आर्थिक

    Showing 3,331-3,340 of 4,499 items.
  • निर्वाचन : १० अर्बसम्म मात्र खर्च गर्न आयोगलाई अर्थको स्वीकृति

    झापा  / प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अर्थ मन्त्रलायले निर्वाचन आयोगलाई १० अर्बभित्र रहेर खर्च गर्न स्वीकृति दिएको छ ।आयोगले १० अर्ब ९८ करोड रुपैयाँ मागे पनि अर्थबाट १० अर्बभित्र रहेर खर्च गर्न स्वीकृति दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।अर्यालका अनुसार हाल समानुपातिकतर्फको मतपत्र छपाइ भइरहेको छ । प्रत्यक्ष र समानुपातिक गरी कूल ८ अर्ब मतपत्र छापिने उनले बताए ।

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 122 पटक पढिएको
  • बढ्यो सुन चाँदीको मूल्य, प्रतितोला कति ?

    झापा / नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार बिहीबार सुनको मूल्य आठ सय रुपैयाँले बढेको हो । बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कायम भएको छ। चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला एक हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ। 

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 155 पटक पढिएको
  • पेट्रोल पनि पाइपलाइनबाटै आयत गरिने, अमलेखगञ्जमा भण्डारण ट्याङ्की निर्माण हुँदै (भिडियाेसहित)

    झापा  / पाइपलाइनमार्फत भारतबाट डिजेल मात्र आयात गर्दै आएको नेपाल आयल निगमले अब पेट्रोल पनि आयत गर्ने भएको छ । निगमले पाइपलाइनबाटै पेट्रोल आयात गर्न बाराको अमलेखगञ्जस्थित डिपो परिसरमा दुई वटा पेट्रोल भण्डारण ट्याङ्की निर्माणको काम अघि बढाएको हो ।हाल निगमले भारतको बिहारस्थित मोतिहारीदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्म करिब ६९ किलोमिटर लामो पाइपलाइनमार्फत डिजेल मात्र आयात गर्दै आएको थियो । अब निर्माण हुने पेट्रोल भण्डारण गृह मध्ये प्रतिट्याङ्की चार हजार एक सय किलोलिटर क्षमताको हुनेछन् । जसका लागि भारतीय आयल कर्पोरेसनले पेट्रोल भण्डारण गृह निर्माणका लागि आवश्यक

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 210 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)

    झापा / नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ।बैंकलाई सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनतर्फ १८ जना, सहायक निर्देशक (अधिकृत तृतीय) प्राविधिक (सु.प्र.) १ जना र सहायक (सहायक द्वितीय) प्रशासनतर्फ २४ जना आवश्यक परेको हो।आज भदौ १७ आजदेखि असोज १६ गतेससम्म आवेदन दिन सकिने बैंकले जनाएको छ। अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 178 पटक पढिएको
  • भारतबाट बढेर आयो पेट्रोल र डिजलको मूल्य, ग्यासमा भने घट्यो

    झापा / भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।आइओसीले निगमलाई भदौ १६ गते ९सेम्टेम्बर १ तारिख० पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको हो ।आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको छ भने एलपी ग्यासको घटेको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर १.३९ रुपैयाँ र डिजेल प्रतिलिटर ६.१२ रुपैयाँ बढेर आएको छ ।त्यस्तै,  मट्टितेल र हवाई इन्धनको मूल्य पनि सामान्य बढेर आएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १०० रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।आएओसीले यसअघि लगातार तीन पटकस

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 281 पटक पढिएको
  • मिटर ब्याज पीडितहरूले आज बालुवाटार घेराउ गर्दै

    काठमाडौं  / विभिन्न मागसहित मिटर ब्याज पीडितले आज (बिहीबार) बालुवाटार घेराउ गर्ने भएका छन् । पीडितले मिटर ब्याज तथा ठगीविरूद्ध आज दिउँसो दुई बजे माइतीघरदेखि मार्च गर्दे बालुवाटार पुगेर घेराउ गर्ने भएका हुन् । काठमाडौंमा सडक संघर्ष सुरु भएको आगामी बिहीबार एक महिना पुग्छ। सो दिन संघर्ष समितिको आह्वानमा किसान मजदुर मार्च हुँदैछ। विभिन्न दलसँग आबद्ध किसान तथा मजदुर संगठन, अन्य पेशागत संगठन र सम्पूर्ण अधिकारकर्मीलाई यस मार्चमा उत्साहप्रद सहभागिता जनाउन संघर्ष समिति आह्वान गरेको छ ।आफ्नो मागलाई पन्छाउँदै सरकारले सहसचिवको संयोजनमा मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल गठन गरेपनि उक्त क

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 263 पटक पढिएको
  • आज यस्तो विदेशी मुद्राको विनिमय दर

    झापा / अमेरिकी डलरको भाउ बुधबार बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा कायम गरेको छ ।मंगलबार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ६५ पैसा र बिक्री दर १२८ रुपैयाँ २५ पैसा कायम भएको थियो ।त्यस्तै युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९७ पैसा छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४८ रुपैयाँ ७१ पैसा र बिक्री दर १४९ रुपैयाँ ४२ पैसा छ ।अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०६ पैसा र बिक्री दर ८८ रुपैयाँ ४७ पैसा छ । क्यानडियन डलर एकको खर

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 176 पटक पढिएको
  • श्रृजनशील लघुवित्तको आइपीओ बिक्री खुला

    काठमाडौँ  / श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बिक्री खुला भएको छ।कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ५ हजार ४७० कित्ता कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको छ ।

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 192 पटक पढिएको
  • राष्ट्रिय प्रसारण लाइनमा थपियो २७ मेगावाट बिजुली

    काठमाडौँ  / राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का पूर्वअध्यक्ष एवं प्रवद्र्धक हिमालय पावर पार्टनर लिमिटेडका अध्यक्ष जिवा लामिछाने र लगानीकर्ता आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको उपस्थितिमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएको घोषणा गरिएको हो । एनआरएनका पूर्वअध्यक्ष लामिछानेले आफू अध्यक्ष रहेका बेला गैरआवासीय नेपालीले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 484 पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

    काठमाडौं / नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।जसअनुसार, छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार छ सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय रुपैयाँ थियो ।त्यस्तै आज चाँदी प्रति तोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहको छ । गत शुक्रबार चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ थियो ।

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 257 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.