राजनीति

    Showing 4,801-4,810 of 10,435 items.
  • भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नगर्दा विरोध जनाउन बाध्य छौं : सांसद कंसाकार

    काठमाडौं – राष्ट्रिय स्वातन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले आजका मितिसम्म भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नै नगरिएकोमा विरोध र आपत्ति रहेको बताएकी छन् ।बुधबार प्रतिनिधि सभाको बैठकमा उनले टिभिको श्रृंखला जस्तो हरेक दिन भ्रष्टाचारको नाङ्गो समाचार आइरहेको भन्दै यस्तो अवस्थामा पनि यसलाई हटाउने आँट नदेखिएको मात्र होईन, ठोस पहल नै नगरिएको बताईन् ।उनले रास्वपाको माग यथावत रहेको र आन्दोलन जारी रहेको पनि बताईन् ।  उनले भनिन्, ‘टिभिको श्रृंखला जस्तो हरेक दिन भ्रष्टाचारको नाङ्गो समाचार आइरहेका छन् । ७८ लाखको काण्ड सेलायो, ३२ लाख वाला मन्त्री अझै यतै छन् छानबिन र कारबाही

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 320 पटक पढिएको
  • मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

    काठमाडौं –  मधेश प्रदेशका आठ वटै जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।मधेश प्रदेशका जिल्लाहरुमा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानीको चरम अभाव हुनुको साथै नदी तथा कुलोहरुमा पानीको कमीले सिँचाई प्रणालीमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणाका लागि प्रस्ताव पेश गरिएको थियो ।मधेश प्रदेश सरकारले मंगलबार (हिजो) संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । म

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 309 पटक पढिएको
  • प्रधानमन्त्रीको संसदमा गरिने विशेष सम्बोधन सर्‍यो

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा गर्ने भनेको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ ।‘आज ७ गते दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्रीबाट हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको र कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर यथावत् रहेको जानकारी गराउन चाहन्छु’, एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।यद्यपि अर्को कुन दिन भन्ने बर्तौलाले खुलाएका छैनन् । प्रधानमन्त्रीको तयारी नपुगेर सम्बोधन स्थगित भएको बताइएको छ ।  प्रधानमन्त्रीसँगको प्रश्नोत्तर भने यथावत् रहेको बताइएको छ ।

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 467 पटक पढिएको
  • मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक

    काठमाडौं— साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक भएका छन् । बुधबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकको निर्णय सार्वजनिक गरेका हुन् । बैठकले राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थीलाई भुटान भ्रमणको स्वीकृति दिने, विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने, गृहमन्त्री रामनाथ अधिकारीको इथियोपिया भ्रमण स्वीकृत गर्नेलगायतका निर्णय गरेको छ ।

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 643 पटक पढिएको
  • सीमा व्यवस्थापन तथा सहकार्यका नाममा भइरहेको ‘सन्धि र समझदारी’माथि एमालेको आपत्ति

    काठमाडौं  – नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठक च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार राति सम्पन्न भएको छ ।बैठकले आत्मसमीक्षा, सांगठनिक सुधार र वैचारिक स्पष्टताको आवश्यकतासँगै जनताबीच दूरी घटाउने कार्यक्रमलाई सशक्त ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ ।एमालेले पछिल्लो समय भारतसँग गरिएको भू सर्वेक्षण, सीमा व्यवस्थापन तथा सहकार्यका नाममा भइरहेको ‘सन्धि र समझदारी’माथि गम्भीर आपत्ति जनाउँदै नेपाली राष्ट्रियताको पक्षमा प्रष्ट अडान लिएको छ । पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको स्पष्ट गर्दै पनि राष्ट्रहित विपरीत हुने कुनै पनि निर्णय मान्य नहुने बताएको छ । एमा

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 385 पटक पढिएको
  • ‘पार्टी स्टालिन शैलीमा चल्दैछ’ भन्दै पाण्डे आक्रोशित, ओलीको जवाफ – ‘म स्टालिन हो?’

    काठमाडौं – नेकपा (एमाले) को केन्द्रीय कमिटीको समापन बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच कडा बहस भएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा पुनः सक्रिय हुन नदिन गरिएको निर्णयलाई लिएर बैठक तनावपूर्ण बनेको हो।अध्यक्ष ओलीले पार्टी विधान र संविधानका विभिन्न धाराहरू उद्धृत गर्दै भण्डारीलाई राजनीतिमा फर्कन नदिने निर्णय बैठकमा प्रस्तुत गरे। उनले भने, “आजको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई पार्टीमा नफर्कन, बरु आफ्नो गरिमा अनुरूप सल्लाहकार र अभिभावकको भूमिकामा बस्न आग्रह गर्ने निर्णय गरेको छ।”ओलीको उक्त निर्णयपछि उपाध्यक्ष पाण्डेले तत्का

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 748 पटक पढिएको
  • वामदेव गौतम भन्छन् मलाई कार्यक्षेत्र नदिए पार्टीमा बस्न सक्दिनँ

    काठमाडौं— एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले पार्टीले आफूलाई काम नदिए लामो समयसम्म पार्टीमा नबस्ने बताएका छन् ।बुधवार कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवस कार्यक्रममा बोल्दै गौतमले आफूलाई कुनै पद नचाहिएको, तर कामसहितको जिम्मेवारी दिनुपर्ने माग गरे ।उनले पार्टीले कामसहितको पद सिर्जना गरेर जिम्मेवारी दिनुपर्ने बताउँदै कामविनाको पद आफूलाई स्वीकार्य नहुने स्पष्ट पारे ।गौतमले भने, “मलाई पद चाहिँदैन, काम चाहिन्छ । काम दिन कस्तो पद बनाउनुपर्छ, त्यो बनाएर जिम्मेवारी दिनुस् । यदि पद मात्र दिनुहुन्छ, तर काम दिनुहुन्न भने म लामो समय पार्टीमा बस्न सक्दिन । मलाई एउटा जिल्ला, दुई जिल्ला, आ

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 517 पटक पढिएको
  • सार्वजनिक सडक सीमा भित्रका संरचना आफैं हटाउन काठमाडौं महानगरपालिकाको आग्रह

    काठमाडौं – काठमाडौंको जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक केन्द्र र आसपास दायाँबायाँ दुबै तर्फ १५÷१५ मिटरको सडक सीमा भित्र पर्ने संरचना हटाउन काठमाडौं महानगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ ।नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिति २०७८÷१०÷१६ मा प्रकाशित राजपत्र अनुसार र सडक विभागको निर्देशन अनुसार स्थानीय सरकारसँग समन्वयमा काठमाडौं महानगरपालिकाले मिति २०८२÷०४÷०६ मा सूचना प्रकाशन गरी तीन दिनभित्र सो क्षेत्रमा पर्ने सबै संरचना, पसल, टहरा, पर्खाल, सवारी साधन आदि हटाउन सूचित गरेको हो ।सूचनामा सार्वजनिक सडक ऐन २०३१ को दफा १६ अनुसार कुनैपनि संरचना सडकको सीमा भित्र निर्माण

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 317 पटक पढिएको
  • आज प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिनेछन् । यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । साथै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौतामाथी

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 449 पटक पढिएको
  • माग पूरा नभए खोटाङका मेयर भट्टराईले भोक हडताल गर्ने

    काठमाडौं – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई यतिबेला काठमाडौंमा छन् । जिल्लामा उत्पादित बाँसको प्रवद्र्धनमा संघीय सरकारले कानुनी र नीतिगत अड्चनमा संशोधन नगरिदिएको भन्दै सत्याग्रहका लागि काठमाडौं आएका हुन् ।स्थानीयलाई रोजगारी दिने, वैदेशिक रोजगारीमा जाने सङ्ख्यालाई घटाउनुका साथै स्थानीय स्रोत र सामग्री प्रयोग गरी जैविक विविधता र संस्कृतिको संरक्षण गर्दै स्थानीयवासीलाई रोजगारीसँग जोड्ने प्रयासलाई संघ र प्रदेशले असहयोग गरेको उनको गुनासो छ ।नयाँ सोच र अवधारणाका साथ प्रमुखले आफ्नो कार्यकक्षमा बाँसैबाँसका फर्निचर र सामग्री प्रयोग गर्दै बाँसको प्रवद्र्धनमा संघीय

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 299 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.