राजनीति

    Showing 2,071-2,080 of 10,434 items.
  • आज बालेन शाह प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै

    काठमाडौं— आज राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री पदको शपथ गराउदै छन् । शपथअघि उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिनेछ ।जनताको प्रत्यक्ष समर्थनबाट उदाएको शक्तिका रूपमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्व सम्हाल्दै छ ।नेपालको संविधानको धारा ७६ (१) अनुसार स्पष्ट बहुमतसहित एकल सरकार गठन हुन लागेको हो, जसले लामो समयदेखि चल्दै आएको गठबन्धन राजनीतिको अभ्यासलाई चुनौती दिएको विश्लेषण भइरहेको छ ।गत प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्दै अप्रत्याशित बहुमत हासिल गर

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 613 पटक पढिएको
  • राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति काठमाडौंको असनमा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना गरेका छन् ।चैत्र शुक्ल अष्टमीको अवसरमा आयोजित रथयात्रा असन पुगेपछि राष्ट्रपति पौडेलले परम्पराअनुसार पूजाअर्चना गरेका हुन् ।राष्ट्रपति पौडेलले असनमा रथको दर्शन गरी परम्परागत विधिअनुसार पूजाअर्चना गरेका थिए । यो रथयात्रा काठमाडौंको सांस्कृतिक महत्त्व बोकेको एक महत्त्वपूर्ण पर्व हो ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 453 पटक पढिएको
  • मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने

    काठमाण्डौ  ।   मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले दिउसो १२ बजेर ३४ मिनेटमा शपथग्रहण गर्ने भएका हुन् । शपथग्रहण गरेपछि २:१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।राष्ट्रपति कार्या

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 294 पटक पढिएको
  • पार्टीमाथि भएको आक्रमणको डटेर सामना गर्न नवनिर्वाचित सांसदहरुलाई ओलीको निर्देशन

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा शपथ ग्रहणलगत्तै एमाले सांसदहरूलाई विशेष निर्देशन दिएका छन् ।बिहीबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेले राम्रो काम गरेकै कारण आफूहरूविरुद्ध आक्रमण केन्द्रित भएको भन्दै पार्टीमाथि भएका प्रहारहरूको सशक्त प्रतिवाद गर्न सांसदहरूलाई आग्रह गरेका हुन् ।ओलीले पार्टीको ‘सभ्य शैली’ले त्यस्ता आक्रमणको प्रभावकारी सामना गर्न नसकेको स्वीकार गर्दै अब त्यसमा सुधार आवश्यक रहेको बताए ।उनले भने,‘राम्रो काम गरेकाले हाम्रा विरुद्ध प्रहार केन्द्रीत भयो । प्रहार राजनीतिक हिसाबले तथ्य र तर्कमा आधारित भएन । असभ्य अपशब्द, असत्य भ्रमपूर्ण र अश्

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 583 पटक पढिएको
  • शपथपछि रास्वपाको बैठक: ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि पार्टी आन्तरिक बैठकहरूको तयारी तीव्र रूपमा अघि बढेको बताएका छन् ।उनका अनुसार आज अपराह्न ४ बजेदेखि केन्द्रीय समितिको बैठक बस्नेछ भने त्यसलगत्तै ५ बजे संसदीय दलको बैठक आयोजना गरिनेछ।‘नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणपश्चात अब राष्ट्रिय स्वतन्त्र पार्टी ४ बजेदेखि हुने केन्द्रीय समितिको बैठक तयारीमा जुटेको छ । त्यसलगत्तै ५ बजे संसदीय दलको बैठक हुनेछ,’ उनले भने ।बैठकका लागि वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । शपथ ग्रहण कार्यक्र

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 590 पटक पढिएको
  • इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

    काठमाडौं— इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट सङ्केत दिएका छन् । उनले आफ्ना निकट सल्लाहकारहरूलाई आगामी केही हप्ताभित्रै द्वन्द्व अन्त्य गर्ने लक्ष्य रहेको बताएका एक प्रतिवेदनले उल्लेख गरेको छ । यसले कूटनीतिक समाधानतर्फ अमेरिका झुकिरहेको सङ्केत गर्छ ।वाल स्ट्रिट जर्नलको प्रतिवेदनअनुसार, यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै ट्रम्पले निजी रूपमा द्वन्द्व अन्तिम चरणमा पुगेको विश्वास व्यक्त गरेका छन् । उनले सार्वजनिक रूपमा उल्लेख गरिसकेको चारदेखि छ हप्ताको समय सीमाभित्रै समाधान निकाल्नुपर्नेमा जोड दिएको बताइएको छ । यो समयसीमा सम

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 543 पटक पढिएको
  • नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

    काठमाडौं— प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यहरुलाई शपथ गराएका हुन् ।नवनिर्वाचित सासंदहरु थरीथरी भेषभूषामामा शपथ लिन सिंहदरबारस्थित संसद् भवनको हलमा पुगेका थिए ।प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सदस्यले प्रतिनिधिसभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 550 पटक पढिएको
  • नयाँ संसद्, नयाँ सुरुवातः शपथका लागि सिंहदरबारतर्फ सांसदहरूको लर्को

    काठमाडौं— फागुन २१ को निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरू शपथ ग्रहणका लागि सिंहदरबारतर्फ जुट्न थालेका छन्। दिउँसो २ बजे तय गरिएको कार्यक्रमका लागि बिहानैदेखि सांसदहरूको आवागमन तीव्र बनेको छ।यसपटक प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सांसद निर्वाचित भएका छन्। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट यसअघि नै शपथ लिइसकेका छन् र आज बाँकी सदस्यहरूलाई उनले नै पद तथा गोपनीयताको शपथ गराउनेछन्।संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख चयन नभएसम्म सभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ, जसअनुसार आजको शपथ प्रक्रिया अघि बढ्न लागेको हो।भदौ २३–२४ को जेनजी विद्रो

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 533 पटक पढिएको
  • शपथलगत्तै एमाले सांसदलाई च्यासल बोलाइयो

    काठमाडौं— नेकपा (एमाले) का नवनिर्वाचित सांसदहरूलाई पार्टी मुख्यालय च्यासलमा बोलाइएको छ । शपथलगत्तै ३ बजे सांसदहरूलाई निम्त्याइएको हो ।राष्ट्रियसभाका सांसदहरूलाई समेत बोलाइएको उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदमा पार्टीको भूमिका र समसामयिक विषयमा ब्रिफिङसहित विशेष निर्देशन दिने बताइएको छ ।हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा एमालेबाट प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ जना सांसद निर्वाचित भएका छन् ।आज २ बजे नवनिर्वाचित सांसदको शपथपछि सिंहदरबाट सिधै पार्टी कार्यालय जाने एक सांसदले बताएका छन् ।

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 598 पटक पढिएको
  • कांग्रेस अहिले जटिल र चुनौतीपूर्ण अवस्थामा पुगेको छः डा.महत

    काठमाडौं— नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले पार्टी अहिले जटिल र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् ।बिहीबार एक भिडियोमार्फत नेता डा।महतले नेपाली कांग्रेस चुनौतीपूर्ण अवस्थामा रहेकाले राजनीतिक चुनौतीलाई मध्य नजर गरेर समग्र पार्टीपंङ्ती एकीकृत हुन आग्रह समेत गरेका हुन् ।उनले भने, ‘अहिले नेपाली कांग्रेस पार्टी जटिल र चुनौतीपूर्ण अवस्थामा छ । कांग्रेसले ३८ सिट मात्र ल्याएको छ । यो अहिलेसम्मकै अत्यन्तै न्यून सङ्ख्या हो । राजनीति चुनौतीलाई मध्य नजर गरेर समग्र पार्टीपंङ्ती एकीकृत हुन जरुरी छ ।’जबसम्म पार्टीमा मानसिक र भौतिक रूपमा एकीकृत सकिदैन तबसम्म पार्टी बलियो हुन नसक्ने उनको भनाइ थिय

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 489 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.