राजनीति

    Showing 1,671-1,680 of 7,653 items.
  • नेपालको भूमि संरक्षणमा लिपुलेक सम्झौता बाधक बन्ने खतराः डा. भट्टराई

    काठमाडौं— पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालसंग कुनै परामर्श नगरी लिपुलेक नाका भएर भारत र चीनले पुनः व्यापार गर्ने सहमति गर्नु नेपाली राष्ट्रिय हितका निम्ति गम्भीर चिन्ता र चासोको विषय भएको बताएका छन् ।सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नेपालले दाबी गर्दै आएको, भारतले समेत विवादित मानेको र चीनले नेपालसँग परामर्श गरेर मात्र निर्णय गर्ने भनेको क्षेत्रमा दुई छिमेकीले एकतर्फी सम्झौता गर्नु नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठुलो चुनौती भएको धारणा राखे । उनले लेखेका छन्,‘ नेपालसंग कुनै परामर्श नगरी लिपुलेक नाका भएर भारत र चीनले पुनः व्यापार गर्ने सहमति गर्नु नेपाली

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 487 पटक पढिएको
  • पूर्वउपाध्यक्ष भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै

    काठमाडौं – पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै छिन् ।भण्डारीले सम्पर्क कार्यालयमार्फत आफ्नो प्रचारलाई अघि बढाउन लागेकी हुन् । बानेश्वरस्थित थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको ४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनिएको छ ।दिउँसो २ बजे राखिएको उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने छन् । विद्याले २०५१ सालको चुनाव प्रचार प्रसारको लागि त्यही घर प्रयोग गरेकी थिइन् ।

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 475 पटक पढिएको
  • आगामी १० गतेबाट अनशन बस्ने राप्रपाका नेता गैरेको घोषणा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) युवा नेता राजु गैरेले आगामी १० गतेबाट अनशन बस्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र खडायतले  आफूमाथि हातपात गरेको भिडियो सार्वजनिक हुदा पनि पार्टी र प्रहरीको तर्फबाट कुनै चासो नभएको भन्दै खडायतविरुद्ध कानूनी कारबाही नभएको खण्डमा आगामी भदौ १० गतेदेखि माइतीघर मण्डलामा आमरण अनशन बस्ने घोषणा गरेका हुन् । उनले भने, ‘म आगामी १० गतेबाट अनशन बस्ने घोषणा पनि गर्न चाहन्छु । मैले न्याय पाइन भने पार्टीको अनुशासन कायम गराउनका लागि, गल्ती गर्नेहरु कानुनको दायरामा

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 196 पटक पढिएको
  • मुलुकमै इटा उत्पादनमा मधेश प्रदेश सबै भन्दा अगाडि : मुख्यमन्त्री सिंह

    जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुलुकमा इटा उत्पादनमा मधेश प्रदेश अग्रणी रहेको बताएका छन् ।नेपाल इट्टा उद्योग महासंघ, मधेश प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाको आज जनकपुरधाममा उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले उखु, आँप, माछा र धान लगायतको उत्पादनमा जस्तै इटा उत्पादनमा पनि मधेश प्रदेशको योगदान प्रमुख रहेको बताए । मुलुकभर रहेका करिब १३ सय इट्टा उद्योगमध्ये ७ सय मधेश प्रदेशमा रहेको र तीमध्ये हाल ३२० भन्दा बढी उद्योग सञ्चालनमा रहेको जानकारी उनले दिए । मुख्यमन्त्री सिंहले मधेश प्रदेशवाट संघीय सरकारलाई सबैभन्दा बढी राजस्व जाने गरेको भए पनि सोअनुसार बजेट प्राप्त न

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 262 पटक पढिएको
  • प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता : उहाँमाथि विभेद भयो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्  । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले लामिछानेलाई भैरहवा पुगेर भेट्न चाहेको भए पनि समय नमिलेको कारण त्यहाँ जान नपाएको बताए ।प्रचण्डले लामिछानेको काठमाडौंको बसाइ भैरहवा कारागारको भन्दा राम्रो रहेको टिप्पणी गरे । उनले लामिछानेसँग भएको कुराकानीमा पछिल्लो समय उनीमाथि गरिएको व्यवहार र विभेदका विषयमा लामिछानेले असन्तुष्टि व्यक्त गरेको जानकारी दिए ।‘मेरै जस्तो केसमा अरूले उन्मुक्ति पाउने, अझ गम्भीर मुद्दा भएकाहरू उम्कने तर मलाई मात्र

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 242 पटक पढिएको
  • मधेश प्रदेश सरकारद्वारा जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण माग

    जनकपुर— मधेश प्रदेश सरकारले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा देखिएको लापरबाहीबारे दुई मेडिकल अधिकृत सहित चारजना स्वास्थ्यकर्मीहरूलाई स्पष्टीकरण माग गरेको छ ।मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशले अस्पतालका मेडिकल अधिकृतद्वय डा शिखा अधिकारी र डा सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिका कुमारी यादव र रन्जिता साहलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।सेवाग्राहीलाई उपचारमा समस्या भएको, सेवाप्रवाहमा लापरबाही भएको तथा स्वास्थ्यकर्मीहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको सूचनाको आधारमा स्पष्टीकर

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 538 पटक पढिएको
  • जनप्रतिनिधि नै गाउँपालिकाको कार्यालय अगाडी धर्नामा

    रौतहट— रौतहटको यमुनामाई गाउँपालिकाको कार्यालय अगाडी  जनप्रतिनिधि नै विभिन्न माग राखी धर्नामा बसेका छन् । गाउँपालिकाका वडाध्यक्षको नेतृत्वमा २१ जना निर्वाचित सदस्यहरु १३ सूत्रिय मागहरु राख्दै  धर्नामा बसेका हुन । गाउँपालिकाको सरुअठा स्थित कार्यपालिकाको कार्यालय अगाडी वडा नम्वर २ का वडाध्यक्ष सीताराम यादवको नेतृत्वमा १ देखि ५ वडाका २१ जना सदस्यहरु बुधवार विहान १० बजे देखि धर्नामा बसेका छन । संघर्ष समितिका संयोजक  समेत रहेका यादवका अनुसार गाउँपालिका अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाल समेतको मिलोमतोमा कानुन विपरित काम गरिरहेको पाइएकाले आन्दोलित हुनु परेको हो । प

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 422 पटक पढिएको
  • हृदयेश त्रिपाठी भन्छन सरकार प्रतिशोधको राजनीतिमा उत्रियो

     काठमाडौं— हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएको छ । अध्यक्ष त्रिपाठीले लामो समयपछि गौर हत्याकाण्ड घटना ब्युँत्याएर प्रतिशोधको राजनीति गर्न खोजेको बताए । “घटना दुर्भाग्यपूर्ण हो । तर, यति लामो समयपछि सरकारले घटना ब्युँत्याएर के गर्न खोजेको हो ?” उनले भने ।  दुई ठूला दल मिलेर बनेको सरकार प्रतिशोध साँध्न मात्र केन्द्रित देखिएको उनको भनाइ छ ।  यसैबीच संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समितिको बैठक बुधबार (आज) बस्दै छ । काठमाडौंको थापागाँउस्थित जनता प्रगतिशीलको कार्यालयमा साँझ ५ बजे बैठक बस्ने त्रिपाठीले जानका

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 534 पटक पढिएको
  • जसपा नेपालद्वारा जनकपुरधाममा विरोध प्रदर्शन

    जनकपुर— जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवम नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा सरकारविरुद्व प्रदर्शन गरेका छन् ।मंगलबार जनकपुरधामको जनक चोकमा सडक अवरुद्ध गर्दै उनीहरुले ओली सरकार मुर्दावाद, झुठो मुद्या खारेज गर, गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु साहलाई कारवाही गर लगायतका नारा लगाएका छन् ।जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक एवम मधेश प्रदेश सभा सदस्य रामअशिष

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 579 पटक पढिएको
  • आज पाँच वटा समितिको बैठक बस्दै

    काठमाडौं— प्रतिनिधि सभा अन्र्तगत आज पाँच वटा समितिको बैठक बस्ने भएको छ । बुधबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको पारित प्रतिवेदनमाथि थप छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । यस्तै, आज बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफल गरिने भएको छ । बैठक भने बिह

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 491 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा