काठमाडौं— आइतबार सुनको मूल्य सामान्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।आज एक तोला सुनको मूल्य २ लाख ८७ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।सुनसँगै आज चाँदी पनि महँगिएको छ । चाँदी ५० रुपैयाँले उकालो लाग्दै प्रतितोला ४ हजार ६९० रुपैयाँ पुगेको छ ।
काठमाडौं— ट्राफिक प्रहरीले एकै दिन एक हजार ७८२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । यसबाट राज्यकोषमा चार लाख ९४ हजार राजस्व दाखिला भएको छ ।मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८२ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११० जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।यसैगरी, लेन’ अनुशासन पालना नगर्ने ६५, निषेधित क्षेत्रमा हर्न बजाउने ७१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी बाटोमा सवारी चलाउने ६८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १४१ जनालाई कारबाही गरिएको हो ।
जनकपुरधाम। मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा रु ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालु आवको हालसम्म आन्तरिक राजस्व सङ्कलन रु चार अर्ब ५९ करोड ३३ लाख ८४ हजार रहेको छ । प्रदेश सरकारको आन्तरिक राजस्व सङ्कलनको मुख्य आयस्रोतका रूपमा घरजग्गा रजिस्ट्रेशन र सवारीसाधन कर मानिन्छ । सो अवधिमा घरजग्गा रजिस्ट्रेशनबाट रु एक अर्ब १८ करोड १२ लाख ९५ र सवारीसाधन करबाट रु दुई अर्ब एक करोड ५० लाख ५० हजार राजस्व सङ्कलन भएको मधेस प्रदेश सरकारका अर्थ मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आव
काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको हो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा छलफलका लागि ल्याइएको आर्थिक विधेयकलाई निणयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले पारित भएको जानकारी गराएका हुन् । प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै निजी विद्यालयमा लगाइएको कर र व्यक्तिगत कर छुट सुविधाबारे प्रष्ट्याएका छन् । उनका अनुसार सामुदायिक विद्यालयमा करको व्यवस्था लागू हुँदैन भने निजी विद्यालयमा हाल तीन प्रतिशत कर लगाइएको छ । साथै निजी विद्यालयमा आफ्ना बालबालिकाको शिक्षामा गरिएको खर्चमध्ये वार्षिक २५ हजार रुपैयाँसम्म करकट्टी गर्न सकिने व्यवस्था रहेको उनले जानकारी दिए ।उनले भने, ‘शिक्षामा लगाइएको कर सामुदायिक स्कुलहरूमा होइन। निजी स्कुलहरूमा अहिलेलाई तीन प्रतिशत लगाइएको छ । तर आफ्ना बालबालिकाहरूको लागि नीजि स्कुलमा गरिएको २५ हजार रु
काठमाडौं । एशियाली विकास बैंक एडीबीले नेपालका नगरपालिकाहरूमा खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्न ११ करोड ५० लाख अमेरिकी डलर करिब १५ अर्ब रुपैयाँभन्दा बढी बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ । एडीबीका अनुसार उक्त ऋणबाट सञ्चालन हुने एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना मार्फत १३ जिल्लाका ८ लाख ५० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।परियोजनाले शहरी क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुका साथै ढल तथा फोहरपानी व्यवस्थापन प्रणालीलाई समेत सुदृढ बनाउने लक्ष्य राखेको छ । परियोजनाअन्तर्गत नगरपालिकाहरूमा खानेपानी वितरण प्रणाली विस्तार, ढल व्यवस्थापन पूर्वा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले प्रसारण ट्रान्समिसन लाइन विस्तारमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि मन्त्रालयको बजेट तथा वार्षिक कार्यक्रमबारे छलफलका क्रममा उनले ट्रान्समिसन लाइनमा पनि निजी क्षेत्रले लगानी गर्न पाउने भयो भने प्रसारण लाइन अझ विस्तार हुने विश्वास व्यक्त गरे । मन्त्री श्रेष्ठका अनुसार हाल पीपीपी सार्वजनिक–निजी साझेदारी मोडलमा करिब २० अर्ब रुपैयाँको एउटा प्रसारण लाइन परियोजना अघि बढिरहेको छ। उनका अनुसार एकातिर उपभोक्ताले विद
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा कसरी योगदान पुर्याउन सक्छ भन्नेतर्फ सबैको ध्यान जान जरुरी भएको बताएका छन् । शुक्रबार चलचित्र विकास बोर्डद्धरा आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमासमेत योगदान पुर्याउन सक्ने भन्दै सबैले त्यसतर्फ सोच्नुपर्ने बताए । राष्ट्रपति पौडेलले हाम्रो गाउँठाउँ, पाखापखेरा र कुनाकन्दराका कथाव्यथालाई सुक्ष्म ढङ्गले पर्दामा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सासद इन्दिरा राना मगरले वर्तमान सरकारले सार्वजनिक गरेको बजेटले स्थानीय तह तथा जिल्लाबीचको पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएकी छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एक जिल्लाबाट अर्को जिल्ला र एक पालिकाबाट अर्को पालिकालाई जोड्ने पुल निर्माण गर्नु विकास भएको बताइन् । उनले भनिन्, ‘वर्तमान सरकारले सार्वजनिक गरेको बजेटले एक जिल्लाबाट अर्को जिल्लामा जोड्ने, एउटा पालिकाबाट अर्को पालिका जोड्ने एकदमै सिर्जनात्मक तरीकाले निर्णय गरेको छ । यसलाई म समर्थन गर्न चाहन्छु । पहिला त्यस्तो थिएन । एउटा पालिकाबाट आर्को पालिकाम ज
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको विदेशी मुद्रा सञ्चिति सुरक्षित सम्पत्तिमा लगानी गरिएको र अमेरिकी ट्रेजरीको ब्याजदरमा हुने परिवर्तनले त्यसको प्रतिफलमा प्रत्यक्ष प्रभाव पार्ने बताएका छन्।अर्थसमितिको बैठकमा गभर्नरसँग आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीति कार्यान्वयन प्रगति, बैंक तथा वित्तीय संस्थामा बढ्दो अधिक तरलता व्यवस्थापन, सरकारी स्वामित्वका बैंकहरूको कार्यसम्पादन तथा वित्तीय क्षेत्रका नीतिगत र कानुनी सुधारका विषयमा भएको छलफलमा बोल्दै उनले नेपाल राष्ट्र बैंकले हाल विदेशमा २२ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको जानकारी दिए । उनले भने
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.