मनोरञ्जन

    Showing 1,101-1,110 of 2,712 items.
  • निर्देशक मुस्कान ढकालले नयाँ चलचित्र ‘रत्यौली’ निर्देशन गर्ने

    निर्देशक मुस्कान ढकालले नयाँ चलचित्र ‘रत्यौली’ निर्देशन गर्ने भएका छन्। नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित रहने यो चलचित्रको शुक्रबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानीमा निर्माण हुने यो चलचित्र रञ्जन रिजालको प्रस्तुतिमा तयार हुनेछ ।मुस्कानले यसअघि चलचित्र ‘नाई नभन्नु ल ३ र समर लभ’ निर्देशन गरेका थिए । कुनै समय नेपाली म्युजिक भिडियोमा चर्चित रञ्जन अब, चलचित्र निर्माणमा अगाडि आएका छन् । चलचित्रलाई नाइट एंगल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गर्न लागिएको हो। यो चलचित्रको छायांकन तिहार लगतै सुरु हुनेछ ।

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 390 पटक पढिएको
  • सिटामोल: मनको पीडालाई राहत दिने फिल्म

    ‘सिटामोल’ यही साउन २३ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ । कर्णाली क्षेत्रको सामाजिक यथार्थ, जनयुद्धपछिको मनोविज्ञान, मानसिक पीडा र सम्बन्धको विषयमा निर्माण भएको फिल्मले ग्रामीण जनजीवनको कष्टसमेत उजार गर्ने निर्माण टिमले बताएको छ । अभिनेत्री बेनिशा हमाल भने यो फिल्ममा बिग्रिएको सम्बन्ध सुधार्ने कथा भएको बताउँछिन् । ‘सिटामोल औषधिले सबै रोग त ठीक गर्दैन, तर हाम्रो फिल्म ‘सिटामोल’ले सम्बन्ध कसरी सुधार्न सकिन्छ भन्ने कुरा सिकाउँछ ।’ आफ्नो मान्छेले साथ दिँदा जीवन कसरी सही ढंगबाट अगाडि बढ्छ भन्ने फिल्मले गहिरिएर देखाउने उनको भनाइ छ । अभिनेता सौगात मल्ल फिल्ममा ‘सिटामोल’ औषधिको रूपमा नभएर एक

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 640 पटक पढिएको
  • ‘ड्रिम गर्ल’ अभिनेत्री आश्मा गिरी विवाह बन्धनमा बाँधिने

    ‘ड्रिम गर्ल’ अभिनेत्री आश्मा गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले लन्डन निवासी प्रलभ ढुंगानासँग शुक्रबार लगनगाँठो कस्न लागेकी हुन् ।उनको विवाह समारोह मुलपानी चाबहिलको रोयल प्यालेसमा आयोजना गरिएको छ । विवाहमा साथीभाइ, परिवार र नजिकका आफन्तलाई निम्त्याइएको छ ।प्रलभसँगको करिब ७ वर्ष लामो प्रेम सम्बन्ध उनले विवाहमा परिणत गर्न लागेको बताइन्छ । आश्माले वेभ सिरिज रङ टाइमबाट अभिनय थालेकी हुन् ।त्यसपछि उनले थुप्रै म्युजिक भिडियो अभिनय गरेकी थिइन् । उनको डेब्यु फिल्म ‘ड्रिम गर्ल’ हो । 

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 307 पटक पढिएको
  • बागीः४ पछि टाइगर श्राफ थप २ फिल्ममा देखिने

    बलिउड एक्सन स्टार टाइगर श्राफ बिस्तारै खेलमा फर्किरहेका छन् ।आगामी एक्सन थ्रिलर बागी ४ को रिलीज पछि धेरै फिल्महरूमा काम गर्दैछन । हर्षद्वारा निर्देशित र नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्म यस वर्ष सेप्टेम्बर ५मा रिलिज हुनेछ।बागी ४ पछि टाइगर श्राफले कम्तिमा दुईवटा फिल्म लक गरिसकेका छन् । पिंकभिलाको रिपोर्ट अनुसार हिरोपन्ती स्टारले निर्माता मुराद खेतानीसँग रोमाञ्चक उच्च कन्सेप्ट एक्सन फिल्मका लागि साइन गरेका छन् भने अवने श्रीमन्नार्याना निर्देशक र अर्का निर्देशक सचिन रविको निर्देशनमा डेब्यू हुनेछ।प्रि–प्रोडक्सनको काम सुरु भइसकेको छ र ४५ दिनको समयतालिका सहित यो वर्षको अक्टो

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 504 पटक पढिएको
  • ‘महावतार नरसिंहा’ सुपरहिट भए पछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका फिल्म

    साउथ सिनेमाको चर्चित प्रोडक्सन हाउस होम्बल फिल्म्सको पछिल्लो फिल्म ‘महावतार नरसिंहा’ ले मानिसहरुलाई आकर्षित गरिरहेको छ । एनिमेटेड पौराणिक फिल्मले आफ्नो उत्कृष्ट कथाले सबैको मन जितेको छ ।दर्शकको सकारात्मक प्रतिक्रियापछि निर्माताले एक–दुईवटा मात्र नभई २०३७ सम्मको योजना सार्बजनिक गरेका छन । यति मात्र होइन फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरिरहेको छ । फिल्म ‘महावतार नरसिंहा’ले भारतीय सिनेमालाई नयाँ रुप दिएको छ र मापन, विश्वास र शक्तिशालीको कथालाई एकैसाथ सजिलो र फरक शैलीमा देखाइएको छ ।अबतार युनिभर्सको यो ठूलो सुरुवात एक शक्तिशाली फिल्म जस्तै देखिन्छ। फिल्म हलमा प्रवेश गर्ने बित्तिकै एक दमदा

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 318 पटक पढिएको
  • ‘हरिबहादुरको जुत्ता’को पहिलो झलक सार्वजनिक

    यो बर्षको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो झलक (पोष्टर) सार्वजनिक भएको छ। पोष्टरमा हरिवंश आचार्यलाई सिंगल रुपमा प्रस्तुत गरिएको छ। यसले चलचित्रमा उनको पात्रलाई स्पष्ट पर्ने कोसिस गरेको छ। हरिबहादुर पात्र नेपाली टेलिभिजन दर्शकमाझ लोकप्रिय रहेको छ। यहि पात्रलाई झल्को दिने पोष्टर तयार भएको छ। सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले तयार गरेका छन्।चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र दशै

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 297 पटक पढिएको
  • ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलरमा लिंगीय पहिचान उजागर गर्न खोज्ने छोरोको संघर्ष र तनाव

    चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष देखाएको छ ।आफूभित्र रहेको लिंगीय पहिचान उजागर गर्न खोज्ने छोरो र त्यसलाई दबाउन खोज्ने बुवाबीचको संघर्ष र तनावलाई ट्रेलरमा समेटिएको छ ।सानैदेखि महिलाको पहिरन मन पराउने छोरोलाई बाउले लाउरे बनाउन जबरजस्ती दिएको दबाबाट कसरी ऊ बाहिर निस्किन्छ ट्रेलरमा देखाइएको छ ।आफ्नो वास्तविक पहिचान लुकाएर बस्न नसक्ने अवस्थामा पुगेपछि घर छोड्न गरेको निर्णय र यसबीच आफ्नौ बुवाआमासँगै छिमेकी, आफन्त र साथीभाइले गर्ने व्यवाहार र दिने तनावलाई ट्रेलर प्रष्ट पारेको छ ।‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलरम

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 328 पटक पढिएको
  • रिलिज भयो प्रिमियरमा रुचाइएको चलचित्र ‘रियाल रिङ्गेट’

    नेपाली समाजको समसामयिक र संवेदनशील विषयवस्तुलाई उठान गरेको चलचित्र ‘रियाल रिङ्गेट’ आज शुक्रवारदेखि देशैभर प्रदर्शनमा आएको छ। प्रवासी नेपाली श्रमिकहरूको सङ्घर्ष, पीडा र यथार्थ कथालाई समेटिएको यो चलचित्र प्रिमियरमा रुचाइएको थियो।यस चलचित्रले देशभर १ सय हाराहारीमा शो प्राप्त गरेको वितरकहरूले जनाएका छन्। प्रिमियरमा दर्शकहरूले चलचित्रको कथा, अभिनय, सङ्गीत र विशेष गरी सामाजिक सन्देशको खुलेर प्रशंसा गरेका थिए। चलचित्रलाई दर्शकले 'लाखौँ नेपालीहरूको जिन्दगीको ऐना' भएको प्रतिक्रिया दिएका थिए।यस चलचित्रले खाडी मुलुकहरूमा रोजगारीको सिलसिलामा गएका नेपालीहरूको जीवन भोगाइलाई पर्दामा उतारेको छ। ‘रिय

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 278 पटक पढिएको
  • आफ्ना गीतहरू बल्ल प्रयोग गर्न पाउने भएँः गायक अनिल सिंह

    गायक अनिल सिंहले आफ्ना पुराना एवम् लोकप्रिय गीतसङ्गीतलाई नयाँ स्वरूपमा ल्याउने बताएका छन् ।आफैँले सिर्जना गरेको गीतहरूमा श्रव्यदृश्य उत्पादन गरिएका कम्पनिमार्फत ‘कपीराइट’ लगाइएपछि त्यसविरुद्ध चर्को आवाज उठाइ सङ्घर्ष गरिरहेका गायक सिंहले हालै ‘म्युजिक डटकम’सँग आफ्ना गीतको ‘कपीराइट’ र ‘रोयल्टी’ का विषयमा सम्झौता गरेका छन्। उक्त सम्झौतापछि उनले आफ्ना गीतहरूको ‘अडियो’ आफूले चाहेको अवस्थामा प्रयोग गर्नसक्ने बताए । उनले भने,“मैले तयार गरेको अडियोहरू म आफैँले प्रयोग गर्न नपाउँदाको पीडालाई शब्दमा कसरी बयान गरूँ । मैले श्रव्यदृश्य निर्माणका लागि ती गीतहरू दिएकोे थिएँ, तर अहिले म आफैँले ती गीत

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 150 पटक पढिएको
  • ‘रियाल रिङ्गेट’को प्रिमियर: दर्शक बने भावुक, देशको पीडा पर्दामा झल्कियो

    यही शुक्रवार देशभर रिलिज हुन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को प्रिमियर शो भव्य रूपमा सम्पन्न भएको छ। काठमाडौंमा आयोजित उक्त प्रिमियर कार्यक्रममा चलचित्र युनिटका सदस्यहरू, राष्ट्रिय स्तरका कलाकारहरू, सञ्चारकर्मीहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।चलचित्रले नेपाली समाजको एउटा गम्भीर यथार्थको रूपमा रहेको रोजगारीको खोजीमा खाडी मुलुक पुग्न बाध्य नेपालीहरूको पीडा र सङ्घर्षलाई पर्दामा प्रस्तुत गरेको छ। चलचित्रको नाममै कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको ‘रिङ्गेट’ समेटेर त्यसको साङ्केतिकता बलियो रूपमा दर्साइएको छ। निर्देशक

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 507 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.