पत्रपत्रिका

    Showing 381-390 of 1,254 items.
  • तरकारी महँगियोः दुई सय रुपैयाँले एक छाक टार्न गाह्रो

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) दसैँ, तिहार, छठलगायतका प्रमुख चाडपर्व सकिँदासमेत उपत्यकामा हरियो तरकारीको भाउ घटेको छैन । तीजदेखि नै महँगिएको तरकारीको भाउ अहिलेसम्म नघटेका कारण उपभोक्ता मारमा परेका छन् । ताजा तरकारीको मागअनुसार आपूर्ति नहुँदा तरकारीको भाउ बढेको जनाइएको छ ।गोलभेँडाको भाउ आइतबार थोकमै प्रतिकेजी १०० देखि १२० रुपियाँसम्म पुगेको छ । गोलभेँडा मात्रै होइन, अन्य ताजा तरकारीको भाउ सयभन्दा माथि छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार स्थानीय काउली प्रतिकेजी ८० देखि ११० रुपियाँ, गोलभेँडा, प्रतिकेजी ९० देखि १२० रुपियाँ, गाँजर प्रतिकेजी १२० रुपियाँ, सेतो मूला ५० रुपियाँ

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 131 पटक पढिएको
  • ३१ सय बढी विदेशी नागरिकलाई देश निकाला

    बिर्तामोड (नागरिक दैनिकबाट) पछिल्ला ८ वर्षमा सरकारले विभिन्न देशबाट नेपाल आई अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ ।त्यसैगरी २ सय १४ अमेरिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बंगलादेशी, १ सय ४ बेलायती र ७४ पाकिस्तानी नागरिकलाई आफ्नो देश पठाइएको छ । त्यसैगरी ८५ रसियाली, ५२ इरानी, ४७ क्यानाडेली, ४६ जर्मनेली र ३६ फ्रान्सेली नागरिक पनि नेपालबाट निष्कासित भएका छन् ।विभिन्न अपराधमा संलग्न भएका, भिसाको म्याद गुज्रिसकेका र शङ्कास्पद राहदा

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 141 पटक पढिएको
  • कोरोनाले शैक्षिकसत्र विथोलियो, चैतमा पूरा हुन मुश्किल

    बिर्तामोड (गोरखापत्र दैनिकबाट)  दशैँ–तिहार सकिएसँगैै देशभरका विद्यालयले भौतिक रुपमा कक्षा सञ्चालन गरेका छन् । सरकारले यो वर्षकौ शैक्षिकसत्र असार १ गतेबाट चैत मसान्तसम्मलाई तोकेको छ ।वैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएसँगै विद्यालय बन्द थिए । पठनपाठन ठप्प थियो । कोरोना संक्रमण घट्दै गएसँगै विद्यालय भौतिक रुपमै सञ्चालन हुन थालेका हुन् ।सरकारको मापदण्डलाई आधार भान्ने हो भने अब पाँच महिनामा शैक्षिकसत्र सकिन्छ । तर, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिकसत्र चैत मसान्तमै सक्ने सोच बनाएको छ ।एक महिनाको अवस्थालाई हेरेर मात्र शैक्षिकसत्रको बारेमा बोल्न सकिने शिक्षा तथा मानव स्रोत विकास केन्

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 118 पटक पढिएको
  • खुम्चियो घरजग्गाको मूल्यवृद्धि

    बिर्तामोड  (आर्थिक अभियान दैनिकबाट) पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घरजग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक अध्ययनले देखाएको हो ।घरजग्गाको मूल्य सूचकांक सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो देखाएको हो । नेपालमा घरजग्गाको मूल्य सम्बन्धमा भएको यो पहिलो अध्ययन हो । अध्ययनले गत आर्थिक वर्ष ९आव० २०७७/७८ को पहिलो ९ महिनामा घरजग्गाको मूल्यवृद्धि कम भएको देखिएको हो ।मालपोत कार्यालयबाट रजिस्ट्रेशन पास गर्दा राख्ने थैली रकम र वाणिज्य बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरूप राखिने घरजग्गाको मूल्यांकनसम्बन्धी तथ्यां

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 143 पटक पढिएको
  • कांग्रेस १४औं महाधिवेशनः देउवा टिम बनाउँदै, पौडेल आफ्नालाई फकाउँदै

    बिर्तामोड (राजधानी दैनिकबाट) नेपाली कांग्रेस १४औं महाधिवेशन नजिक छ । कांग्रेसले २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ ।कांग्रेसभित्र पार्टी नेतृत्वका लागि हालका सभापति शेरबहादुर देउवा अघि बढिसकेका छन् । उनले आफ्नो तलैसम्मको टिम बनाउन नेताहरूलाई खटाएका छन् । संस्थापन समूहबाट हालका उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले पनि महाधिवेशनको मैदानमा सभापतिका लागि अघि बढ्ने घोषणा गरिसकेका छन् ।यसैगरी, संस्थापन इतर समूहबाट पनि वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि हालका महामन्त्री डा‍ शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा‍ शेखर कोइराला

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 140 पटक पढिएको
  • पोखरामा नदीको मापदण्दा मिच्दा यस्तो हालत भयो

    बिर्तामोड (अन्नपूर्ण पोस्ट दैनिकबाट) पोखरा–१५ अमिनतरास्थित सेती नदी किनारको बस्ती पोहोरसम्म जोखिमपूर्ण मानिँदैनथ्यो। पोखराको मुख्य बजारबाट कुनो पर्ने भएकाले घडेरी पनि केही सस्तै थियो। यही कारण धेरैले अमिनतरा रोजे। तर, गत वर्ष हिउँदमा सबैलाई त्रसित बनाउँदै नदीको डिल फुसफुस खस्दै बग्न थाल्यो। बस्तीनजिकै जमिन चिरा पर्‍यो। दुई घरको आधा भाग नै सेतीमा मिसिन पुग्यो।यो वर्ष वर्षायामयता घरै छाडेर डेरामा बस्दै आएको स्थानीय कमला विक सुनाउँछिन्। उनी बिहानै उठेर घर के भो भनेर हेर्न जान्छिन्। विकले कतारमा श्रीमान्ले श्रम गरी पठाएको पैसाले घडेरी किनेर घर बनाएकी थिइन्। तर, आडमै छिमेकीको घर सेतीको डिलसँगै आधा

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 164 पटक पढिएको
  • प्रधानमन्त्री देउवाले गैरकानुनी टेलिभिजनको उद्घाटन गरे

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सञ्चारमाध्यममा वैदेशिक लगानी वर्जित गरेको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बूढानीलकण्ठ नगरपालिका–८, मन्डिखाटारस्थित पतञ्जलि योगपीठको नेपालस्थित कार्यालयमै गएर विदेशी लगानीका स्याटेलाइट टेलिभिजन ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ उद्घाटन गरे ।पतञ्जली टिभी उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहदुर देउवा पतञ्जलि योगपीठ नेपालअन्तर्गत नवनिर्मित रत्न सर्राफ भवन, पतञ्जलि नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको शुक्रबार उद्घाटन गरेका थिए ।देउवाले उद्घाटन गरेका यी दुई च्यानल सम्बन्धित निकायमा दर्तासमेत नभ

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 118 पटक पढिएको
  • कोरोनाले १ सय ६९ बालकालिका अभिभावकविहीन

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) कोरोना संक्रमणका कारण १ सय ६९ बालबालिका अभिभावकविहीन भएका छन् । ७ सय ५३ वटै स्थानीय तहमा गरिएको अनुसन्धानमा ती बालबालिका अभिभावकविहीन भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले ती बालबालिकालाई व्यवस्थापन गर्न आवश्यक पहल गरेको जनाएको छ ।अन्तर्राट्रिय बाल अधिकार दिवसको अवसरमा परिषद्ले सार्वजनिक गरेको ‘नेपालमा बाल अधिकार स्थिति प्रतिवेदन’मा कोरोना संक्रमणका कारण सयौं बालबालिका समस्यामा रहेको उल्लेख छ । परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले कोरोना संक्रमणका कारण अभिभावक गुमाएका बालबालिकालाई अभिभावकत्व दिलाउन पहल भइरहेको जानकारी दिए । परिषद्ले

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 124 पटक पढिएको
  • सुरुङमार्ग निर्माणः काठमाडौंका सिडिओको छड्के

    बिर्तामोड ( राजधानी दैनिकबाट) सबैतिर चासो भए पनि नेपालको पहिलो सुरुङमार्ग आयोजना नागढुंगा सुरुङ मार्ग अहिले सुस्ताएको अवस्थामा छ । कुनैबेला यो आयोजनाले निकै गति लिएको थियो तर एकाएक आयोजनाको निर्माण कार्य कछुवाको गतिजस्तै भएपछि शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाललगायतको सरकारी उच्च टोलीले आयोजना स्थल पुगेर आकस्मिक छड्के मात्रै गरेनन्, सो आयोजना छिटोभन्दा छिटो सक्न आयोजनाका कर्मचारीहरूलाई निर्देशनसमेत दियो ।सो आयोजना हाल निर्माणको क्रममा भए पनि कामकारबाही अत्यन्तै सुस्त भएको भन्दै चौतर्फी गुनासा आएका थिए । २०७६ असोजमा नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा एन्डो कर

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 127 पटक पढिएको
  • आउन सकेन संघीय निजामती ऐनः अझै पनि जालझेल

    बिर्तामोड (राजधानी दैनिकबाट) सरकारी अधिकारीहरूको अकर्मण्यताका कारण मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानूनका रूपमा रहेको संघीय निजामती सेवा ऐन आउन सकेको छैन ।प्रतिनिधि सभामा पेश भइसकेको संघीय निजामती सेवा विधेयकलाई पारित गर्नुको साटो सरकारले उल्टै फिर्ता लिएर संघीय निजामती कानून तत्कालका लागि ल्याउने बाटो अवरुद्ध गरेको हो ।सरकारले दूरगामी महत्त्वको यो कानून संसद्लाई छलेर अध्यादेशमार्फत ल्याए त्यसले प्रशासन सुधारमा गम्भीर धक्का लाग्न सक्ने विश्लेषण गरिएको छ ।सरकारको सो कार्य झालझेलपूर्ण र अलोकतान्त्रिक हुने विज्ञहरूको आरोप छ । २ वर्षसम्म लामो गृहकार्यपश्चात् तयार पारिएको संघीय निजामती सेवा

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 129 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा