मनोरञ्जन

    Showing 931-940 of 2,224 items.
  • अभिनेत्री करिश्माको पूर्व पति सञ्जय कपूरको निधन

    बलिउड अभिनेत्री करिश्मा कपूरका पूर्व पति सञ्जय कपूरको निधन भएको छ।  सञ्जय कपूरको ५३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको हो। आज तकको रिपोर्ट अनुसार, बिहीबार बेलायतमा रहेका सञ्जय कपूर पोलो खेलिरहेका थिए। यसै क्रममा सञ्जयलाई हृदयाघात भएको थियो। उनलाई तत्काल चिकित्सा सहायता पनि मिलेको थियो, तर यसको बाबजुद पनि सञ्जयले यस संसारलाई बिदाइ गरे।सञ्जयले सन् २००३ मा बलिउड अभिनेत्री करिश्मा कपूरसँग विवाह गरेका थिए। तर, विवाहको केही वर्षपछि अभिनेत्री र सञ्जयको सम्बन्ध विच्छेद भयो। सन् २०१६ मा, करिश्मा र सञ्जयले एक अर्कालाई सम्बन्ध विच्छेद गरेर अलग्गिए। सञ्जय र करिश्माका दुई सन्तान पनि छन्

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 298 पटक पढिएको
  • विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयले किन बोलायो ?

    कमेडी शो ‘कमेडी नाइट विद च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयले बोलाएको छ । गत मङ्गलवारको कार्यक्रमको नयाँ शृङ्खलामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरिएपछि उनलाई प्रधानमन्त्रीको कार्यालयबाट बोलावट आएको हो ।उक्त शृङ्खलामा राष्ट्रिय स्वतन्त्र पार्टीका चार जना सांसदहरू डा तोसिमा कार्की, सुमना श्रेष्ठ, असिम शाह र निशा डाँगीलाई अतिथिको रूपमा निम्त्याएर रमाइला तथा व्यङ्ग्यात्मक कमेडी गरिएको थियो ।जसमा प्रधानमन्त्रीप्रति पनि व्यङ्ग्य गरिएको थियो । यही विषयलाई लिएर निर्देशक भण्डारीलाई प्रधानमन्त्री कार्यालयका स्वकीय सचिव अरुण लम्सालले बोलाएका

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 304 पटक पढिएको
  • ‘यानीमाया’का कारण ‘महाराजधिराज’ छाड्दै पल

    परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘महाराजधिराज’बाट नायक पल शाह र टिमविचको संझौता अन्त्य भएको छ । पलले केही महिना अगाडि छत्रेश्वरी म्यानेजमेन्टसँग फिल्म ‘महाराजधिराज’का लागि संझौता गरेका थिए ।तर, आजबाट सहमतीमै संझौता अन्त्य गरिएको पलले उल्लेख गरेका छन् । पलले आफ्नै व्यानरमा निर्माण हुन लागेको फिल्म ‘यानीमाया’लाई मुख्यकारण बताएका छन् ।असारको पहिलो साताबाट करिब २ महिनाको सेड्यूलमा छायांकनमा जान लागेको ‘महाराजधिराज’ र साउनको पहिलो साताबाट छायांकनमा जान लागेको आफ्नो फिल्म ‘यानीमाया’को सेड्यूल जुधेपछि फिल्म छाड्नुपरेको पलले उल्लेख गरेका छन् । यता, छत्रेश्वरी म्यानेजमेन्टले जा

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 233 पटक पढिएको
  • आजदेखि हलमा लाग्यो 'महाभोज'

    दिनेश राउत निर्देशित चलचित्र 'महाभोज' बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । करिब २०० शोसहित यस चलचित्रले सार्वजनिक प्रदर्शनको सुरुवात गरेको हो । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा हिमाल कडरियाले निर्माण गरेको यो चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, र गौमाया गुरुङको मुख्य भूमिका रहेको यो चलचित्रले दर्शकमाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ। ।काठमाडौंमा केही दिनअघि प्रिमियर भइसकेको 'महाभोज' को टोलीले हालै पोखरा र बुटवलमा पनि विशेष शो आयोजना गरेको थियो । यसै क्रममा बिहीबार एकै दिन विराटनगर र धरानमा पनि भव्य

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 344 पटक पढिएको
  • पर्वतारोही दियाले गरिन् युरोपको सबैभन्दा अग्लो शिखर आरोहण

    अभिनेत्री तथा पर्वतारोही दिया पुनले युरोपको सबैभन्दा अग्लो शिखर, माउन्ट एल्ब्रुस (५,६४२ मिटर) सफलतापूर्वक आरोहण गरेकी छन्। उनी जुन १० तारिखको बिहानमा टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइड लिउन अताबिएभ र एड्गरसँगै शिखरमा पुगेकी हुन्। यो अभियान एलिट एक्सपेडिसन प्रा.लि.ले आयोजना गरेको थियो।यस उपलब्धिसँगै, उनले “सेभेन समिट्स” चुनौतीमा, सात महादेशका सबैभन्दा अग्ला शिखरहरू चढ्ने आफ्नो महत्त्वाकांक्षी लक्ष्यलाई अघि बढाएकी छन्।अहिलेसम्म पुनले सात मध्ये चार शिखर सफलतापूर्वक आरोहण गरिसकेकी छन्: माउन्ट एभरेष्ट (एशिया), किलिमन्जारो (अफ्रिका), अकोंकागुवा (दक्षिण अमेरिका), र अहिले माउन्ट एल्ब्रुस (युरोप

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 237 पटक पढिएको
  • ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२’ बाट ४ सङ्गीतकर्मी सम्मानित

    गायिका मिरा राणा नगद १ लाख १ रुपैयाँसहित ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२’ सम्मानित भएकी छन् । गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले एक कार्यक्रम गर्दै राणासहित ४ सङ्गीतकर्मीलाई नगदसहित सम्मान गरेको हो । गायिका राणा अनुपस्थित भएका कारण उनका भाइ विजेन्द्र मिश्रले उक्त सम्मान ग्रहण गरेका थिए । कार्यक्रममा ‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मान २०८२ ’ बाट वाद्य सङ्गीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानित गरियो ।त्यस्तै, ‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार २०८२’ बाट गायक सुरजकुमार थापालाई नगद ५० हजार रुपैयाँसहित सम्मा

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 224 पटक पढिएको
  • रचनाको अहिलेको अवस्था कस्तो छ ?

    गायिका रचना रिमाल ह्याम्स अस्पतालमा भर्ना भएकी छन् । कार्यक्रमको सिलसिलामा रुकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँ ल्याएर उपचार थालिएको हो ।उनको अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ । सङ्क्रमणले सानो आन्द्रा सुन्निएको र पेटमा पनि केही समस्या देखिएको छ । चिकित्सकले उनको उपचार गरिरहेका छन् । उनको अवस्था बिस्तारै सुधार भएको बताइन्छ । सुरुमा उनलाई सेनाको हेलिकोप्टर मार्फत नेपालगन्ज ल्याइएको थियो । त्यसपछि काठमाडौँमा ल्याएर उपचार थालिएको हो ।रिमाल रुकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिन पुगेकी थिइन् । अचानक पेट दुखेपछि उनलाई नेपालगन्

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 269 पटक पढिएको
  • ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ किन र केका लागि बन्यो ?

    पछिल्लो समय नेपाली दर्शकको रुचि कस्तो सिनेमामा छ भनेर कसैले सोध्यो भने सायद अधिकांशले भन्छन् होला, इमोस्नल सिनेमामा । किन भन्ने प्रश्न आयो भने जवाफमा उदाहरण प्रशस्तै छन् । जस्तै : ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’, ‘एन्जिला’, ‘ऊनको स्वीटर’ आदि ।कमेडीबाट दर्शक आफ्नै जिन्दगी र अनुभवमा घोलिएका कथाहरू बोकेका इमोस्नल सिनेमातिर लहसिए । त्यसैले दर्शकको रुचि र चाहनालाई सम्बोधन गर्दै आफूहरू आउन लागेको बताउँछन्, हिमाल न्यौपाने । अर्थात्, चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’का निर्देशक ।“हाम्रो सिनेमाको अनाउन्समेन्ट भिडियोदेखि अहिलेसम्म आइपुग्दा हरेक टिजरले यो प्रष्ट पारेका छन् भन्ने लाग

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 173 पटक पढिएको
  • सय दिनको नजिक पुग्यो 'अञ्जिला', क्युएफएक्स सिनेमाले सहुलियतमा देखाउने

    गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र 'अञ्जिला' लगातार प्रदर्शनको एक सय दिनको नजिक पुगेको छ । बुधवार ९१ औँ दिनमा काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा यो चलचित्र निरन्तर प्रदर्शनमा छ । बिहीबारको लागि उक्त हलमा ३ वटा शो प्रदान गरिएको छ ।चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले सय दिन नजिक पुग्दै गर्दा क्युएफएक्स सिनेमाजले निरन्तर प्रदर्शनमा रहेको हलसहित देशभरका अन्य केही हलमा समेत रू. १०० दरमा चलचित्र देखाउने तयारी गरेको बताए । उनले भने, "दर्शक स्वतःस्फूर्त रूपमा निरन्तर आइरहनु भएको छ । तर, सय दिन पुग्न लागेको समयमा क्युएफएक्सले सहुलियतमा चलचित्र देखाउने

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 234 पटक पढिएको
  • विराज, सुशील र दिव्यापछि ‘राम नाम सत्य’मा सुपुष्पा

    माइकल चन्दको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा नायिका सुपुष्पा भट्ट फाइनल भएकी छिन् । सुपुष्पासँग आज फिल्मको टिमले कागजी संझौता गरेको हो । सुपुष्पालाई एक महत्वपूर्ण भूमिकाका लागि अनुवन्धित गरिएको निर्माणपक्षले बताएको छ ।सुपुष्पाको पछिल्लो रिलिज फिल्म ‘फेरि रेशम फिलिली’ हो । यो फिल्ममा सुपुष्पाको कामको निकै तारिफ भएको थियो । सुपुष्पाले आफ्नो भूमिका चित्तवुझ्दो रहेपछि फिल्म साइन गरेको बताइन् । यो फिल्ममा यसअघि नायिका दिव्या रायमाझी पनि अनुवन्धित भइसकेकी छिन् ।सुपुष्पा साइन गरेपछि निर्देशक चन्दले भने–‘हामीलाई सुपुष्पा जस्तै हाइट भएकी नायिका चाहिएको थियो । उहाँको अभिनय पनि

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 248 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा