राजनीति

    Showing 2,041-2,050 of 10,434 items.
  • टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए ओली

    काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन् । उनलाई ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न उनलाई अस्पताल लगिएको थियो ।मिर्गौला प्रत्यारोपणका बिरामी भएकाले उनलाई सुरुमा अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ उनलाई नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।‘रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि ओलीलाई ५०१ नम्बर बेडमा भर्ना गरिएको छ,’ अस्पताल स्रोतले बतायो ।५०१ नम्बर बेड भएको भवनसम्म लैजाँदा ओलीलाई उनकै गाडी चढाएर लगिएको थियो ।

    • प्रकाशित मितिः चैत १४, २०८२
    • 498 पटक पढिएको
  • ओली पक्राउविरुद्ध एमाले कोशीको कडा आपत्ति, आन्दोलनमा उत्रिन आह्वान

    विराटनगर— नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली को पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ ।कोशी प्रदेश कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा हालै गठित सरकारलाई “अराजनीतिक” भन्दै कथित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा ओलीलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण कदम भएको आरोप लगाइएको छ । विज्ञप्तिमा यस्तो कार्यले मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने चेतावनीसमेत दिइएको छ ।एमालेका अनुसार भदौ २३ गतेको जेनजी नवयुवाहरूको शान्तिपूर्ण आन्दोलनलाई योजनाबद्ध रूपमा हाई ज्याक गरी जन निर्वाचित सरकार र संसद विघटन गर्दै गै

    • प्रकाशित मितिः चैत १४, २०८२
    • 577 पटक पढिएको
  • ओलीको पक्राउ पछि एमालेले बोलायो आकस्मिक बैठक

    काठमाडौं— नेकपा एमालेले आकस्मिक बैठक बोलाएको छ ।एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिव महेश बस्नेतले बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाएका हन् ।बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र समसामुयीक बिसयमा छलफल गर्ने उनले बताए ।बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ ।’उनले सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौँ संख्यामा खटिएको देख्दा दुःख लागेको पनि बताएका छन् ।

    • प्रकाशित मितिः चैत १४, २०८२
    • 402 पटक पढिएको
  • सुधन गुरुङ भन्छन प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेकखलाई निययन्त्रणमा लिनु प्रतिशोध नभएको बताएका छन् ।आज सामाजिक संजालमा लेख्दै गुरुङले कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात भएको बताएका हुन् ।गुरुङले लेखेका छन्, ‘माथि कोही छैन । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।’जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णयलगत्तै गुरुङले प्रहरी परिचालन गरी ओली र लेखकलाई शनि

    • प्रकाशित मितिः चैत १४, २०८२
    • 396 पटक पढिएको
  • पक्राउ पछि केपी ओली जिल्ला प्रहरी परिसर काठमाडौंमा

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पक्राउ परेका छन् ।ओलीलाई गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याइएको छ ।शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओली र लेखकलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यससँगै ओली र लेखकलाई पक्राउ गरेको छ ।भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

    • प्रकाशित मितिः चैत १४, २०८२
    • 411 पटक पढिएको
  • मकवानपुरको महोत्सवमा सुरक्षा व्यवस्था कडा

    हेटौँडा— मकवानपुरमा सञ्चालन भइरहेको महोत्सवमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले कलाकारमाथि बियरको बोतल तथा ढुङ्गा प्रहार गर्ने एक युवकलाई नियन्त्रणमा लिएको छ ।चैत १३ गते आयोजित चर्चित गायक (सेन्ट म्यान)को कन्सर्टका क्रममा एक युवकले स्टेजतर्फ बियरको बोतल प्रहार गरेको घटना सार्वजनिक भएको थियो । उक्त घटनापछि आयोजक र प्रहरीको समन्वयमा सिसिटिभी फुटेजको आधारमा अनुसन्धान अघि बढाइएको थियो ।अनुसन्धानका क्रममा अन्दाजी २१ वर्षीय शक्ति भोलनलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्

    • प्रकाशित मितिः चैत १४, २०८२
    • 501 पटक पढिएको
  • नवगठित सरकारको ‘एक्सन मोड’ र जेन–जी आन्दोलनको राजनीतिक प्रतिफल: ओली पक्राउले राष्ट्रियतावादको गति निस्तेज हुन्छ कि पुनःपरिभाषित?

    -देवेन्द्र  के  ढुङगानाराजनीतिक बिश्लेषक काठमाडौंको सत्ता–केन्द्रमा विकसित पछिल्लो घटनाक्रमले नेपालको समकालीन राजनीति नयाँ मोडमा प्रवेश गरेको संकेत दिएको छ। जेन–जी आन्दोलनको दबाब, त्यसबाट गठित जाँचबुझ आयोगको प्रतिवेदन, र त्यसको कार्यान्वयनमा सरकारको तत्परता—यी सबैले राज्य संयन्त्र ‘प्रतिक्रियाशील’ मात्र नभई ‘निर्णायक’ बन्न खोजिरहेको देखाउँछन्। विशेषतः पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीजस्ता प्रभावशाली नेताको सम्भावित गिरफ्तारीले राजनीतिक वृत्तमा बहसको नयाँ आयाम थपेको छ।यस घटनालाई दुई तहमा विश्लेषण गर्न आवश्यक छ—पहिलो, शासन प्रणालीमा उत्तरदायित्व स्थापनाको प्रयास; दोस्रो, त्यसले उ

    • प्रकाशित मितिः चैत १४, २०८२
    • 156 पटक पढिएको
  • प्रधानमन्त्री बालेनले बनाए प्रमुख सल्लाहकार कुमार बेन सहित 'कोर टीम'

    कठमाण्डौ  ।  प्रधानमन्त्री बालेनले बनाए प्रमुख सल्लाहकारसहित कोर टीम सचिवालयमा ‘कोर टिम’ सेट: विश्वास पात्र र बालेनका रणनीतिकारहरू समेटिएका छन । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद सम्हाल्दै आफ्ना विश्वासिला पात्रहरू समेटेर सचिवालयको ‘कोर टिम’ निर्माण गरेका छन्।प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त भएका छन्, जसले मेयरको चुनावदेखि नै शाहको रणनीतिकारका रूपमा साथ दिँदै आएका थिए। राजनीतिक सल्लाहकारमा असिम शाह आएका छन्, जसले राष्ट्रिय स्वतन्त्र पार्टी सँगको एकतामा निर्णायक भूमिका खेलेका थिए। यस्तै मुख्य स्वकीय सचिवमा सुवास शर्मा, प्रशासन प्रमुखमा सुदिप ढकाल र सूचना–प्रविधि संयोजकमा

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 494 पटक पढिएको
  • स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्री बनेकी निशा मेहताले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेकी हुन् ।मधेशी क्लस्टरबाट उनी प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 543 पटक पढिएको
  • गृहमन्त्री सुदन गुरुङले गरे पदबहाली

    काठमाडौं— नवनियुुक्त गृहमन्त्री सुदन गुरुङले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् ।यसअघि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट उनी चर्चामा आएका थिए ।गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आएका सुदन गुरुङ गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका थिए ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 557 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.