पत्रपत्रिका

    Showing 381-390 of 1,267 items.
  • एमाले महाधिवेशनः प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा प्रतिबन्ध

    बिर्तामोड (राजधानी दैनिकबाट) नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो ।एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरेका छौं,’ सुब्बाले भने ।कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता कुनै पनि सामग्री वितरण गर्नमा आयोगले बन्देज गरेको छ । उम्मेदवारले आफ्नो पहिचान खुल्ने परिचयबाहेक अन्य स

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 183 पटक पढिएको
  • एक महिनामै झण्डै ५५ हजारले लिए श्रम स्वीकृति

    बिर्तामोड (राजधानी दैनिकबाट) वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत कात्तिक महिनामा झन्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा संस्थागत रूपमा विभिन्न म्यानपावर कम्पनीमार्फत २७ हजार ७ सय ९ जना नेपाली कामदारले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।कात्तिकमा व्यक्तिगत प्रक्रियामार्फत विभिन्न देश जान १ हजार २ सय ६७ जनाले वैदेशिक रोजगारीको श्रम स्वीकृति लिएका छन् । सो अवधिमा वैधानिक माध्यमबाट १ हजार ४२ जना, पुनः श्रम स्वीकृतिमार्फत २४ हजार ९ सय ४७ जना गरी संस्थागत र व्यक्तिगततर्फबाट कुल ५४ हजार ९

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 209 पटक पढिएको
  • कांग्रेसमा गुटः झन् झन् कसिलो बन्दै

    बिर्तामोड (नागरिक दैनिकबाट) नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरेका थिए। तर तल्लो तहका अधिवेशन जारी रहँदा गुट झन् कसिलो बनेका छन्।पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वडा तहबाटै भएको निर्वाचनमा केन्द्रमा रहेका गुट संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापन इतर (रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला) पक्षमा तल्लो तहसम्म नेता कार्यकर्ता विभाजित भएका छन्।पार्टीको १३औं महाधिवेशनपछि छुट्टै गुटका रुपमा उदाएको कृष्णप्रसाद सिटौला समूहको झुकाव केन्द्रमा सभापति देउवातिर देखिएको छ। स्थानीय स्तरमा भने यो समूहले आफ्नो अनुकूलतामा

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 195 पटक पढिएको
  • प्रजातान्त्रिक शिखर सम्मेलनः नेपाललाई बाइडेनको निम्तो

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेका छन् ।भर्चुअल माध्यमबाट हुने सम्मेलनमा सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ ।लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागिताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिलाई निमन्त्रणा गरेको हो ।सम्मेलन आगामी डिसेम्बर ९ र १० तारिखमा हुने तय भएको हो । सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 185 पटक पढिएको
  • कर्मचारीमाथि निर्वाचन आयोगको अंकुश

    बिर्तामोड ( राजधानी दैनिकबाट) निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बहालवाला प्राध्यापक, शिक्षक र नेपाल सरकारका कर्मचारीलाई दलको सदस्यता नदिन आग्रह गरेको छ ।आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई राजनीतिक दलको सदस्यता वितरण नगर्न नगराउन भनेको हो ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा त्यस्ता व्यक्तिको विवरण आयोगमा आएको पाइए सूचीबाट हटाइ सम्बन्धित दललाई पत्र लेखी आयोगलाई जानकारी दिन प्रदेश वा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशनसमेत दिएको छ ।आय

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 185 पटक पढिएको
  • सरकारद्वारा चार अर्ब रुपैयाँ कर फिर्ता

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) गत आर्थिक वर्ष २०७७–७८ मा सरकारले करिब चार अर्ब रुपियाँ कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयहरूले गत आवमा तीन अर्ब ९५ करोड रुपियाँ कर फिर्ता गरेका हुन् ।विभागका अनुसार कूटनीतिक निकाय तथा कूटनीतिज्ञको मूल्य अभिवृद्धि कर र सरकारले समय–समयमा दिँदै आएको कर छुट सुविधासमेत गरेर उक्त रकम बराबरको कर फिर्ता गरिएको हो ।गत आवमा कर फिर्ताका लागि एक हजार ५१८ वटा दाबी परेका थिए । ती सबैबाट १९ अर्ब २४ करोड ३८ करोड रुपियाँ कर फिर्ताको दाबी गरिएको विभागले जनाएको छ ।त्यसमध्ये एक हजार १२४ वटा दाबीको तीन अर्ब ९५ करोड ६४ लाख रुपियाँ मात्र कर फिर्ता गरिएको विभाग

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 212 पटक पढिएको
  • लैंगिक विभेदः महिला खेलाडीलाई सेवा सुविधामा विभेद

    बिर्तामोड (अन्नपूर्ण पोस्ट दैनिकबाट) खेलकुद क्षेत्रमा लैंगिक विभेदको विषय विश्वभर पेचिलो बनिरहेका बेला नेपालमा पनि त्यसको प्रभाव पर्न थालेको छ। नेपाली खेलकुदमा महिला र पुरुषका प्रतियोगिता बराबर हुन थालेका छन्। तर, त्यो नगण्य मात्र छ। अधिकांश खेलमा पुरुषकै वर्चस्व छ। निजी क्षेत्र मात्र होइन, सरकारी निकायले दिने पारिश्रमिकमा महिला र पुरुषबीच विभेद हुने गरेको छ। यसबाहेक पुरस्कार राशिदेखि अन्य सेवासुविधासम्म पनि असमान देखिन्छ।यसलाई राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताले नै छर्लङ पार्छ। पुरुषतर्फ विजेतालाई नगद पुरस्कार २० लाख रुपैयाँ छ। महिलातर्फ भने ५ लाख मात

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 196 पटक पढिएको
  • कांग्रेस अधिवेशनः ४० जिल्लाको नतिजा सार्वजनिक

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधबार आउने बताए ।संयोजक यादवले भने, “६० जिल्लामध्ये मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको छ, अन्य जिल्लाको मत परिणाम बुधबार आउने जानकारी जिल्लाहरूबाट प्राप्त भएको छ ।”यादवका अनुसार देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि न

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 204 पटक पढिएको
  • दुर्गमको दुःख, चामल माग्न चार दिनको बाटो

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) चीनको ताक्लाकोटबाट दुई वर्षदेखि खाद्यान्न तथा अन्य उपभोग्य वस्तु आयात बन्द भएपछि हिमालपारि लिमी गाउँका बासिन्दाले खाद्यान्न सङ्कट बेहोर्दै आएका छन् ।गाउँमा खाद्य सङ्कट परेपछि नाम्खा गाउँपालिका–६, लिमीको जाङ गाउँका १७ जनाको समूूह पाँच हजार मिटर अग्लो न्यालु लेक नाघेर खाद्यान्न माग गर्न सदरमुकाम सिमकोट आइपुगेको छ । नाराको लेकमा तीन फिटसम्म जमेको हिउँ छिचोल्दै, हिउँमाथि नै बास बस्दै चार दिनको कठिन बाटो हिँडेर सो समूह सिमकोट आइपुगेको हो । जाङका नुर्ब तामाङले भने, “कोरोनाको कारण देखाउँदै दुई वर्षदेखि छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोटबाट खाद्यवस्तु आयात बन्द छ । हामी

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 196 पटक पढिएको
  • एनआरएनएको चुनावमा परराष्ट्रको हस्तक्षेप

    बिर्तामोड (नयाँ पत्रिका दैनिकबाट) गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रियामा परराष्ट्र मन्त्रालयले पुनः अवैधानिक हस्तक्षेप गरेको छ । मन्त्रालयले संघको निर्वाचित कार्यसमितिलाई काम गर्नबाट वञ्चित गरी यसअघि नै म्याद सकिएको संरक्षक परिषद्लाई निर्वाचन गराउने जिम्मा दिएको छ । त्यसका साथै संघभित्रको विवाद सुल्झाउने जिम्मा पनि संरक्षक परिषद्लाई नै दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले निर्णय गरी यस्तो निर्देशन दिएको मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।परराष्ट्र मन्त्रालयले यसअघि पनि निर्वाचन रोक्न निर्देशन दिएपछि गत अक्टोबर २३ देखि २५ तारिख (कात्तिक ६ देखि ८) सम्मका लागि तोकिएको दशौँ म

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 190 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.