आर्थिक

    Showing 1,011-1,020 of 4,487 items.
  • मुगुका कृषकलाई ओखर खेतीसम्बन्धी तालिम प्रदान

    मुगु— मुगुका कृषक र कृषि प्राविधिकहरूलाई ओखर खेतीसम्बन्धी तालिम प्रदान गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा हिउँदे फलफूल नर्सरी तथा फलफूल व्यवस्थापन अन्तर्गत ओखर खेतीको आधुनिक प्रविधिबारे तालिम सञ्चालन गरिएको हो ।बिहीबारदेखि शनिबारसम्म सञ्चालन भएको तालिममा व्यावसायिक रूपमा खेती गरिरहेका अगुवा कृषक र प्राविधिक गरी ३१ जनाको सहभागिता रहेको तालिम संयोजक भावना जौसीले जानकारी दिइन् । तालिममा ओखर उत्पादन प्रविधि तथा गुणस्तरीय बिरुवा उत्पादनसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक दुवै प्रकारका कक्षा सञ्चालन गरिएको थियो ।कार्यक्रमका अनुसार करिब ६०–७० प्रतिशत तालिम नर्सर

    • प्रकाशित मितिः चैत १, २०८२
    • 498 पटक पढिएको
  • बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

    काठमाडौं— बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (चैत १ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसअन्तर्गत १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । त्यसमध्ये ५ लाख २० हजार कित्ता अति प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका–२, ३ र ४ का बासिन्दाका लागि, ३ लाख १२ हजार कित्ता वडा नं। ५, ६, ७ र ११ का बासिन्दाका लागि तथा २ लाख

    • प्रकाशित मितिः चैत १, २०८२
    • 476 पटक पढिएको
  • सानिगाड हाइड्रोको आईपीओ चैत ८ देखि निष्कासन हुँदै

    काठमाडौं— सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ करोड ५० लाख रुपैयाँको ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो ।यसअन्तर्गत २८ करोड ५० लाख रुपैयाँबराबरको २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ । जसमध्ये १८ लाख ५२ हजार ५०० कित्ता शेयर बझाङको बुंगल नगरपालिका वडा नम्बर १, २ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिनेछ भने बाँकी ९ लाख ९७ हजार

    • प्रकाशित मितिः चैत १, २०८२
    • 448 पटक पढिएको
  • खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउने माथि महानगरको निगरानी सुरु

    काठमाडौं— काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास र सवारी साधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि निगरानी बढाएको छ ।महानगरले ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अव ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि निगरानी संयन्त्र सक्रिय बनाएको हो ।प्रशासन विभागका प्रमुख महेश काफ्ले ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गनेमाथि कारबाही गर्ने बताएका छन् ।उनले भने, ‘ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणक

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 501 पटक पढिएको
  • चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा सामान्य गिरावट

    काठमाडौं— वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले प्रकाशित गरेका सूचनाअनुसार, अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको देखिएको छ ।फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ४.५६ प्रतिशतविन्दु रहेकोमा चैत महिनामा ४.४९ प्रतिशतविन्दुमा झरेको छ । यस प्रकारको निक्षेपमा औषत ब्याजदर ०.०७ प्रतिशतविन्दुले घटेको हो । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाउँदा औषत दरमा गिरावट आएको हो। बाँकी १४ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर फागुन महिनाकै दरमा कायम राखेका छन् ।संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्य

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 501 पटक पढिएको
  • कृतिम अभाव सिर्जना गरे कारबाही गर्ने प्रशासनको चेतावनी

    सुर्खेत— जिल्ला प्रशासन कार्यालय सुर्खेतले ग्यास तथा इन्धनको कृतिम अभाव सिर्जना गरे कारबाही गरिने चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचना जारी गरी ग्यास तथा इन्धनको सहज आपूर्ति गर्न बिक्रेताहरूलाई अनुरोध गरेको छ ।‘उपभोक्ताहरूबाट बजारमा खाना पकाउने ग्यास (एल.पी. ग्यास) तथा इन्धनको सहज प्राप्तिमा कठिनाइ भएको भन्ने गुनासो आएकाले कोही कसैले पनि अनावश्यक रूपमा इन्धन तथा ग्यास सिलिन्डर होल्डिङ नगरी ग्यास तथा इन्धन आपूर्तिलाई सहज तुल्याउन हुन अनुरोध छ,’ प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको पाइएमा, बढी मूल्य लिई ग्यास तथा पेट्रोलियम पदार्

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 468 पटक पढिएको
  • पोखरामा सम्पन्न नेपाल–भारत बैठकले विद्युत खरिद दर बढायो

    पोखरा— नेपाल–भारत विद्युत आदान–प्रदान समिति (पिइसी) को १७औँ बैठक पोखरामा सम्पन्न भएको छ । फागुन २८ र २९ गते (१२–१३ मार्च २०२६) दुई दिनसम्म चलेको बैठकले आगामी एक वर्षका लागि भारतका विभिन्न राज्यबाट नेपालले विद्युत आयात गर्ने दर निर्धारण गरेको हो ।बैठकमा भारतका बिहार, उत्तर प्रदेश तथा उत्तराखण्ड राज्यबाट नेपालले विद्युत आयात गर्ने विषयमा सहमति भएको छ । नेपाल र भारतबीच पिइसी मार्फत विद्युत खरिद गर्ने प्रक्रिया सन् १९९२ देखि निरन्तर सञ्चालन हुँदै आएको छ । सोही प्रक्रिया अन्तर्गत सम्पन्न यस बैठकले आगामी एक वर्षका लागि विद्युत खरिद दर तय गरेको हो ।बैठकमा नेपालको तर्फबाट नेपाल विद्युत प्राधिकरणका कार

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 550 पटक पढिएको
  • पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

    काठमाडौं— पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपी बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओको बाँडफाँट भएको हो ।कम्पनीले गत फागुन १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो । सो आईपीओमा २४ लाख १३ हजार ५१७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन् ।मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ ।

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 488 पटक पढिएको
  • नयाँ प्रणाली लागू गर्दै राहदानी विभाग, सेवा केही समय अवरुद्ध हुने

    काठमाडौं— राहदानी विभागले नयाँ प्रणाली जडान गर्ने तयारीका कारण केही समयका लागि राहदानी सेवा प्रभावित हुनसक्ने जनाएको छ। पुरानो प्रणाली हटाएर नयाँ प्रणाली लागू गर्ने क्रममा सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्ने विभागले सूचनामार्फत जानकारी दिएको हो।सूचना अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा करिब एकदेखि तीन हप्तासम्म बन्द हुन सक्नेछ। त्यस्तै, राहदानी विभागबाट प्रत्यक्ष रूपमा दिइने सेवा भने करिब एक हप्तासम्म प्रभावित हुन सक्ने बताइएको छ।विभागका अनुसार नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन करिब एकदेखि तीन महिनासम्म समय लाग्न सक्

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 511 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौं— नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ ।आज सुनको मूल्य दुई हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार सुनको मूल्य ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँ रहेको थियो ।

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 429 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.