काठमाडौं / संघीय संसद प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे आज बस्दै छ । संसदको दशौँ अधिवेशनको पाँचौँ बैठक आज बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व.२०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।त्यस्तै आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा छ । तर, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन । यसअघि बिहीबार साँझ बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमसिसी आज संसदमा टेबल नगर्ने निर्णय गरेको थियो ।सत्ता गठबन्धनमा कांग्रेस एमसिसी टेबल गर्ने पक
काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले आज गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज विहान १० बजेका लागि बैठक बोलाएका हुन् ।यसअघि बिहीबारको बैठकमा एमसीसीका विषयमा सहमति जुट्न सकेको थिएन । बैठकमा सहमति नजुटेपछि पुनः छलफल गर्ने भन्दै नेताहरू बैठकबाट बाहिरिएका थिए ।प्रधानमन्त्री देउवा एमसीसी संसदबाट पारित गराउने पक्षमा छन् । नेकपा माओवादी केन्द्र र नेकपा एस त्यसको विपक्षमा रहेका छन ।
काठमाडौं/ एमसीसीको विरुद्धमा ८ दलले आज (शुक्रबार ) पनि देशभर विरोध प्रदर्शन गर्ने भएको छ । राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध आन्दोलनरत ६ कम्युनिष्ट पार्टी र २ मोर्चाको बिहिबार नेकपाको केन्द्रीय कार्यलय बुद्धनगरमा बसेकोले यस्तो निर्णय गरेको हो ।यहि फागुन ४ गतेको आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क गर्न र आन्दोलनका क्रममा गिरफ्तारगरि हाल हिरासतमा राखिएका मंगल तामाङलाई बिनाशर्त तुरुन्त रिहा गर्न आन्दोलनरत ८ दलले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।त्यस्तै,काठमाडौंको बानेश्वरमा ८ दलले शुक्रबार मध्याह्न १२ बजे संयुक्त विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको
काठमाडौं / नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको छ ।विहीबार अनेरास्ववियुले झापा जिल्लास्थित गिरीबन्धु टी–स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर ३०० विघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन भूमिव्यवस्थामन्त्री पद्मा अर्यालविरुद्ध उजुरी दर्ता गरेको हो ।त्यस्तै स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमिता भएको भन्दै सीसीएमसीका तत्कालीन संयोजक इश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध पनि उजुरी दर्ता गरिएको अनेरास्वविय
काठमाडौं / नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १५ गते चुनाव हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार यसअघि फागुन १३ गते गर्ने भनिएको अधिवेशन दुई दिनपछि गर्ने निर्णय गरेको हो।निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन चलिरहेको, १३ गते महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले अधिवेशन दुई दिन पर सारिएको बताएका छन् । उनका अनुसार अधिवेशन हुन बाँकी वडा र पालिकाको चुनाव फागुन १० गतेसम्म गरिसक्ने निर्णय पनि भएको छ।मधेश प्रदेशका ८ जिल्लासँगै सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेसको जिल्ला कार्यसमिति चयन गर्न
काठमाडौं / आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो ।आयोगले जारी गरेको सूचना अनुसार आजबाट फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ । दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।दल दर्ताका लागि निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिन्हको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात तथा विवरण पेस गर्नुपर्ने छ ।
काठमाडौं / एमसीसी सम्झौता अनुमोदनका लागि सदनमा लैजाने निर्णय गर्न आज( बिहिवार) मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेपछि बस्ने मन्त्रिपरिषद बैठकले एमसीसी सम्झौता संसदमा अनुमोदनका लागि लैजान विषयमा निर्णय गर्ने बुझिएको हो ।बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज दिउँसो ३ बजे सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको थियो । तर, त्यो भन्दा पहिला मन्त्रिपरिषदको बैठक बस्ने भनि प्रधानमन्त्री देउवाले समय मागेपछि सत्तारुढ दलका शीर्ष नेताको बैठक ५ बजेका लागि सारिएको छ ।
झापा / बिर्तामोडमा सी एफ एन कफन पूर्वाञ्चल डिभिजन कार्यलयको उद्घाटन गरिएको छ । राजसंस्था, साम्यवाद र नेपाल एकीकरण जस्ता नाराका साथमा अगि बढेको विद्रोही सङ्गठनले अहिलेका दर्ता गरेका गणतान्त्रिक पार्टी मासेर एक दलीय कफन राज्य सत्ताले राजा घोषण गर्ने छ र राजाले चुनाब आव्हान गरे पछि मात्र संगठन दर्ता गर्ने कफन पूर्वाञ्चल डिभिजनमा प्रमुख बृज किशोर ठाकुरले बताए । बुधबार सम्पन्न कार्यक्रममा सङ्गठनकी मेची अञ्चलकी संयोजक लिला राईले स्वागत गरेकी थिइन । कोसी अञ्चल संयोजक गणेश दाहालले सञ्चालन गरेको कार्यक्रममा १५० मनिसको सहभागिता रहेको थियो ।
काठमाडौं / सत्तारुढ गठबन्धन दलको ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ ।बिहीबार (आज) बिहान नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेबहादुर देउवा र नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । एमसीसीबारे निर्णय लिन सत्तारुढ गठबन्धनको बैठक बस्नुअघि दुई नेताबीच छलफल भएको हो । बिहानको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवा आगामी प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्न चाहन्छन् भने प्रचण्ड सहमति कायम गरेरमात्र अगाडि बढाउने अडानमा छन् । प्रधानमन्त्रीले जबरजस्ती एमसीसी
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.