आर्थिक

    Showing 421-430 of 4,487 items.
  • यो वर्ष १० खर्ब बराबरका ठेक्का आह्वान गर्ने सरकारको लक्ष्य

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले सडक, पुललगायतका पूर्वाधार आयोजनामा न्यून बजेट विनियोजन गरिएको भन्ने गुनासोप्रति स्पष्टिकरण दिएका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री लम्सालले सरकारले एक वर्षे सिङ्गल इयर नभई बहुवर्षीय मल्टी इयर बजेट प्रणालीलाई प्राथमिकता दिएको बताए । उनले बहुवर्षीय बजेटमार्फत समान प्रकृतिका आयोजनाहरूलाई एकीकृत रूपमा अघि बढाएर ठेक्का प्रक्रियामा लाग्ने समय घटाउने लक्ष्य राखिएको जानकारी दिए । उनका अनुसार ठेक्का आह्वान गर्न सामान्यतया ६–७ महिना लाग्ने भए पनि एउटै प्रकृतिका कार्यक्रमहरूलाई एकैपटक ठेक्का प्रक

    • प्रकाशित मितिः असार ४, २०८३
    • 203 पटक पढिएको
  • शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पोखरेलले उक्त बजेट कुल राष्ट्रिय बजेट २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको १०।२८ प्रतिशत रहेको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको तुलनामा शिक्षा क्षेत्रको बजेट अनुपातगत रूपमा ०।४७ प्रतिशतले घटे पनि रकमका हिसाबले भने करिब सात अर्ब रुपैयाँले वृद्धि भएको छ । यसले शिक्षा क्षेत्र सरकारको प्राथमिकतामा रहेको स्पष्ट हुने उनको भनाइ थियो

    • प्रकाशित मितिः असार ४, २०८३
    • 164 पटक पढिएको
  • एभरेष्ट कलरको आईपीओ बाँडफाँट सम्पन्न, ६५ हजार ५७० आवेदकले पाए १० कित्ता शेयर

    काठमाडौं । एभरेष्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ बिहीबार बाँडफाँट गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो । यस बराबरको कुल निष्काशन रकम ६ करोड ५५ लाख ७० हजार रुपैयाँ रहेको थियो । आईपीओमा २६ लाख ८७ हजार ४२१ जना लगानीकर्ताले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।तीमध्ये २६ लाख ४१ हजार ९५९ वटा आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभ

    • प्रकाशित मितिः असार ४, २०८३
    • 164 पटक पढिएको
  • औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको विद्युत् लाइन काट्ने तथा उद्योगीलाई धरपकड गर्ने तयारी तत्काल रोक्न सरकारसँग आग्रह गरेको छ ।महासंघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल सरकारअन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा सञ्चालित १० वटा औद्योगिक क्षेत्रमा रहेका करिब ७०० उद्योगमाथि प्रशासनिक बल प्रयोग गरी विद्युत् लाइन काट्ने र उद्योगीहरूलाई धरपकड गर्ने तयारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघका अनुसार औद्योगिक क्षेत्रको जग्गा भाडा वृद्धिसम्बन्धी विवाद सर्वोच्च अदालत र उच्च अदालतमा विचाराधीन छ । औद्योगिक क्षेत्र व्यवस्

    • प्रकाशित मितिः असार ४, २०८३
    • 163 पटक पढिएको
  • ‘स्वर्णिम बजेट’ समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य

    काठमाडौं । दुई तिहाइ नजिकको राजनीतिक समर्थन पाएको सरकारले अर्थमन्त्री डा स्वर्णिम वाग्लेमार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०८३ र ८४ को बजेटलाई पछिल्लो तीन दशकयताकै सबैभन्दा सुधारमुखी बजेटका रूपमा हेरिएको छ । कर प्रणाली, प्रशासनिक पुनर्संरचना, ऊर्जा, वित्तीय क्षेत्र तथा निजी लगानी प्रवद्र्धनका क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गर्दै सरकारले आर्थिक पुनरुत्थानको नयाँ आधार तयार गर्ने प्रयास गरेको दाबी गरेको छ । २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेटमा चालुतर्फ १२ खर्ब ७० अर्ब, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। सरकारले आगामी आर्थिक व

    • प्रकाशित मितिः असार ४, २०८३
    • 140 पटक पढिएको
  • नेपाली चिया निर्यात संकटमा, महासंघद्वारा कूटनीतिक पहलको माग

    काठमाडौं— भारतीय चिया बोर्डले मे १ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर (एसओपी)’ र प्रत्येक खेपमा अनिवार्य गुणस्तर परीक्षणको व्यवस्था लागू गरेपछि नेपाली चिया निर्यात गम्भीर संकटमा परेको छ। यसबाट उत्पन्न समस्याको समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारसँग तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ।महासंघले नेपाल चिया उत्पादक संघबाट प्राप्त सुझाव र वर्तमान अवस्थाको विश्लेषण गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत भारतसँग उच्चस्तरीय संवाद गरी निर्यातमा देखिएको अवरोध हटाउन आवश्यक पहल गर्न माग गरेको हो।महासंघका अनुसार नेपालको चिया उद्योग कृषि, उद्योग, निर्यात र

    • प्रकाशित मितिः असार ४, २०८३
    • 404 पटक पढिएको
  • एभरेष्ट कलरको आईपीओ बाँडफाँट

    काठमाडौं— एभरेष्ट कलरको आईपीओ बाँडफाँट भएको छ । बिहीबार धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा उक्त आईपीओ बाँडफाँट गरिएको हो ।कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ कराड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो ।सो निष्काशनमा कुल २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता सेयरका लागि आवेदन परेको थियो । जसमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँ

    • प्रकाशित मितिः असार ४, २०८३
    • 383 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०३ रुपैयाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ३७ पैसा र बिक्रीदर १९१ रुपैयाँ १२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ

    • प्रकाशित मितिः असार ४, २०८३
    • 252 पटक पढिएको
  • खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं,अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अघि बढ्न नसक्ने भन्दै सरकारले लगानीमैत्री वातावरण निर्माण र कर प्रणाली सुधारमार्फत आर्थिक गतिविधि विस्तार गर्ने नीति लिएको बताएका छन् ।आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण तथा अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल तथा संवाद कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारिएको बताए । उनले भने, ‘निजी क्षेत्रलाई उत्साहित नगरीकन यो अर्थतन्त्र अगाडि जाँदैन भन्ने हाम्रो पार्टीको अर्थ–राजनीतिक दर्शनअनुसार

    • प्रकाशित मितिः असार ३, २०८३
    • 173 पटक पढिएको
  • सहकारी ठगीमा एक्सन : ऋणीबाट सवा करोड असुली, बचतकर्तालाई रकम फिर्ता सुरु

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी संकट समाधानका लागि कर्जा असुली र बचत फिर्ता अभियानलाई तीव्र बनाएको छ। समितिले जेठ महिनामा मात्रै ऋणीबाट १ करोड २० लाख रुपैयाँभन्दा बढी असुली गरेको छ।असुली गरिएको रकमबाट ८ वटा समस्याग्रस्त सहकारीका १ हजार ४ सय ५२ जना साना बचतकर्तालाई ५९ लाख रुपैयाँभन्दा बढी फिर्ता गरिएको छ। १० हजार रुपैयाँभन्दा कम बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गर्ने काम भइरहेको समितिले जनाएको छ।समितिका अनुसार १२ वटा सहकारीका ऋणीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ भने बचत अपचलनमा संलग्न सञ्चालक, व्यवस्थापक र पूर्वपदाधिकारीहरूको सम्पत्ति खोजी गर्न विशे

    • प्रकाशित मितिः असार ३, २०८३
    • 206 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.