राजनीति

    Showing 4,791-4,800 of 9,622 items.
  • दाहाल भन्छन गणतन्त्र पक्षधरको सरकार बन्ने ढोका खुल्यो

    काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका छन् । आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले अहिले सडकभन्दा पनि सरकारमा समस्या देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्नका लागि गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका हुन् । यसका निम्ति प्रारम्भिक छलफलसमेत सुरु भइसकेको उनले दाबी गरे । दाहालले गणतन्त्र पक्षधरको सरकार बनाउने प्रक्रियामा एमाले भन्दा कांग्रेससँग बढी छलफल हुने जिकिर गरे । सांसद दाहालले अबको सहकार्य गणतन्त्रविरोधीसँग नहुने र गणतन्त्र पक्षधर एक ठाउँमा उभिएर सह

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 333 पटक पढिएको
  • रास्वपाले सचिवालयको बैठक बोलायो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।आज अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक पार्टी कार्यालय बनस्थलीमा बस्ने तय भएको छ ।बैठकमा पार्टी गतिविधि र समसामयीक राजनीति, आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदन, केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्तावलगायतका एजेन्डा रहेका कार्यवाहक प्रवक्ता झाले बताए ।यसका साथै पार्टी नियमित गतिविधिबारे छलफल गर्नुका साथै अघिल्लो बैठकहरूको समीक्षासमेत हुने झाले बताए ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 407 पटक पढिएको
  • आरजुलाई विष्णु रिजालले भने– लोकलाजको ख्याल गर्नुपर्छ

    काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लोकलाजको ख्याल गर्न सुझाव दिएका छन् । आइतबार  सामाजिक सञ्जालमार्फत उनले भारतले आयोजना गर्ने राइसिना डाइलगमा पराष्ट्रमन्त्री १५ मिनेट बोल्नका निम्ति ६ दिनदेखि कुरेको भन्दै कटाक्ष गरेका हुन् ।“परराष्ट्रमन्त्री डा.आरजु देउवा छ दिनदेखि भारतमा हुनुहुन्छ । भारतले आयोजना गर्ने राइसिना डाइलगमा बोल्नका लागि उहाँलाई बढीमा १५ मिनेट समय मिल्ला । अघिल्लोपटक परराष्ट्रमन्त्री एनपी साउदले अरू चारजना प्यानलिस्टसँगै एक घण्टाको प्यानलमा बोल्न पाँच दिन खर्चिनुभएको थियो । त्यसपछिका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 501 पटक पढिएको
  • रेसुङ्गा क्याम्पसको स्ववियुमा सबै पदमा निर्विरोध

    काठमाडौं— गुल्मीको तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को कमिटी नै निर्विरोध भएको छ ।स्ववियु सभापतिमा सुदीप खत्री निर्विरोध निर्वाचित भएका छन् । नेविसंघका खत्री नेतृत्वमा सबै पदमा निर्विरोध निर्वाचित भएको रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले बताए ।सचिवमा अनेरास्ववियुका निशान टण्डन, कोषाध्यक्षमा नेविसंघका विश्वास बञ्जाडे निर्विरोध निर्वाचित भएका छन् ।सदस्यहरुमा नेविसंघबाट अनिता पाण्डे, खुमबहादुर खत्री, अनेरास्व्वियु क्रान्तिकारीबाट सागर सुनार, अनेरास्ववियुबाट सन्तोष भण्डारी, नेविसंघबाट सुश्मा पन्थी निर्विरोध न

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 227 पटक पढिएको
  • अध्यक्ष नेपाल भन्छन् वंशको आधारमा लुट्नेहरूले देश चलाउन सक्दैनन्

    काठमाडौ— नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुने बताएका छन् ।समाजवादी मोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश जान नहुने बताए। पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेपालले वंशको आधारमा देश चलाउँछु भन्नेहरूले देशलाई लुट्न मात्रै जानेको बताए।  ‘अब यो वंशको शासनको कुरा छाडिदिनुस् । तिनीहरूले न त्याग, तपस्या र बलिदान गरेका छन् । देशलाई लुट्न मात्रै जानेका छन्। लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्ने होइन,’

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 358 पटक पढिएको
  • प्रतिनिधिसभाक बैठक आज बस्दै

    काटमाडौं— आइतबार (आज) प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवनमा बैठक बिहान ११ बजे बैठक बस्नेछ।आजको बैठकका लागि तीनवटा सम्भावित कार्यसूची तय भएको छ।  बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।त्यस्तै उपप्रधानमन्त्री पौडेलले नै ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गर्नेछन्।यसैगरी  ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस्’ भन्

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 268 पटक पढिएको
  • प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

    काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । शनिबार बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको निर्णयअनुसार चैत १५ गतेसम्म बस्ने बैठकको क्यालेन्डर तयार गरिएको हो । क्यालेन्डरअनुसार अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी ७ दिन बैठक बस्ने छ । बैठकले भोलि ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ । आज (आइतबार) बस्ने बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरि

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 426 पटक पढिएको
  • समाजवादी मोर्चाले यही चैत १५ गते जनप्रदर्शन गर्ने

    पाटन (ललितपुर) । समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पछिल्लो समय देखिएको अन्योलता र नेपाली जनताका अधिकार कुण्ठित हुने अवस्थाविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले जनप्रदर्शन गर्ने निर्णय भएको जानकारी दिए ।पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समावेशी र समानुपातिक व्यवस्थाका पक्षधरले आमजनतालाई आफ्नो कुरा भन्नका लागि कार्यक्रम आयोजना गरिएको बताए । ‘पछिल्लो पटक सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध केही राम्रो का

    • प्रकाशित मितिः चैत २, २०८१
    • 328 पटक पढिएको
  • आगामी चुनावमा माओवादी एक्लै लड्छ र जित्छः प्रचण्ड

    काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी निर्वाचनमा जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जाने बताएका छन् ।  शनिबार राजनैतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादी आगामी निर्वाचनमा कांग्रेस, एमालेसँग समिकरण नगर्ने बताएका हुन् । उनले भने, ‘अब आउने दिनमा माओवादी केन्द्रले नेपाली कांग्रेस, एमालेसँग समिकरण गर्ने कुरालाई हैन आफ्नै खुट्टामा उभिएर आफ्नै जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जानेछ । हिजो ०६४मा जसरी आफ्नै एजेण्डाको बलमा आफ्नै जनताको तागतमा गएका थियौं अब एकचोटि फेरी हामी आफ्नै जनता र  वर्गतिर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष

    • प्रकाशित मितिः चैत २, २०८१
    • 430 पटक पढिएको
  • राप्रपा कार्यकर्ताले जलाए प्रचण्डको तस्वीर

    काठमाण्डौ  ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (राप्रयुसं) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर जलाएको छ ।शनिबार मकवानपुरमा आयोजित जिल्ला अधिवेशनमा राप्रयुसंका निराजन बमले कार्यक्रम मञ्चमै पूर्व प्रधानमन्त्री प्रचण्डको तस्वीर जलाएका हुन् । कार्यक्रममा मकवानपुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहलगायत नेताहरू उपस्थित थिए ।हेटौँडामा प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको अधिवेशनको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्

    • प्रकाशित मितिः चैत २, २०८१
    • 567 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.