मनोरञ्जन

    Showing 991-1,000 of 2,224 items.
  • सफलतामा दर्शकसँग केक काट्दै ‘ऊनको स्वीटर’

    वि.सं. २०८२ सालको पहिलो सुपरहिट चलचित्र बन्न सफल ‘ऊनको स्वीटर’ले चौथो हप्तासम्म आइपुग्दा पनि नेपाली बक्स अफिसमा धमाका मच्चाइरहेको छ । प्रदर्शनको तेस्रो हप्तामा नै १० करोडभन्दा बढी ग्रस कमाइ गरिसकेको यो चलचित्रले न केवल व्यावसायिक रेकर्ड तोडिरहेको छ, बरु दर्शकहरूका मनमा पनि विशेष स्थान बनाएको छ ।यसै खुसीको अवसरमा चलचित्र युनिटले मङ्गलवार साँझ काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा चलचित्र हेरेका दर्शकहरूमाझ केक काटेर सेलिब्रेसन गरेको छ । सो अवसरमा प्रमुख कलाकार विपिन कार्की, एलेक्स पारस, परीक्षा लिम्बु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर, गायक सुजन चापागाईँ, सङ्गीत निर्देशक कोविद बज्र, गी

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 189 पटक पढिएको
  • गीतकार चन्द्रकला शाहलाई दीर्घ साधना कलाकारिता सम्मान प्रदान

    गायिका एवम्  गीतकार चन्द्रकला शाहलाई दीर्घ साधना कलाकारिता सम्मान प्रदान गरिएको छ । मङ्गलबार राजधानीमा आयोजित ‘साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१’मा उनलाई गीतसङ्गीतमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा तीन अभिनेत्री भुवन चन्द, चैत्यदेवी एवम् बसुन्धरा भुसाललाई ‘चलचित्रकर्मी त्रिदेवी सम्मान’ प्रदान गरियो । सम्मान पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले प्रदान गरेका थिए ।सोही अवसरमा सङ्गीतकार चेतन राई, सञ्चारकर्मी सोनित राज ढुङ्गेल, गायिका अनिता कुँवर, सञ्चारकर्मी तुल सिंह रनपछाई, मिसेज नेपाल रेश्मा घिमिरे, गीतकार/गा

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 172 पटक पढिएको
  • ‘ताराहरू’को फस्टलुक्स सार्वजनिक

    भदौ ६ गतेबाट देशभरि प्रदर्शनमा आउन लागेको फिल्म ‘ताराहरू’को फस्टलुक्स सार्वजनिक गरिएको छ । वेज प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मको पोस्टरमा पात्रहरूको मनोदशा हेर्दा आन्तरिक द्वन्द्वमा अल्झिएका चरित्रहरूको आशामुखीचाहिँ पक्कै हो भन्ने भान हुन्छ ।निर्देशक शर्माका अनुसार सहरकेन्द्रित निम्नमध्यमवर्गीय परिवारमध्ये उमेरको व्यक्तिले आफ्नो सपना र आकांक्षा पूरा गर्ने प्रयासमा अवरोधहरूको सामना गर्न कसरी संघर्ष गर्छ र आफ्नै मानसिक अवधारणाका कारण गलत निर्णय लिन पुगेको अवस्थामा उसका मित्रहरूले कसरी प्रत्याशा अनि सही मार्ग देखाउँछन् र जीवनलाई बुझेर ऊ कसरी सफल हुन सक्छ भन्ने कुरा नै फिल्ममा देख्न प

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 171 पटक पढिएको
  • ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त

    चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आज निर्माणपक्षले शुभमुहूर्त गरेको हो ।शुभमुहूर्तमा सिनेमाका मुख्य कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो । शुभमुहूर्तसँगै चलचित्रको छायांकन २२ गते विहिबारबाट सुरु हुनेछ ।काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने यस चलचित्रको छायाकंन तालिका २० दिन तय गरिएको छ ।‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानको निर्देशन रहनेछ । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । उनको यो डेब्यु निर्देशन हो ।चलचित्रको थिम पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । थिम पोस्टरमा निलो रङले घेरिएको वाता

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 182 पटक पढिएको
  • लामखुट्टे भगाउन अपनाउनुहोस् यी घरेलु उपाय

    के तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईलाई लामखुट्टेलाई आफ्नो घरबाट टाढा राख्ने केही उपाय बताउनेछौँ । लामखुट्टेको टोकाइका कारण धेरैजसो मानिसको छालामा रातो दाग र दाग देखापर्छ, जसका कारण उनीहरु निकै चिडचिडा हुने र रिस उठने पनि हुन्छ ।यस्तो अवस्थामा चिन्ता लिनु पर्दैन । केही यस्ता उपाय छन्, जसको प्रयोग गरेपछि लामखुट्टेले तपाईको घरमा आउनु अघि १० पटक सोच्नु पर्नेछ । यो घरेलु उपाय तपाईका लागि धेरै लाभदायक र प्रभावकारी साबित हुनेछ। हामी  यसको बारेमा विस्तृत जानकारी दिनेछौं ।पुदिनाको पातराम्रो नतिजाको लागि घरको कुनामा पुदिनाको पात राख्नुहोस्, यसको सुगन्धले लामख

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 128 पटक पढिएको
  • निर्देशक दीपाश्री निरौलाले उद्घाटन गरिन् यूनिसेक्स पार्लर

    निर्देशक दीपाश्री निरौलाले नयाँ व्युटी सलोनको उद्घाटन गरेकी छन्।  काठमाडौंको चाबहिलमा' De lavandis ' युनिसेक्स पार्लरको ओपनिङ्ग दीपाले गरेकी हुन्।  चावहिल स्थित स्तुपाको अपोजिट रहेको सलोनको मेन ब्रान्च भरतपुर चितवनमा रहेको छ।  हेयर एक्सटेन्सनका लागी चर्चित रहेको यो पार्लर काठमान्डौमा पनि  हेयर एक्सटेन्सन बुकिङ्ग धेरै आएको कारण यहाका ग्राहकका लागी सहज सुविधा मिलोस भनेर खोलिएको संचालिका इन्द्रा श्रेष्ठले जानकारी दिइन्।हेयर एक्सटेन्सनले कपाल नहुने अथवा छोटो हुने धेरैलाई सहज बनाएको देखेपछि झन् बढी यो काममा उत्जा मिलेको संचालिका श्रेष्ठले बताइन्।  त्यस्तै क्यान्सर पिडितहरुक

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 232 पटक पढिएको
  • ‘जन्ते बाख्रो’मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न पाएँ: सौगात मल्ल

    अभिनेता सौगात मल्ल अभिनयमा अब्बल कलाकार हुन् । उनले पात्रलाई बाच्ने गरेको प्रतिक्रिया दर्शकबाट पाउने गरेका छन् । जुनसुकै भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्ने अभिनय मल्लले समय पाउँदा आफूले क्यारेक्टरलाई नयाँ गर्न सक्ने बताएका छन् ।‘एउटा सिनेमामा काम गरिसकेपछि केही समय पाईयो भने म नयाँ क्यारेक्टर निर्माण गर्न सक्छु । किनकि एउटामा काम गरिरहदा लगत्तै अर्कोमा काम गर्न सहज हुँदैन । ‘जन्ते बाख्रो’ मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ । लेखकसँग छलफल गरेर क्यारेक्टरलाई निर्माण गर्न पाएकाले यो फरक देखिएको छ’, अभिनेता मल्लले भने ।उनले लेखिएको पात्रले भोग्ने कथा, रहने परिवेशले

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 208 पटक पढिएको
  • 'जदौ'मा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित

    नयाँ बर्ष ०८२ को अवसरमा टाइटल डिजाइनसहित बैशाख १ गते घोषणा गरिएको सामाजीक प्रेमकथानक फिल्म `जदौ´ को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन ।सिल्भर स्क्रीन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिले संयुक्त रुपमा निर्माण गर्ने फिल्मको परिकल्पना र लेखन काजी लिम्बूको रहेको छ । फिल्मको निर्देशकको बारेमा भने निर्माण टिमले खुलाएको छैन । भदौबाट सुटिङ सुरु गरिने `जदौ´ श्याम तामाङ्गले खिच्ने छ्न । बुद्धि माझी निर्माण ब्यबस्थापन रहेको फिल्मका गीतमा बाबुल गिरीको सङ्गित छ ।फिल्मको सहनिर्मातामा ओम चेम्जोङ्ग, राजाराम सुवेदी र शान्ता तामाङ्ग छ्न । अन्य कलकार

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 155 पटक पढिएको
  • देश दौडाहामा पुगेर ‘महानायक’ले के भने ?

    आठ वर्षपछि फिल्मको पर्दामा फर्किएका महानायक राजेश हमाल देश दौडाहामा छन् । यसअघि हमालले कुनै पनि फिल्मको प्रमोसन यसरी गरेको पाइदैनथ्यो । तर, यसपटक भने हमालले ‘नरसिंहाः अवतार’का लागि खुबै मिहिनेत गरेको देखियो । फिल्म रिलिज अगाडि मिडिया प्रमोशन होस् या चलिसकेपछि, हलमा पुगेर नै प्रमोशन किन नहोस्, हमाल उत्साहित देखिए ।राजेश हमाल हल–हलमा पुगेर प्रमोशन गरिरहँदा कतिपयले आलोचना समेत गरे । आखिर, ‘महानायकको ब्रान्ड’लाई पनि हलमा पुग्नु पर्यो भन्ने खालका टिप्पणी सुनिए । तर, हमाल यसलाई दर्शकहरुसँग प्रत्यक्ष भेट्ने मौकाको रुपमा हेर्छन् ।राजेश हमालले काठमाडौंमा मात्र होइन, काठमाडौं बाहिरका हलमा पनि दर्शक भेट्

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 213 पटक पढिएको
  • फिल्म ‘आ बाट आमा’मा अभिनेता पल शाह अनुबन्ध

    लेखक तथा निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘आ बाट आमा’मा अभिनेताका रुपमा पल शाह अनुबन्ध भएका छन्। उनलाई हालै निर्माण टिमले फिल्मका लागि अनुबन्ध गरेको हो। पल शाहले यो फिल्मको स्क्रिप्ट मन परेको कारणले आफुले फिल्ममा काम गर्न राजी भएको बताए। फिल्ममा अनुबन्ध भइसकेपछि उनले आफुलाई फिल्मको स्क्रिप्टले भावुक बनाएको काम गर्न उत्साहित भएको बताए। यो फिल्मको छायांकन चाँडै गर्नका लागि आफुले निर्देशक पन्तलाई आग्रह गरेको पलको भनाई छ।उनले भने,‘सबैभन्दा पहिला त यो फिल्मको स्क्रिप्ट मन पर्यो मलाई। स्क्रिप्टमा एकदमै इमोसनल छ। अनि टिममा पनि दिग्गज कलाकारहरुको टिम लिएर निर्माण गर्न लाग्नु भएको रह

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 197 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा