मनोरञ्जन

    Showing 401-410 of 2,224 items.
  • ‘वरिष्ठ बलराम’ को फस्टलुक पोस्टर र टिजर सार्वजनिक

    सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले एकसाथ दुईवटा पोस्टर र पहिलो झलक सार्वजनिक गरेको हो । पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालले मुख्य स्थान पाएका छन् । बाँकी अन्य कलाकार पनि फिचर्ड छन् ।एउटा पोस्टरमा भने दयाहाङ र विजय मात्रै छन् । रातो सुट र सर्ट–पाइन्टमा ठाँटिएका छन्, दयाहाङ । हातमा मोबाइल बोकेका उनी क्रुद्ध देखिएका छन् । विजय भने निरास देखिएका छन् । दोस्रो पोस्टरमा दयाहाङ र विजय दुवै सोचमग्न छन् । यो पोस्टरमा समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार च

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 220 पटक पढिएको
  • मिलनको निर्देशनमा `पूरा भयो सपना मेरो´ फिल्म घोषणा

    निर्देशक मिलन आले मगरको निर्देशनमा `पूरा भयो सपना मेरो´ नामक फिल्म बन्ने भएको छ । सामाजीक प्रेमकथानक फिल्मको छायांकन दशै लगतै सुरु गरिने बताइएको छ ।रोशिका फिल्मसको प्रस्तुति रहेको फिल्मका कलाकार र प्राबिधिक बारे भने केही दिनमै जानकारी दिइने निर्देशक आले मगरले बताएका छ्न । एकराज थापा निर्माता रहेको फिल्मको कथा पनि उनैले रचेका हुन ।यसअघि `लक्ष्य´, `सत्या´,`हिड्दा हिड्दै´ लगायतका फिल्म निर्देशन गरेका निर्देशक आले मगर `पूरा भयो सपना मेरो´ भरपुर मनोरञ्जन हुने बताउँछ्न ।

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 206 पटक पढिएको
  • गायक रोजमन महर्जनले पहिलो पटक नेपाली फिल्ममा गीत गाउने

    अर्जुन घिमिरेको निर्देशनमा तयार भइरहेको बहुचर्चित नेपाली चलचित्र ‘झरीपछि को इन्द्रेणी’ को गीत ‘धन्य धन्य लोकेश्वर’ हालै रेकर्ड गरिएको छ। नेवारी गीत ‘ऐला लुवया’” सालगु गाचा ” बाट चर्चित गायक रोज मान महर्जन र गायिका रत्न शोभा महर्जनको सुमधुर स्वरमा सजिएको यस गीतले नेपाली भक्ति संगीतमा एक नयाँ स्वाद थपेको छ।गीतको संगीत संयोजन (Music Arrangement) सुरेन्द्र श्रेष्ठले गरेका छन्। बाँसुरीमा रुबिन श्रेष्ठ, खिन/मादलमा लक्ष्मी डंगोल, सितारमा राजीव श्रेष्ठ, र गिटारमा पुनः सुरेन्द्र श्रेष्ठकै प्रस्तुति रहेको छ। गीतको मिक्सिङ र मास्टरिङ पनि सुरेन्द्र श्रेष्ठले गरेका हुन् भने रेकर्डिङ सुर मेलोडी रेकर्डिङ स्ट

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 189 पटक पढिएको
  • ‘माइतीघर’ प्रचार सामग्रीमा नकारात्मक कमेन्ट लेख्नेविरुद्ध साइबर ब्युरो पुगे रोहित

    निर्माता रोहित अधिकारीले ‘माइतीघर’ चलचित्रको प्रचार सामग्रीमा नकारात्मक कमेन्ट लेख्नेविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएका छन्।उनले मंगलबार भोटाहिटीस्थित साइबर ब्युरो पुगेर ‘माइतीघर’ बारे सामाजिक सञ्जालमा असभ्य र अभद्र कमेन्ट गर्नेहरूविरूद्ध निवेदन दर्ता गराएका हुन्।फेसबुक आइडीको स्क्रिनसटको फोटोकपीसहित २०÷२२ जना प्रयोगकर्ताविरूद्ध निवेदन दिएको उनले बताएका छन् । अधिकारीले सोमबार नै सामाजिक सञ्जालमा अभद्र कमेन्ट लेख्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका थिए ।दसैंमा रिलिज हुने चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा एकअर्को चलचित्रका निर्माता र समर्थकहरूबीच सामाजिक सञ्

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 171 पटक पढिएको
  • ‘जनै हराएको मान्छे’, १२ दिनमा एक करोड १० लाख कमाई

    निर्देशक हिमाल न्यौपाने डेब्युमै असफल बनेका छन् । ‘पूर्णबहादुरको सारंगी’ का अभिनेता विजय बराललाई लिएर उनले निर्देशन गरेको ‘जनै हराएको मान्छे’ ले दर्शक र शो गुमाउँदै गएको छ ।विजय बराल, मिरुना मगर, केकी अधिकारीजस्ता चर्चित कलाकार भए पनि ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ ले अपेक्षित जादू देखाउन सकेन। ६ भदौमा ‘माग्ने राजा’ र ‘ताराहरू’ सँगै रिलिज भएको यो चलचित्रले १२ दिनसम्म बक्स अफिसमा मात्र एक करोड १० लाख ग्रस मात्र कमाएको छ।निर्देशक न्यौपानेले न समीक्षक न त दर्शकको मन नै जित्न सके । ‘दर्शकलाई रुवाउँदा फिल्म चल्छ’ भन्ने भ्रममा निर्माण भएको ‘जनै हराएको मान्छे’ ले दर्शक आकर्षित गर्न असफल भएपछ

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 219 पटक पढिएको
  • मनोरञ्जन दुनियामा सुनिलको निरन्तरता

    घर जग्गा व्यवसायमा लामो समयदेखि लागिपरेका सुनिल श्रेष्ठ विगत केही वर्षदेखि नेपाली फिल्मको मेकिङ, अभिनय र अवार्डमा व्यस्त छन् । सुनिल लामो समयदेखि सामाजिक सेवामा समेत व्यस्त छन् ।सन् २००७ देखि कलाकारितामा व्यस्त सुनिलले ‘इन्फा नेपाल इभेन्ट्स’को समेत स्थापना गरेका छन् । यही संस्थाले बेलायतको राजधानी लण्डनमा सेप्टेम्बर १३ तारिखमा भव्य फिल्म अवार्डको आयोजना समेत गर्दैछ ।सुनिल ‘खगुरे ब्रो’ नामक फिल्मका कार्यकारी निर्माता समेत हुन् । अब, नेपाली फिल्म क्षेत्रमा निरन्तर रुपमा लाग्ने उनको भनाई छ ।यता, उनले फिल्म ‘मिस यू’मा खलपात्रको रुपमा समेत काम गरेका छन् । सुनिल म्युजिक भिडियो निर्माणमा समेत व्यस्त

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 207 पटक पढिएको
  • चर्चित गायिका इन्दिरा गोले गुरुङको निधन

    काठमाडौं— चर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ। गएराति १२ बजे ललितपुरको हत्तिवनस्थित आपार्टमेन्टमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी क्यान्सर रोगबाट पीडित थिइन्। क्यान्सरको उपचारकै क्रममा उनको ५९ वर्षको उमेरमा निधन भएको हो।ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा. ५ भारदेउमा २०२३ साल कार्तिक ३ गते जन्मिएकी  उनले ५ हजार भन्दा बढी गीतमा स्वर दिएकी छन्। उनले नेपाली लोक दोहोरी, तामाङ सेलो तथा भाषाका साथै देउडालगायत भाषा र भाकाका गीतहरु गाएकी छन्।  २०४५ सालमा रेडियो नेपालबाट गीत रेकर्ड गर्ने अवसर पाएपछि उनी केही समय अघिसम्म गीत संगीत क्षेत्रमा व्

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 578 पटक पढिएको
  • चलचित्र ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको’ सार्वजनिक

    चलचित्र ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको’ सार्वजनिक गरिएको छ । गायक थानेश्वर गौतमको स्वर, कवि श्रवण मुकारुङको शब्द रचना तथा नारायण दंगलको एरेञ्ज रहेको गीतमा शारदा रसाइलीको पनि स्वर समावेश छ। निर्देशक खिल बहादुर गुरुङको निर्देशन रहेको गीतको भिडियोमा दयाहाङ राई र रिश्मा गुरुङ प्रस्तुत छन् । दयाहाङको प्रेमभाव र रिश्माको पीडालाई उजागर गरेको यो गीत कथावाचनकै हिस्साको रूपमा छ । गुरुङ समुदायको संस्कृतिलाई मुख्य विषयवस्तु बनाएर त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको यो चलचित्रमा दयाहाङ र रिश्मासहित अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गु

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 196 पटक पढिएको
  • ‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक

    चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक भएको छ । टाइटल ट्रयाकमा र्‍यापर भियोमाको शब्द, संगीत र स्वर छ ।जिन्दगी नै रहस्मयी रहेको बताउने र्‍यापले पैसाले मान्छेको असली चरित्र देखाउने प्रष्ट पार्ने प्रयास गरेको छ । र्‍यापमा पैसामा माया साट्ने र पैसाकै कारण सम्बन्धहरू टुट्ने गरेको यथार्थ चित्रण गरिएको छ ।  कसको पछाडि को लागेको छ भन्ने रहस्यले दिने तनाव र त्यसले जिन्दगीलाई सडकमा झारेको थथार्थ समेटिएको र्‍यापमा षड्यन्त्रकै जालोमा फसेको जिन्दगी र त्यसकै केसको वरिपरि रुमलिएको तनावपूर्ण जिन्दगी चित्रण छ ।  चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्क

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 322 पटक पढिएको
  • अभिनेत्री रावमाथि १ सय २ करोड जरिवाना

    सुन तस्करी प्रकरणमा कन्नड फिल्म अभिनेत्री रान्या रावलाई राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) ले १ सय २ करोड भारतीय रुपैयाँ जरिवाना लगाएको छ।डीआरआई स्रोतका अनुसार सह-अभियुक्त तरुण कोंडाराजुलाई ६३ करोड रुपैयाँ जरिवाना गरिएको छ भने ज्वेलर्स साहिल सकरिया जैन र भरत कुमार जैनलाई ५६-५६ करोड रुपैयाँ जरिवाना गरिएको छ।पीटीआईका अनुसार, डीआरआईका अधिकारीहरू मंगलबार बेंगलुरु केन्द्रीय कारागार पुगे र प्रत्येक अभियुक्तलाई यसबारे जानकारी गराए। ‘११,००० पृष्ठको कागजात तयार गर्नु धेरै मेहनती काम थियो,’ डीआरआई स्रोतले भन्यो।मार्च ३ मा दुबईबाट फर्कने क्रममा रान्या राव सुनसहित पक्राउ परेकी थिइन्। जुलाईमा उनलाई एक वर्

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 198 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा