राजनीति

    Showing 2,071-2,080 of 7,672 items.
  • आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड

    काठमाडौं, ४ साउन । आफ्ना ‘राजनीतिक गुरू’ मोहन बैधको स्वास्थ्यस्थिति बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टोखा पुगेका छन् ।प्रचण्डले आज नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ लाई उनको निवास टोखा पुगी स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका हुन् ।सो क्रममा बैधको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको प्रति खुशी व्यक्त गर्दै पूर्ण स्वास्थ्य लाभको कामनासमेत गरेको  प्रचण्डको सचिवालयले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 183 पटक पढिएको
  • रूपन्देहीमा हुने उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक

    रूपन्देही- प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, रूपन्देहीमा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ।त्यसपछि सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा मनोनयन दिएका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ। उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कायम गरिएको छ।उजुरीको जाँचबुझ तथा मनोनयन पत्रको निर्णय असोज २२ गते ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म ग

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 316 पटक पढिएको
  • राष्ट्रिय विधि, विज्ञान प्रयोगशालालाई सरकारले सहयोग गर्छ, हस्तक्षेप गर्दैन : मन्त्री पन्त

    काठमाडौं – शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा सरकारले लगानी गरेपनि प्रयोगशालाको दैनिक काममा मन्त्रालयको हस्तक्षेप नरहने बताएका छन् । आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले प्रयोगशालामा सरकारले लगानी गर्ने तर हस्तक्षेप नगर्ने बताएका हुन् । मन्त्री पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमा आएका प्रस्तावहरु ठिक रहेको धारण व्यक्त गरे । उनले भने,‘ ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिकी काममा मन्त्रालयले हस्तक्षेप नगर्ने ढङगले काम गर्छ । तर यसमा लगानी नेपाल सरकारले गर्ने रसरकारसँग सम्बन्धित विभिन्न निकायका

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 309 पटक पढिएको
  • शेखर कोइराला आफू निकटका मन्त्री तथा सांसदहरूसँग छलफल गरे

    काठमाडौं— नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकटका सांसदलाई छलफलका लागि बोलाएका छन् ।दरबारमार्गस्थित होटल याक एण्ड यतिमा कोइरालाले आइतबार बिहान र दिउँसो समूह/समूहमा बेग्लाबेग्लै रूपमा आफूनिकट मन्त्री र सांसदहरूसँग छलफल गरेका हुन्।यसअघि उनले पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनीहरूको निवासमै गएर भेट गरेका थिए ।केपी शर्मा ओली नेतृत्वको संघीय सरकारको कामकारबाहीप्रति कोइरालाले असन्तुष्टी जनाउँदै आएका छन् । ओली नेतृत्वको सरकारमा कोइरालाले पक्षबाट ४ जना मन्त्री सहभागी छन् ।कोइराला समूहको आन्तरिक छलफलमा सरकारमा सामेल कांग्रेसका मन्त्रीहर

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 551 पटक पढिएको
  • अन्तर्राष्ट्रिय रियालिटी शोमार्फत नेपालीहरुले प्रतिभा देखाउन अवसर पाएका छन् : सभामुख

    काठमाडौं – सभामुख देवराज घिमिरेले इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सञ्चालित अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’र ‘मेरो डान्स युनिभर्स’मा सहभागी कलाकारहरूसँग साक्षात्कार गरेका छन् । विभिन्न मुलुकबाट नेपाल आएका कलाकारहरूसँगको कार्यक्रममा उनले नेपाली कला, संस्कृति र संस्कारको महत्वमाथि जोड दिएका हुन् ।सभामुख घिमिरेले भने, ‘हामी जुन मुलुकमा जन्मियौं, त्यसको एउटा पहिचान हाम्रा संस्कार, संस्कृति, कला र साहित्य हुन् । यी सबैले हामीलाई संसारको जुन ठाउँमा भए पनि आपसमा जोडिराख्छ ।’उनले अन्तर्राष्ट्रिय नेपाली रियालिटी शोले नेपाली युवाहरूमा रहेको

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 277 पटक पढिएको
  • निर्माता विशाल भण्डारीको प्रधानमन्त्री ओलीलाई गुहार: 'एनआरएन साझेदारबाट दुःख पाएको छु'

    काठमाडौं — कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ र ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का निर्देशक तथा निर्माता विशाल भण्डारीले आफूलाई एक गैरआवासीय नेपाली (एनआरएन) साझेदारबाट आर्थिक तथा मानसिक रूपमा दुःख दिइएको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यायको माग गरेका छन्।आइतबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै भण्डारीले लामो स्टाटस लेख्दै आफ्नो अनुभव सार्वजनिक गरेका छन्। उनले एक एनआरएन साझेदारले सम्झौताविपरीत पैसा माग्दै, पहुँचको दुरुपयोग गर्दै आफूलाई मानसिक तनावमा राखेको बताएका छन्।भण्डारीका अनुसार करिब १९ महिनाअघि ती एनआरएन साझेदारले ३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 426 पटक पढिएको
  • प्रधानमन्त्री ओली भदौ ३१ मा भारत भ्रमणमा जाँदै

    काठमाडौं— अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पक्का भएको छ । उनी भदौ ३१ गते भारत भ्रमणमा जाने भएका हुन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट १ असोजमा काठमाडौं फर्कने छ । सम्भवतः यो अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ ।२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन।

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 523 पटक पढिएको
  • संविधान सर्वोत्कृष्ट, दोष निर्वाचन प्रणालीमा होइनः कांग्रेस सहमहामन्त्री यादव

    विर्तामोड— नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्रकुमार यादवले वर्तमान संविधानलाई सर्वोत्कृष्ट भन्दै यसको विशेषताबारे चर्चा गरेका छन। कांग्रेस झापाद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संसदमा सबै जात, वर्ग, लिङ्ग र क्षेत्रको समावेशी प्रतिनिधित्व देखिएको संविधानलाई ‘फूलबारी’को संज्ञा दिए।“समतामूलक सहभागिता, मिश्रित प्रणाली र सबैको प्रतिनिधित्व संविधानको प्रमुख विशेषता हो,” नेता यादवले भने, “संविधानकै कारण बहुमत आउन सकेन भन्नु गलत हो। पार्टीभित्रको अन्तरघात, जनमुखी कार्यक्रमको अभाव र नेताहरुबीचको इष्र्या–इगो नै हारको मुख्य कारण हो।”निर्वाचन प्रणालीमा

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 453 पटक पढिएको
  • ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा भेट हुँदै, एमाले राजनीतिमा चासो बढ्दै

    काठमाडौं — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी राजनीतिमा सक्रिय भइसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार भेटवार्ता हुने भएको छ। उक्त भेटवार्ता दिउँसो ३ बजे पार्टी मुख्यालय च्यासलमा तय गरिएको छ।पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा पुनः प्रवेशको विषयमा हालै बसेको एमाले सचिवालय र पोलिटब्यूरो बैठकमा व्यापक छलफल भएको थियो। बैठकमा अधिकांश नेताहरूले अध्यक्ष ओली स्वयंले भेट गरेर छलफल गर्नुपर्ने सुझाव दिएपछि यो भेट तय गरिएको हो।भण्डारीले गत असार १४ गते ७४औं मदन जयन्तीको अवसरमा एमालेको सक्रिय राजनीतिमा फर्किने संकेत दिँदै पार्टी सदस्यता नवीकरण गरेको खुलासा गरेकी थिइन्। त्यस

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 249 पटक पढिएको
  • विपदबाट बच्न प्रधानमन्त्री ओलीको अनुरोध

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विपदबाट बच्न अनुरोध गरेका छन्।आइतबार मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न ठाउँमा भारी वर्षाको पूर्वानुमान गरेपछि  उनले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् विपदबाट बच्न  अनुरोध गरेका हुन् । अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन समेत दिए । उनले लेखेका छन्,‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 324 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा