काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९
बमोजिम प्रतिनिधिसभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिनेछन् ।
यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (
सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई
निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
साथै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको
मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौतामाथी सामान्य छलफल गरियोस्’ भन्ने
प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।