आर्थिक

    Showing 831-840 of 4,487 items.
  • बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व सङ्कलन

    बागमती। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनाा बार्षिक लक्ष्यको ४१ दशमलव ४० प्रतिशतअर्थात् २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।घरजग्गा रजिष्ट्रेशन ९मालपोत० र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयश्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँड आव २०८२र८३ को साउनदेखि चैत महिनासम्ममा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार रूपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरिएकामा लक्ष्यको ५५ दशमलव ०७ प्रतिशतअर्थात् १७ अर्ब एक करोड दुई लाख ६३ हजार रूपैयाँ राजस्व सङ्कलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सञ्ज्यालले जानकारी द

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • 322 पटक पढिएको
  • यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९० रुपैयाँ ४१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४९ पैसा

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • 259 पटक पढिएको
  • ट्रायल पास भएपछि २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र पाइने

    काठमाडौं— अबदेखि ट्रायल पास गरेर राजस्व बुझाएको २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्ट हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। बिक्रम तिमिल्सिनाले अबदेखि ट्रायल पास भएको २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट हुने जनाएका हुन् ।काभ्रेको पनौती नगरपालिका-५ स्थित सुरक्षण मुद्रण केन्द्रमा पुगेर लाइसेन्स छपाईको अवस्थाबारे जानकारी लिँदै उनले यस्तो बताएका हुन् ।उनले ट्रायल पास गरेको वर्षौंसम्म पनि लाइसेन्स नपाउने अवस्थाको अन्त्य भएको र अब ट्रायल पास गरेर राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स प्रिन्ट गरी हस्तान्तरण गरिसक्ने व्यवस्था कार्यान्वयन भएको बताएका छन् । त्यस्तै, सञ्चारम

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 528 पटक पढिएको
  • नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठ पदबाट राजीनामा दिने तयारीमा

    काठमाडौं— नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिने तयारी गरेका छन् । नयाँ सरकारलाई सहयोग गर्ने उद्धेश्यले उनले राजीनामा दिन लागेका हुन् ।श्रेष्ठले अर्थसचिवलाई फोन गरेर राजीनामा दिन लागेको विषयमा जानकारी गराएको बोर्ड स्रोतको दाबी छ ।स्रोतका अनुसार श्रेष्ठले शुक्रबार साँझ बस्ने बोर्ड बैठकमा राजीनामाबारे जानकारी दिन लागेका छन् । ‘नयाँ सरकारलाई सहयोग गर्ने भन्दै अध्यक्षज्यूले राजीनामा दिने कुरा छ ।’, स्रोतले भन्यो ।यसो त रास्वपा सरकारले राजनीतिक नियुक्ति लिएकाहरुलाई राजीनामा दिन आग्रह गरेकै बेला श्रेष्ठले राजीनामा दिने चर्चा चलेको थियो । तर, त्यसबेला उनले आफूले राजीनामा

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 515 पटक पढिएको
  • ५ अंकले बढेर शेयरबजार बन्द, ७ अर्ब ४६ करोडको कारोबार

     काठमाडौं— साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्सेमा ५ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.३६ अंकले बढ्दै २ हजार ८३८.४० अंकमा उक्लिएको हो ।यस दिन १० अर्ब ५३ करोड ७० लाख रुपैयाँबराबरको २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज होटल तथा पर्यटन समूह, हाइड्रोपावर, म्यानु एन्ड प्रो, अन्य समूह र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बैंकिङ समूह, विकास बैंक समूह, फाइनान्स, इन्भेस्टमेन्ट, जीवन बीमा, निर्जीवन बीमासहित माइक्रोफाइनान्स र म्युचुअल फन्ड आज ऋणात्मक भएका छन् ।१०८ कम्प

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 448 पटक पढिएको
  • चीनमा मोती प्रशोधन उद्योग चम्कियो

    एजेन्सी । दक्षिणी चीनको हेनानमा विशेष भन्सार सञ्चालन सुरु भएदेखि, टापु प्रान्तको मोती प्रशोधन उद्योग चम्किएको छ ।गत वर्षको डिसेम्बरमा लागू गरिएका नयाँ नीतिहरू अन्तर्गत, अन्य देशहरूबाट आयात गरिएका केही कच्चा मोती सामग्रीहरूलाई आयात शुल्क, आयात मूल्य अभिवृद्धि कर र उपभोग करबाट छुट दिइएको छ ।कच्चा पदार्थको कम लागतका कारण हाइनानमा मोती किनमेल गर्न गहना कम्पनीहरूको संख्या बढ्दै गएको छ ।‘डिसेम्बर २०२५ मा हेनानले टापुव्यापी विशेष भन्सार सञ्चालन सुरु गरेको थाहा पाएपछि, हामीले जनवरी २०२६ मा सान्याको भ्रमण गर्यौं र फेब्रुअरी १५ मा हाम्रा सबै व्यापार इजाजतपत्रहरू प्राप्त गर्यौं,’ एक गहना कम्पनीका चेन वेइ

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 202 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ हजार १३० रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २५० रुपैयाँ थियो ।

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 120 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ हजार १३० रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २५० रुपैयाँ थियो ।

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 307 पटक पढिएको
  • सामान्य बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंङका अनुसार आज छापावाल सुनको तोलामा १०० रुपैयाँले बढेर तीन लाख दुई हजार ८०० रुपैयाँमा कायम भएको छ ।त्यस्तै, चाँदीको मूल्य पनि ३० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य पाँच हजार २ सय ५० रुपैयामा कायम भएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 180 पटक पढिएको
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई ६५ करोड ऋण दिन अदालतको आदेश

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड रुपैयाँ कर्जा दिन जिल्ला अदालत झापाले बैंकहरूलाई आदेश दिएको छ।न्यायाधीश लोकबहादुर हमालको इजलासले कुमारी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक र गुडविल फाइनान्सलाई सहवित्तीयकरण सम्झौता अनुसार ऋण उपलब्ध गराउन तथा अस्पताल पूर्ण सञ्चालन नभएसम्मको ब्याज पुँजीकरण गर्न निर्देशन दिएको हो।अस्पतालले सम्झौता अनुसार कर्जा नपाएको भन्दै दायर गरेको रिटमा अदालतले बैंकहरूको पूर्व प्रतिबद्धता र परियोजनाको आवश्यकतालाई आधार मानेर यस्तो आदेश दिएको हो।बैंकहरूले भने ऋणीले किस्ता नतिरेको, कर्जा भाखा नाघेको र जोखिम बढेको भन्दै थप लगानी

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 513 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.