राजनीति

    Showing 401-410 of 7,612 items.
  • सरकारी टोलीद्वारा जनमत पार्टी कार्यालयको अनुगमन

    काठमाडौं— सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जनमत पार्टी कार्यालयको अनुगमन गरेको छ। बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले मध्यबानेश्वरस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो।अनुगमनका क्रममा जनमत अध्यक्ष सीके राउतलगायतका नेताहरूसँग छलफल समेत गरेका छन्। अनुगमन पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारमन्त्री जगदीश खरेलले जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा रहेको बताए।उनले भने, ‘चुनावको वातावरण तयार गर्नको लागि सरकारको तर्फबाट हामी महत्वपूर्ण मुख्य राजनीतिक दलहरुको पार्टी कार्यालयमै आएर छलफल र क

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 367 पटक पढिएको
  • पूर्व गृहमन्त्री लेखक बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै

    काठमाडौं— जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गर्दैछन्।आयोगलाई दिइने बयानबाट परामर्श गर्न लेखक आज सभापति देउवालाई भेट्न उनी बस्दै आएको महाराजगञ्जस्थित निवास जाँदै छन्।महाराजगञ्ज स्रोतले नेता लेखकलाई छलफलका लागि बोलाइएको पुष्टि गरेको छ। तर, समय भने खुलाइएको छैन। ‘छलफलका लागि आउने कुरा छ। आउनुहुन्छ’, स्रोतले भन्यो।विशेष अदालतका तत्कालीन पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो।

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 365 पटक पढिएको
  • सरकारी टोलीद्वारा जनमत पार्टी कार्यालयको अनुगमन

    काठमाडौं— सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जनमत पार्टी कार्यालयको अनुगमन गरेको छ ।बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले मध्यबानेश्वरस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो ।अनुगमनका क्रममा जनमत अध्यक्ष सीके राउतलगायतका नेताहरूसँग छलफल समेत गरेका छन् । अनुगमन पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारमन्त्री जगदीश खरेलले जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा रहेको बताए ।उनले भने, ‘चुनावको वातावरण तयार गर्नको लागि सरकारको तर्फबाट हामी महत्वपूर्ण मुख्य राजनीतिक दलहरुको पार्टी कार्यालयमै आएर छलफल

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 371 पटक पढिएको
  • प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

    काठमाडौं—  अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै उनले राजधानीको माइतीघरमा आन्दोलन सुरु गरेको जेनजी अभियन्ता अजय सोडारीले जानकारी दिए । जेनजीको एक समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भनेर आन्दोलन गरिरहेको बेला भुसालले पनि आमरण अनसन थालेका हुन् । मिराज ढुंगाना नेतृत्वको संयुक्त जेनजी आन्दोलनले माइतीघरमै सरकार लक्षित आन्दोलन गर्दै आएको छ । सो आन्दोलनमा समेत भुसाल देखिएका थिए । 

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 369 पटक पढिएको
  • झलनाथ खनालकी पत्नीको स्वास्थ्य बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधबार बिहान खनालकी धर्मपत्नीलाई भेटर उनीहरुले स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।गत साता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक कमरेड डल्लुस्थित निवासमा पुगेका थिए।चित्रकारको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको छ र थप सुधारका लागि उपचारको क्रममा रहेको जानकारी नेता खनालले जानकारी दिए ।

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 361 पटक पढिएको
  • सर्वोच्चमा प्रतिनिधिसभा निर्वाचन रोकथाम माग गर्दै पूरक रिट आज पेसी

    काठमाडौं—  निवर्तमान सांसदहरूले प्रतिनिधिसभा निर्वाचन रोक्न सर्वोच्च अदालतमा दायर गरेको पूरक रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ ।नेपाली कांग्रेसका ६५ सांसद (पहिलेका ८ सहित) र अन्य तीन सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमा संविधानको रक्षा र निर्वाचनको वैधानिकता सम्बन्धमा विवाद उठाइएको छ । पूर्वमहान्यायाधिवक्त खम्मबहादुर खातीको वारेस मार्फत दायर रिटमा असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्री सुशीला कार्की र उनको नेतृत्वको सरकारले सञ्चालन गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचन रोक्न माग गरिएको छ।यसअघि मंसिर २३ गते कांग्रेसका ८ सांसद र मंसिर १० गते एमालेका ७५ सांसदले संसद पुनस्र्थापनाका लागि रि

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 345 पटक पढिएको
  • सार्वजनिक नीति समितिको बैठक आज, अध्यागमन कानुन केन्द्रमा

    काठमाडौं— संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमनसम्बन्धी कानुन र त्यसअन्तर्गत बनेका प्रत्यायोजित विधायनको समीक्षा गर्ने भएको छ ।समितिको आज बस्ने ३११ औं बैठकमा अध्यागमन ऐन, २०४९ तथा सो ऐनअन्तर्गत जारी गरिएका प्रत्यायोजित विधायनबारे तयार पारिएको अध्ययन प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । अध्यागमन प्रणाली, कानुनी स्पष्टता र कार्यान्वयनको अवस्थाबारे समितिले गहिरो समीक्षा गर्ने अपेक्षा गरिएको छ ।समितिको बैठक बुधबार बिहान ११ः१५ बजे संघीय संसद सचिवालयस्थित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल (काठ घर नं. ४) मा बस्नेछ ।छलफलमा संविध

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 345 पटक पढिएको
  • राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग

    काठमाडौं— निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई एकसाथ तीव्र बनाएको छ ।आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ भने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।समानुपातिकतर्फ सहभागी हुन इच्छुक राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने समय सीमा नजिकिँदै गर्दा आयोगले आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी अघि बढाएको जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ९३ राजनीतिक दलले समानुपातिक सूचीमा रहन निवेदन दिएका छन् ।

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 351 पटक पढिएको
  • चुनावको तयारीबारे छलफल गर्न आज रास्वपा, राप्रपा र जनमतसँग सरकार

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले राजनीतिक दलहरूसँग प्रत्यक्ष संवादलाई तीव्र बनाएको छ ।चुनावी वातावरण अनुकूल बनाउन गठन गरिएको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीका केन्द्रीय कार्यालयमा पुगेर अनुगमन तथा छलफल गर्ने भएको हो ।बुधबार सरकारी टोलीले दलहरूसँग निर्वाचनको तयारी, राजनीतिक वातावरण र सहकार्यका सम्भावनाबारे प्रत्यक्ष रूपमा छलफल गर्ने जनाएको छ । समितिको तालिकाअनुसार बिहान ११ बजे जनमत पार्टी, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपाको कार्यालयमा पु

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 360 पटक पढिएको
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं— आज नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।आजको बैठकमा पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ महाधिवेशन, आगामी माघ ११ हुने राष्ट्रियसभाको निर्वाचन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।मुख्यसचिव पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुकोे उपस्थितिका लागि अनुरोध गरिएको छ ।

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 353 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा