मनोरञ्जन

    Showing 351-360 of 2,859 items.
  • ‘आ बाट आमा’ले मनायो प्रदर्शनको ५१ औँ दिन

    फिल्म ‘आ बाट आमा’ले प्रदर्शनको ५१औँ दिन मनाउन सफल भएको छ । फिल्मले आइतबारबाट २० वटा हलमा ५१औँ दिन मनाउन सफल भएको हो ।निर्माण युनिटले आइतबार नै राजधानीमा एक कार्यक्रम गर्दै कलाकार, सहयोगीलाई प्रशंसा पत्र वितरण गर्दै ५१ औँ दिनको खुसी साटेको हो । फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् ।फिल्मले ५१ दिनसम्म करिब साढे १३ करोड व्यापार गरेको वितरक कम्पनी आरआर फिल्मसले जनाएको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्याङ्कमा भने फिल्मको व्यापार १३ करोड ५ लाख आसपास छ । प्रचारसहित २ करोडमा बनेको यो फिल्मबाट निर्माताले ५ करोडसम्म शेयर पाउन सक्ने देखिन्छ ।‘आ बाट आमा’को व्यावसायिक सफलतापछि निर्माण युनिटले यसको

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 365 पटक पढिएको
  • नयाँ चलचित्रका लागि अडिसन आह्वान, चलचित्र र निर्देशकको नाम गोप्य

    'मुनलाईट मोसन पिक्चर्स'को ब्यानरमा निर्माण हुन लागेको एक नयाँ नेपाली चलचित्रका लागि प्रतिभाको खोजी सुरु गरिएको छ। आगामी असारको पहिलो हप्ताबाट छायाङ्कनमा जाने तयारीमा रहेको यस प्रोजेक्टका लागि मुख्य तथा विभिन्न चरित्रका कलाकारहरूको आवश्यकता परेको भन्दै निर्माण पक्षले अडिसन तथा कास्टिङ कल खुला गरेको हो। चलचित्रको नाम र निर्देशकको भने हाल सार्वजनिक गरिएको छैन।निर्माण पक्षले जारी गरेको पोस्टर अनुसार यस चलचित्रका लागि १८ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३६ देखि ५० वर्ष उमेर समूहका प्रतिभाशाली अभिनेता तथा अभिनेत्रीहरूको खोजी भइरहेको छ। इच्छुक नवोदित तथा अनुभवी कलाकारहरूले आगामी चैत्र १२ गतेदेखि १४ गत

    • प्रकाशित मितिः चैत ७, २०८२
    • 338 पटक पढिएको
  • रामकृष्ण ढकाल निर्मित ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक, सङ्गीतकारलाई गितार उपहार

    बहुचर्चित गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको प्रतीक्षित नेपाली चलचित्र ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। आगामी नयाँ वर्षको वैशाख २५ गते (मे ८) बाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको साङ्गीतिक पाटोलाई लिएर दर्शकमाझ निकै उत्सुकता थियो।रानी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द, सङ्गीतकार उज्ज्वल सागरको सङ्गीत तथा स्वयं रामकृष्ण ढकाल र लोकप्रिय गायिका रचना रिमालको स्वर रहेको छ। उदयराज पौडेलले एरेन्ज गरेको यो गीतले एउटा विशुद्ध ग्रामीण प्रेमकथाको भाव बोकेको छ।गीत सार्वजनिक कार्यक्रमक

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 436 पटक पढिएको
  • ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार गरिएको चलचित्र ‘लालीबजार’ मा आफूले चाहेजस्तो काम गर्न पाएको र हालसम्म गरिरहेका भूमिकाभन्दा फरक रहेको बताउनुभएको छ । उक्त चलचित्रको सावजनिक गीत तथा ‘टिजर’ लाई दर्शकले रुचाउँदै सकारात्मक प्रतिक्रिया दिएपछि पत्रकारसँग कुराकानी गर्दै अभिनेत्री खड्काले चलचित्र निर्माण गर्ने समूह षट्कोण आर्टसप्रतिको विश्वास र चलचित्रमा उठान गरिएको विषयवस्तुका कारण अभिनय गर्न थालेको एक दशकको यात्रा पार गरेपछि पहिलोपटक ‘अडिसन’ मार्फत चलचित्र ‘लालीबजार’ मा अभिनेत्रीका रूपमा अनुबन्धित भएको बताउनुभयो । अभिनेत्री खड्काले भन्नुभयो, “लालीबजार चलचित्र

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 336 पटक पढिएको
  • ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

    काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट चलचित्रको शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो ।ठूलो लगानी र नाम चलेका कलाकारहरूको समिश्रण रहेकाले यो चलचित्रलाई यस वर्षको प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ ।क्यामेरा पूजा गर्दै छायांकन थालिएको सिनेमाको पहिलो दिनको सेड्युलमा चलचित्रका मुख्य कलाकारहरूको उपस्थिति रहेको थियो ।चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहनेछन् । यी कलाकार नै यो चलचित्रका मुख्य पात्र हुन् । ‘पाँच पा

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 312 पटक पढिएको
  • “हिँउ पग्लेर पानी हजूर” गीतबाट सन्तोषले जिते Best New Singer अवार्ड

    दार्चुला— जिल्लाको महाकाली नगरपालिका–१, मलेरामा जन्मिएका लोकप्रिय कलाकार सन्तोष लुहारले पहिलो पटक मुर्चुङ्गा म्युजिक अवार्ड २०८२ मा Best New Singer को अवार्ड प्राप्त गरेका छन्।उनी यो अवार्ड आफ्नो लोकप्रिय लोक दोहोरी गीत 'हिँउ पग्लेर पानी हजूर' बाट जित्न सफल भएका हुन्। अवार्ड प्राप्त गरेपछि सन्तोषले आफ्नो खुशी व्यक्त गर्दै सम्पूर्ण मुर्चुङ्गा म्युजिक परिवारलाई धन्यवाद दिएका छन्।सन्तोष लुहारले हालसम्म करिब एक दर्जनभन्दा बढी गीतमा आवाज भरेका छन्। उनका केही चर्चित गीतहरूमा नाचीं कन सूवा, ऐना टल्लकै, लोभ्याउने रूप रंग, घडी हातैमा, लाली जोबन, आज छोड्यौं मेरो साथ, र तिमीलाई मेरो शुभकामना समावेश छन्।ल

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 1,058 पटक पढिएको
  • डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को पोखराबाट छायाङ्कन सुरु

    पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली चलचित्र ‘जिरो डिग्री’को छायाङ्कन विधिवत् रूपमा सुरु भएको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस डार्क कमेडी चलचित्रको पहिलो शटमा दिग्गज कलाकार प्रकाश घिमिरे, अभिनेता विजय बराल, कथाकार तथा कलाकार राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए। अर्मलाकोटबाटै क्यामेरा रोल भएको यस चलचित्रको सम्पूर्ण छायाङ्कन कास्की जिल्लाको अर्मलाकोट र धिताल गाउँका रमणीय तथा मौलिक बस्तीहरूमा हुने निर्माण पक्षले जनाएको छ। चलचित्रको छायाङ्कन कार्य तालिका ३५ दिनको राखिएको छ।‘जिरो डिग्री’को कथावस्तु नेपाली चलचित्र वृत्तमा निकै नौलो र रोचक

    • प्रकाशित मितिः चैत २, २०८२
    • 373 पटक पढिएको
  • ‘पहाड’ मा नेपाली समाजको कथा

    निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेर चलचित्र ‘पहाड’ निर्माण गरिएको बताउनुभएको छ । आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरिएको सो चलचित्रको आइतबार श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्दै निर्देशक घिमिरेले चलचित्रको कथाले पहाड मात्र नभई समग्र देशकै अवस्थालाई दर्शाउने बताउनुभयो । उहाँले भन्नुभयो, “पहाड एकदमै सुन्दर ठाउँ हो । तर, पछिल्लो समय युवा पलयान भएका छन्, पहाडमा बसोबास गर्ने रोजगारीका लागि बसाइ सरेका छन् । हेर्दा हेर्दै पहाड उजाड झैँ देखिन थालेको छ, यही विषयलाई लिएर चलचित्र तयार गरेको छु ।”निर्देशक घिमिरेले

    • प्रकाशित मितिः चैत २, २०८२
    • 388 पटक पढिएको
  • नयाँ कलाकारलाई देहव्यापारमा धकेलिने गरेको तनुश्रीको दाबी

    भारतीय अभिनेत्री तनुश्री दत्ताले मनोरञ्जन उद्योग मा नयाँ कलाकारहरूको शोषण र उत्पीडनलाई लिएर गम्भीर खुलासा गरेकी छिन्। हालै एक अन्तर्वार्ताका क्रममा उनले फिल्म क्षेत्रमा आउने नयाँ युवायुवतीहरूलाई सुरुमा ठूला सपना देखाइने र पछि उनीहरूलाई देहव्यापारको दलदलमा समेत धकेल्ने गरिएको दाबी गरिन्। इन्डस्ट्रीमा बाहिरबाट देखिने चमकधमक र सफलताका कथाहरूभन्दा भित्रको यथार्थ निकै भयावह रहेको भन्दै उनले नयाँ पुस्तालाई सचेत गराएकी छिन्।तनुश्रीका अनुसार नयाँ कलाकारहरूलाई सुरुमा 'तिमी हिरोइन बन्छौ' वा 'ठूलो स्टार बन्छौ' भन्दै प्रशंसा र झुटा बाचा गरेर जालमा पारिन्छ। त्यसपछि उनीहरूलाई विभिन्न प्रभावशाली व्यक्ति

    • प्रकाशित मितिः चैत १, २०८२
    • 331 पटक पढिएको
  • ‘मायालाई के दिऊँ म बैना’ गीतमा स्वस्तिमाको छमछमी

    अभिनेत्री स्वस्तिमा खड्का क्युएफएक्स सिभिल मल, सुन्धारा हलमै छमछमी नाचेकी छन् । शुक्रबार आयोजित फिल्म ‘लालीबजार’ को पहिलो गीत (‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक कार्यक्रममा उनी सोही गीत बजाएर छमछम नाचेकी हुन् । उनलाई नृत्यमा बालकलाकार समाइरा थापाले साथ दिएकी थिइन् । अभिनेत्री खड्काको उक्त नाचलाई सबैले ताली र सिटीले साथ दिएका थिए ।कार्यक्रममा सार्वजनिक गीतमा स्वस्तिमा र समाइरालको अलवा रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ र डेब्यु कलाकार विशाल देवकोटाको नृत्य छ । प्रदीप लामाको कोरियोग्राफी गीतमा छ । दीपिका बयाम्बु मगर र खेम सेञ्चुरी स्वर रहेको गीमा संगीत खेम सेन्चुरीकै छ भने शब्द रमेश बिज

    • प्रकाशित मितिः चैत १, २०८२
    • 391 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.