मनोरञ्जन

    Showing 1,031-1,040 of 2,224 items.
  • रेखा थापाको नाटक ‘मिरा’ पोष्टपोण्ड, अब सोमवार मात्रै हेर्न पाइने

    रेखा थापा अभिनित नाटक ‘मीरा’ पोस्टपोण्ड भएको छ । आजको असहज राजनितीक परिस्थितीका कारण हामीले आजको लागि तय गरिएको ‘कान्तिपुर थिएटर’ को उद्घाटन तथा नाटक ‘मीरा’ को प्रिमीयर दर्शक, कलाकार तथा अतिथीहरुको सुझाव र सुरक्षालाई मध्यनजर गर्दै हाललाई स्थगित गरिएको जनाइएको  छ।‘हामी अत्यन्तै दुःखी र क्षमाप्रार्थी छौं, दर्शकहरूले  प्रतिक्षा गर्नुभएको कार्यक्रममा आज सहभागी हुन सक्नु भएन, अब हाम्रो नाटक घरको उद्घाटन र ‘मीरा’ को मञ्चन यही आउँदो सोमबार ( जेठ १९ गते) हुनेछ। कान्तिपुर फिल्म एकडेमीका अनुसार टिकट बुकीङ्ग गर्नुभएका दर्शकहरुको टिकट जेठ १९ गतेको लागी सुरक्षीत रहनेछ । 

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 233 पटक पढिएको
  • प्रेमले कहिल्यै माफी माग्दैन... कमल हासनको कडा बयान, तमिल-कन्नड भाषामाथिको बयानले आगो लाग्यो, भन्यो- हामी एउटै परिवार हौं

    साउथ स्टार कमल हासनको एक बयानले सम्पूर्ण कर्नाटक राज्यमा हंगामा मच्चाएको छ। उनको फिल्म 'ठग लाइफ' को पोस्टर च्यातियो। यसलाई प्रतिबन्ध लगाउनु पर्ने भनिएको थियो। यति धेरै विवाद पछि, अब अभिनेताले आफ्नो प्रतिक्रिया दिएका छन्। तर उनले स्पष्ट रूपमा भने कि उनले जे भने पनि प्रेमले भनेका थिए र प्रेमले कहिल्यै माफी माग्दैन।अभिनेता तथा राजनीतिज्ञ कमल हासनले हालै गरेको टिप्पणीलाई लिएर कर्नाटकमा हंगामा मच्चिएको छ। यसैबीच, गत बुधबार, उनले कन्नड भाषामा आफ्ना टिप्पणीहरू प्रेमबाट प्रेरित भएको र 'प्रेमले कहिल्यै माफी माग्दैन' भन्ने कुरा स्पष्ट पारे। अभिनेताले आफ्नो प्रतिक्रियालाई 'उत्तर' होइन 'स्पष्टीकरण' भने। '

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 330 पटक पढिएको
  • ‘महाभोज’ को प्रदर्शन स्थगित

    चलचित्र ‘महाभोज’ को जेठ १५ गतेका लागि तय गरिएको प्रदर्शन स्थगित गरिएको छ । देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण उत्पन्न असहज अवस्थालाई दृष्टिगत गर्दै निर्माता हिमाल कडरियाले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराएका हुन् ।विज्ञप्तिमा भनिएको छ, “पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै, चलचित्र ‘महाभोज’ को प्रदर्शन नेपाल तथा नेपाल बाहिरका सबै देशहरूमा हाललाई स्थगित गरिएको जानकारी गराउँदछौँ ।”चलचित्रप्रति दर्शकहरूले देखाएको उत्साह र समर्थनप्रति आभार

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 177 पटक पढिएको
  • केजीएफ निर्माताले ऋतिक रोशनसँग मिलेर फिल्म बनाउने

    ऋतिक रोशन यतिबेला फिल्म ‘वार २’ लाई लिएर चर्चामा छन् । यसैबीच होम्बले फिल्म्स प्रोडक्सन हाउसले ऋतिक रोशनसँगको नयाँ प्रोजेक्टको घोषणा गरेको छ । यद्यपी यस प्रोजेक्टसँग सम्बन्धित कुनै जानकारी भने खुलाइएको छैन र यो फिल्ममा ऋतिक कुन भूमिकामा देखिनेछन् भन्ने पनि स्पष्ट भएको छैन । तर, अभिनेताका फ्यान भने निकै खुसी छन् ।होम्बल फिल्म्सका सञ्चालक विजय किरागान्दुरले भने,  ‘यो सहकार्यबाट हामी धेरै खुसी छौं। होम्बल फिल्म्सले सबैलाई प्रेरणा दिने र पुग्ने कथाहरू सुनाउने लक्ष्य राखेको छ। ऋतिक रोशनसँग काम गर्नु हाम्रो उद्देश्यतर्फको ठूलो कदम हो। हामी एउटा बलियो कथा र कल्पना दुवै भएको फिल्म बनाउन चाहन

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 219 पटक पढिएको
  • काठमाडौँमा २२ औँ किम्फ महोत्सव सुरु

    अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२ औँ संस्करण बुधबारदेखि सुरु भएको छ ।  किम्फ फाउन्डेसनद्वारा आयोजित महोत्सव ठमेलस्थित क्यूएफएक्स छाया सेन्टर, एस्ट्रेक पार्क र जिएए हलमा आयोजना भएको हो ।१८ गते आइतबारसम्म चल्ने किम्फमा यो पटक ३० देशका ६५ भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन् । किम्फले अन्तर्राष्ट्रिय छनोटमा संसारभर प्रशंसा बटुल्न सफल भएका चलचित्रहरू विशेष गरी नेपाली दर्शकका लागि ल्याएको छ । त्यससँगसँगै नेपाली चलचित्रहरूको छनोटमा स्वदेशी प्रतिभाले बनाएका चलचित्रहरू प्रदर्शन हुनेछन् जसले समकालीन नेपालको कथा देखाएको छ ।यसपालिको चलचित्र र कार्यक्रमहरू मार्फत नेपाली दर्शकहरूलाई

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 146 पटक पढिएको
  • ‘द ब्ल्यू लाइट’मा अर्पण थापा अनुबन्धित

     केही दिन अघि थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको चलचित्र ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा अनुबन्धित भएका छन् ।‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । चौहानको यो डेब्यु निर्देशन हो ।साइकोलजिकल थ्रीलर जनरामा निर्माण हुन लागेको चलचित्रको शीर्षमध्येको एक भूमिकामा थापालाई मंगलवार औपचारिक रूपमा अनुबन्धित गरिएको निर्माण टिमले जनाएको छ ।स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । जेठ २१ देखि छायांकन सुरु हुने ‘द ब्ल्यू लाइट’लाई नरेन

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 235 पटक पढिएको
  • ‘महाभोज’को विशेष प्रिभ्युमा प्रशंसै प्रशंसा: सहकारी पीडितले हलमै गरे नाराबाजी, टिकट बुकिङ खुल्यो

    भोली बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘महाभोज’ को विशेष प्रिभ्यु प्रदर्शन मङ्गलवार साँझ काठमाडौंमा सम्पन्न भयो । चलचित्र रिलिजको अघिल्लो दिन आयोजित यो विशेष शोमा पत्रकार, चलचित्र युनिट र देशभरका सहकारी पीडितहरूबाट चयन गरिएका ६० जना प्रतिनिधिहरूको सहभागिता थियो ।प्रदर्शन अवधिभर हलमा सघन भावनात्मक माहौल देखिएको थियो । सहकारी पीडितहरूले चलचित्रले उनीहरूकै जीवनको यथार्थ प्रतिबिम्ब झल्काएको अनुभव सुनाउँदै यसको विषयवस्तुले आफूहरूलाई न्यायका लागि अझ सशक्त र प्रेरित बनाएको बताए । चलचित्र प्रदर्शनपछि उनीहरूले सञ्चारकर्मीहरूसामु नाराबाजीसहित उत्साह व्यक्त गर्दै भने, “राज्यले नसुनेको पीडितको

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 201 पटक पढिएको
  • जापनमा पक्राउ परे सिरियल बलात्कारी, ५० महिला बलात्कार गरी बनाए ३ हजार भिडियो

    जापानको टोकियो प्रहरीले गत बिहीबार पुर्व टयाक्सी चालकलाइ पक्राउ गरेको थियो ।एक महिलालाई निद्राको चक्की खुवाएर र भिडियो रेकर्ड गरेर बलात्कार गरेको आरोपमा ती ५४ वर्षीय पूर्व ट्याक्सी चालकलाई पक्राउ गरे पछि जे कुरा बाहिर आयो, त्यसले चकित बनायो ।यो गिरफ्तारीले जापानमा महिला सुरक्षा र डिजिटल अपराधको बारेमा गम्भीर चिन्ता बढाएको छ, उनको हर्कत देखेर अहिले जापानमा ठुलो बहससमेत भइरहेको छ।प्रहरीले उनको साथबाट झण्डै ३ हजार भिडियो र तस्बिर बरामद गरेको छ, जसमा उनले विभिन्न ५० महिलासँग यौन दुराचार गरेको कथित प्रमाण देखिएको छ । यी भिडियोहरू २००८ देखि अहिले सम्मको भनिएको छ, जसले अपराधको लामो अवधि र पूर्व नियोज

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 160 पटक पढिएको
  • ‘एनिमल फेम’ तृप्तिले प्रशष्त इन्टिमेट सिन सहमत, ९ भाषामा हुनेछ रिलिज

    साउथ सिनेमाका अभिनेता प्रभासको फिल्म ‘स्पिरिट’ यतिबेला चर्चामा छ । यस फिल्ममा दीपिका पादुकोण फिल्मबाट बाहिरिएकी छिन् र भने अब यसमा तृप्ति डिमरी देखिनेछिन् ।फिल्म ‘एनिमल’ फेम अभिनेत्री तृप्ती डिमरी सन्दीप रेड्डी वांगाको फिल्म ‘स्पिरिट’ मा मुख्य अभिनेत्रीको भूमिकामा देखिने छिन् । यस फिल्ममा उनीसँग प्रभासले स्क्रिन सेयर गर्नेछन् । यो फिल्मको छायांकन यसै वर्षको अन्त्यबाट सुरु हुनेछ ।‘एनिमल’ फिल्म फेम अभिनेत्री तृप्ति डिमरी फिल्ममा उनी डाक्टरको भूमिकामा देखिने पनि बताइएको छ, जसको जानकारी उनले आफैंले सामाजिक सञ्जालमा दिएकी छिन् ।अभिनेत्रीले सामाजिक सञ्जालमा फिल्मको पोस्टर पनि शेयर गरेकी छिन्, जसमा उ

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 222 पटक पढिएको
  • चर्चित हास्य कलाकार समेटेर आयो हास्य शृंखला ‘गाँवै रमाइलो’

    काठमाडौं - कलाकार, टेलिफिल्म निर्माता तथा परिकल्पनाकार जयकुमार थापा र निर्माता नदिश मानन्धरले ‘गाँवै रमाइलो’ नामक नयाँ हास्य शृंखला बजारमा ल्याउने भएका छन्।थापा र मानन्धरले ‘गाँवै रमाइलो’ टेलिफिल्म जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर लञ्च गर्न लागेका हुन्।उनीहरूको यो नयाँ टेलिफिल्म देवकी मिडिया नामक युट्युब च्यानलबाट हरेक साताको बिहीबार बेलुका साढे ७ बजे प्रसारण हुने छ।सामाजिक कथा तथा राजनीतिक विषयवस्तुमाथि तीखो व्यंग्य गर्ने कथावस्तु लिएर आफूहरूले नयाँ हास्य शृंखला बजारमा ल्याएको निर्माता थापा तथा मानन्धरले बताए।थापा तथा मानन्धरका अनुसार यो हास्य चलचित्रको उद्देश्य विभिन्न कारण तथा सामाजिक

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 129 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा