मनोरञ्जन

    Showing 791-800 of 2,224 items.
  • ४ देशमा सुटिङको तयारी, एक्शन मोडमा शाहरुख-सुहाना

    मुम्बई, २४ असार । बलिउड सुपरस्टार शाहरुख खानले शानदार कमब्याक गरिरहेका छन् । सन् २०२३ मा उनले ३ वटा चलचित्र ल्याए र उनका तीनवटै चलचित्रले बक्स अफिसमा निकै राम्रो कलेक्शनसमेत गर्न सफल भयो ।अब अभिनेताको फिल्म ‘किङ्ग’ आउँदैछ । जुन फिल्मको छायांकन मे २१ बाट सुरु भइसकेको छ ।तर, निर्माताहरूले बीचमा ब्रेक लिए। अब यो ब्रेक सकिएको छ र किंगको अर्को कार्यक्रमको छायांकन फेरि सुरु हुन लागेको छ । यसमा एउटा ठूलो अपडेट पनि आएको छ, जसले शाहरुख खानका फ्यानहरूलाई खुसी पार्न सक्छ।फिल्मको पहिलो शेड्युल मे महिनामा मेहबुब स्टुडियोमा छायांकन गरिएको थियो। यसपछि सुटिङबाट छोटो ब्रेक लिइयो ।अब फेरी यो चलचित्रको

    • प्रकाशित मितिः असार २४, २०८२
    • 183 पटक पढिएको
  • ५१ दिनमा ‘कोशेढुंगा’को 'प्याकअप'

    सरोज पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘कोशेढुंगा’को छायांकन सकिएको निर्माणपक्षले बताएको छ । नरदेवी फिल्मस्को प्रस्तुति रहेको यो फिल्मको ‘कोशेढुंगा’को छायांकन सोमबार ५१ दिनमा सकिएको हो । मकवानपुरको चित्लाङ, मार्खु लगायतका क्षेत्रमा गीतको छायांकन गरिएको हो । यसअघि फिल्मको छायांकन च्यासलमा सेट लगाएर, स्याङजाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ । यो फिल्म भदौको १२ गतेबाट रिलिजमा आउँदैछ । नेपालसहित विश्वका विभिन्न ४० देशमा एकसाथ यो फिल्म रिलिजमा आउँदैछ । यो फिल्मको फस्टलुक सार्वजनिक भइसकेको छ । जहाँ नायिका सुरक्षा पन्तलाई मात्र स्थान दिइएको छ । दिनेश खड्का कार्यकारी न

    • प्रकाशित मितिः असार २४, २०८२
    • 231 पटक पढिएको
  • ‘मैझारो’ निर्माण गर्दै विल्सन विक्रम राई

    तक्मे प्रोडक्सनको ब्यानरमा फिल्म ‘मैझारो’ निर्माण हुने भएको छ। सोमबार निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगर अनुबन्ध गर्दै फिल्म निर्माणको घोषणा गरेको हो। फिल्मको लेखन तथा निर्देशन बहुप्रतिभाशाली कलाकार विल्सन विक्रम राईले गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो।बाल्यकालमा नै अभिनेता राजेश हमालको फिल्म ‘साथी’मा अभिनय गरेका थिए। त्यस यता दर्जनौ फिल्ममा अभिनय गरेर दर्शकको मन जितिसकेका उनले ‘मैझारो’मार्फत निर्देशनमा पनि हात हालेका हुन्। यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने सौरभ लामाले छायांकन गर्नेछन्। निर्माण टिमका अनुसार अन्य कलाकारहरूको नाम चाँडै सार्वजनिक गरिनेछ।फिल्मलाई

    • प्रकाशित मितिः असार २४, २०८२
    • 198 पटक पढिएको
  • सारुकको यादमा रोएकी उषा

    २ वर्ष अगाडि आफ्नै घरमा आत्महत्या गरेका नायक सारुक ताम्राकारलाई संझिएर नायिका उषा रजकले विलौना गरेकी छिन् ।सामाजिक संजालमा ८ मिनेट लामो भिडियो पोष्ट गर्दै उषाले सारुकलाई संझिएर आफूलाई पनि मरुँमरुँ लागेको बताएकी छिन् । उषाले भनेकी छिन्–‘आज सारुकको दोस्रो डेथ एनिभर्सरी रहेछ । म आफू पनि दुई तीन हप्तादेखि डिप्रेस्ड समेत छु । म आफूलाई पनि मरुँमरुँ लागिरहेको छ । के गर्ने, उसको बैकुण्ठ बास भइसक्यो होला ।’उषाले रुदै भनेकी छिन्–‘ऊ साथीमात्रै हुँदा यत्तीको पीडा हुने रहेछ हामीलाई । उसकी आमालाई कस्तो पीडा भयो होला । उसको बुबा पनि बितेर जानुभयो । मैले केही हेल्प गर्न नै सकिनँ, पच्छाताप महशुश भइरहेको छ ।’उष

    • प्रकाशित मितिः असार २४, २०८२
    • 184 पटक पढिएको
  • मलाई राम्री राजकुमारी भन्नुपर्छ भन्ने पनि छैन : गायिका चौहान

     ‘पढ्नै नसक्ने अपमानजनक कमेन्ट अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ’–गायिका एलिना चौहानले भनिन्, ‘गालीलाई स्क्रिन सट गरेर सार्वजनिक गरेपछि अहिले धेरैले माफ मागिरहेका छन् ।’गायिका चौहनाले सामाजिक सञ्जालमा अमर्यादित गालीगलौज धेरै भएपनि ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ भनेर सार्वजनिक गर्न थालेपछि यस्तो प्रतिक्रिया दिनेले धमाधम माफ माग्न थालेका छन् ।गीतको प्रक्रियामा अपमानजनक गालीगलौज बढ्दै गएपनि गायिका चौहानले यही असार १६ गते नेपाल प्रहरीअन्तर्गतको साइबर व्युरोमा उजुरी दिएपछि माफ माग्नेको सङख्या अझै धेरै बढ्दै गएको छ ।‘डिर्भोसपछि गायिक एलिना चौहानले यस्तो गीत गाईन, डिर्भोसपछि यस

    • प्रकाशित मितिः असार २४, २०८२
    • 241 पटक पढिएको
  • ‘मोहर’को ‘झुम झुम झुम्किका’मा नाँचे पल र बेनिशा

    साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको यो गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत छ ।सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य नायक पल शाह र नायिका बेनिशा हमाललाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा यी दुई कलाकार छमछमी नाचेका छन् । भिडियोमा दुइको नोकझोक पनि देखिन्छ । यसले, फिल्म भित्र पल र बेनिशाको केमेष्ट्री कस्तो छ भन्ने पनि देखाएको छ ।यसअघि सार्वजनिक फिल्मको शिर्ष गीतमा नायक पल शाह र नायिका नीति शाहको जोडीलाई देखाइएको थियो । यो गीतको भिडियोमा भने पलले लामो कपाल पालेका छन् । गी

    • प्रकाशित मितिः असार २४, २०८२
    • 125 पटक पढिएको
  • ‘जहाजैमा’को प्रदर्शन मिति तय, फागुन १ देखि रिलिज हुने

    फिल्म ‘जहाजैमा’को प्रदर्शन मिति तय गरिएको छ । छायांकन सुरु हुनु भन्दा २ महिना अगाडि नै यसको निर्माणपक्षले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो ।फिल्मको निर्माणपक्षले आर.आर फिल्मस्सँग वितरणको सहकार्य गर्दै फागुनको १ गतेबाट फिल्म रिलिज गर्ने घोषणा गरेको हो । फिल्मलाई आर.आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् ।कृषा चौलागाइको निर्देशनमा बन्ने यो फिल्ममा अभिमन्यू निरवीको लेखन, पुरुषोत्तम प्रधानको डीओपी रहनेछ ।यो फिल्ममा केदार घिमिरे, सौगात मल्ल, जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेका छन् । अन्य, कलाकारहरु पनि फिल्ममा फाइनल गर्ने चरणमा रहेको निर्माणपक्षले बताएको छ ।भदौबाट

    • प्रकाशित मितिः असार २३, २०८२
    • 171 पटक पढिएको
  • ‘सुख–दुख’को वितरण अधिकार एफडी कम्पनी र रिच इन्टरटेनमेन्टलाई

    अभिनेत्री तथा निर्देशक नीता ढुङ्गानाको निर्देशनमा निर्माणाधीन नेपाली फिल्म ‘सुख–दुख’ मा भारतीय छायाँकार कबीर लाल र शाहिद लाल अनुबन्धित भएका छन्। आइतबार निर्माण पक्ष र उनीहरूबीच औपचारिक सम्झौता भएको हो।कबीर लालले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ८० भन्दा बढी फिल्ममा छायाँकारका रूपमा काम गरिसकेका छन्। शाहिद लालले मुख्यतः कन्नड र तेलुगु फिल्महरूमा छायांकन गरेका छन्। बलिउड र दक्षिण भारतीय फिल्म क्षेत्रमा लामो अनुभव भएका उनीहरूलाई ढुङ्गानाको दोस्रो निर्देशनमा अनुबन्ध गरिएको हो।फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ। निर्देशक ढुङ्गानाल

    • प्रकाशित मितिः असार २३, २०८२
    • 207 पटक पढिएको
  • चलचित्र विधेयकप्रति असन्तुष्टि बढ्यो, संसदबाट फिर्ता लिन आग्रह

    काठमाडौं – प्रस्तावित चलचित्र विधेयक २०८१ प्रति असन्तुष्टि जनाउँदै चलचित्रकर्मीहरूले अभिव्यक्ति स्वतन्त्रता, संघीयताको मर्म र शक्ति सन्तुलनको सिद्धान्त विपरीत रहेको भन्दै पुनरावलोकनको माग गरेका छन् ।चलचित्र निर्देशक मनोज पण्डितको संयोजकत्वमा बसेको चलचित्र सभाले चलचित्र क्षेत्रको सुदृढ विकासका लागि २० बुँदे पुनरावलोकन प्रस्तावसहित विधेयक संसदबाट फिर्ता लिन आग्रह गरेको हो ।चलचित्रकर्मीहरूका अनुसार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको हस्तक्षेपकारी भूमिका झल्कने गरी विधेयक निर्माण गरिएको छ । उनीहरूले चलचित्रसँग सम्बन्धित नीति, योजना र कार्यान्वयनको जिम्मेवारी संस्कृति मन्त्रालयअन्तर्गत रा

    • प्रकाशित मितिः असार २३, २०८२
    • 228 पटक पढिएको
  • साम्राज्ञीले छाडेपछि ‘जदौ’मा नीति शाह अनुवन्धित

    अन्तरजातिय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ को प्रमुख अभिनेत्रीमा नीति शाह अनुबन्धित् भएकी छिन् । नीति र ‘जदौ’ निर्माताबीच शनिबार राजधानीमा सम्झौता भएको हो ।काजी लिम्बूको लेखन रहेको फिल्मको प्रमुख एक अभिनेतामा यसअघिनै मुकुन भुसाल अनुबन्धित् भइसकेका छन् । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री छन् ।बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ । बाबुल गिरीको संगीत रहेको फिल्म दाङ तथा प्युठान जिल्लाका बिभिन्न स्थानमा खिचिने छ । फिल्मक

    • प्रकाशित मितिः असार २३, २०८२
    • 229 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा