ मा दर्ता भएको कम्पनी ३ वटा कम्पनी मर्ज भएको संस्था हो । महाशक्ति सिमेन्ट, गरिमा सिमेन्ट र एम जयपी स

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 466 पटक पढिएको
  • शिखर पावरको आईपीओ बाँडफाँड सम्पन्न

    काठमाडौं— शिखर पावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरिएको हो ।कम्पनीका अनुसार आईपीओमा २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । तीमध्ये ३६ हजार ५०० जना आवेदकले दिएको ४ लाख २२ हजार २०० कित्ताको आवेदन विभिन्न कारणले बदर भएको छ । बाँकी २६ लाख ५० हजार ८४७ जना आवेदकको २ करोड ८३ लाख ९४ हजार ७९० कित्ताका लागि परेको आवेदन भने सदर भएको छ ।सदर आवेदनमध्ये गोलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार २६० जना आवेदकले मात्र शेयर

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 427 पटक पढिएको
  • यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।जसनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्टटर्लिङ एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ २७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०८ रुपैयाँ २९ पैसा, स

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 444 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.